काठमाडौं । विश्वप्रसिद्ध टाइटानिक बनाउने १६३ वर्ष पुरानो बेलायती कम्पनी हारल्यान्ड एन्ड ऊल्फले आफूलाई टाँट पल्टिएको छ।
कम्पनीले आफ्नो सञ्चालनका लागि पैसा नभएको जनाएको छ। कम्पनीले यसअघि नै आफ्ना कर्मचारीलाई गैरकोर अपरेसनमा कटौती गर्न लागेको जनाएको छ। यो कम्पनीले सन् १९१२ मा टाइटानिक जहाज बनाएको थियो। जुन आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किएपछि डुबेको थियो। कम्पनीले अब जहाज मर्मत र हरियाली ऊर्जामा ध्यान केन्द्रित गरिरहेको छ।
घाटामा रहेको कम्पनीले आगामी दिनमा प्रशासनिक कारबाही सुरु गर्ने जनाएको छ। यो एक प्रक्रिया हो, जसमा आफ्नो ऋण तिर्न असफल भएको कम्पनी बेचिँदैन तर पुनर्संरचना गरिन्छ। कम्पनीले बेलायती सरकारसँग २६ करोड ४० लाख डलर मागेको छ। तर, सरकारले त्यसलाई अस्वीकार गरेको बताइएको छ। यसले कम्पनीको समस्या बढाएको छ।
कम्पनीको मुख्य कार्यहरुमा बेलफास्ट सिपयार्ड समावेश छ। जहाँ टाइटानिक निर्माण गरिएको थियो। कम्पनीले बेलायत सरकारलाई तीनवटा युद्धपोत बनाउन सहयोग गरिरहेको छ। प्रशासनको कारबाहीले आयोजनालाई असर नगर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अन्तरिम कार्यकारी निर्देशक रसेल डाउन्सले समूह निकै कठिन समयबाट गुज्रिरहेको बताए। ‘कम्पनीले दीर्घकालीन ऋण पाउन सकेका छैन। त्यसैले कम्पनीे ४ यार्ड सुरक्षित राख्न कठिन निर्णय लिनुपरेको छ’, उनले भने।
हारल्यान्ड एन्ड वल्फ टाँट पल्टिन लागेको यो पहिलोपटक होइन। सन् २०१९ मा बेलायती सरकारले कम्पनीको पुनर्संरचना गर्न प्रशासक नियुक्त गरे पनि केही महिनापछि ऊर्जा कम्पनी इन्फ्रास्ट्राटाले खरिद गरेको थियो। गत वर्ष कम्पनीले दुई दशकमा पहिलो जहाज वितरण गरेको थियो।
विश्लेषकहरुले भने अहिले विश्वमै मन्दीको डर बढिरहेको बताएका छन्। यो ऐतिहासिक कम्पनी टाँट पल्टिनुमा पनि मन्दीकै कारण रहेको उनीहरुको भनाइ छ।–एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १६:०३
काठमाडौं । संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...
आश्विन ३ गते, २०८१ - १५:५९
काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...
आश्विन ३ गते, २०८१ - १५:५८
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...
आश्विन ३ गते, २०८१ - १५:५३
काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...
आश्विन ३ गते, २०८१ - १५:४९
बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...
आश्विन ३ गते, २०८१ - १५:४५
मुगु । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ । खाद्य व्यवस्था तथा व्या...
आश्विन ३ गते, २०८१ - १५:२५
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...
आश्विन ३ गते, २०८१ - १५:१३
जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...
आश्विन ३ गते, २०८१ - १५:१३
जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...
आश्विन ३ गते, २०८१ - १५:१०
काठमाडौं । सरकारले दसैं–तिहारसहित चाडपर्व लक्षित गरेर बिहीबार (असोज ३ गते) देखि सुपथ पसल सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...
प्रतिकृया लेख्नुहोस्: