काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको बताएका छन् ।
संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताए।
'यो संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रूपमा मनाउँदै आएका छौँ,' सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन् ।
उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।
'विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेका अग्रज नेतागण, विभिन्न आन्दोलनका क्रममा ज्यानको आहुति दिने वीर सहिदहरू, लोकतन्त्र प्राप्तिको आन्दोलनमा त्याग, सङ्घर्ष र योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्व, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकलगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दछु,' वक्तव्यमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - ०८:०७
काठमाडौं । कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...
चैत्र १९ गते, २०८२ - ०८:०३
काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...
चैत्र १९ गते, २०८२ - ०७:५६
काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...
चैत्र १९ गते, २०८२ - ०७:४९
जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध
चैत्र १९ गते, २०८२ - ०७:४४
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...
चैत्र १९ गते, २०८२ - ०७:३९
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...
चैत्र १९ गते, २०८२ - ०७:३५
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...
चैत्र १९ गते, २०८२ - ०७:२३
काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...
चैत्र १९ गते, २०८२ - ०७:१९
काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...
चैत्र १९ गते, २०८२ - ०७:१५
आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव


प्रतिकृया लेख्नुहोस्: