Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित

खबरडबली संवाददाता

काठमाडौं। प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको ‘बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले बिम्स्टेकको आवश्यकता र यसको बडापत्रको अनुमोदनका सन्दर्भमा सांसदले राखेका विषयसँग सरकार सहमत रहेको बताए। बहुपक्षीय र क्षेत्रीय संगठनमा नेपालले आफ्नो सहभागिता जनाउँदै त्यसमा सकारात्मक भूमिका खेल्दै आइरहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्र संघजस्ता बहुपक्षीय विश्व संस्थामा नेपालको सहभागिता रहँदै आएको बताए।

‘क्षेत्रीय संगठनलाई पनि आफ्नो सहभागितासहित प्रभावकारिता बनाउने दिशातर्फ प्रयत्न गरिरहेका छौँ’, उनले भने, ‘आफ्नो मुलुकको हित देख्ने मञ्चमा सहभागिता जनाउने र भूमिका खेल्ने हो।’ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन नसकिएको यथार्थ सुनाउँदै सार्कलाई प्रभावकारी बनाउन थप पहलकदमी लिइने प्रतिबद्धता व्यक्त गरे।

‘बिम्स्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन। सार्कलाई निष्क्रिय बनाउने बिम्स्टेक चलाउने विषयमा नेपाल सहमत छैन’, उनले भने, ‘हामी सार्कलाई प्रभावकारी बनाउने पक्षमा छौँ, अध्यक्षको हैसियतमा सक्रिय भूमिका खेल्नेछौँ।’

सन् २०२२ मा श्रीलंकामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै उनले संसद्बाट अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट व्यवस्था रहेको बताए। ‘नेपालबाहेक छ सदस्य मुलुकले संसद्बाट यो बडापत्रलाई अनुमोदन गरिसकेको सूचना प्राप्त भएको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपालले अनुमोदन गरेको ३०औँ दिनपछि बडापत्र कार्यान्वयनमा जाने प्रावधान छ।’

बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले बिम्स्टेक बडापत्र अनुमोदनको प्रक्रियाको स्वागत गरे। बिम्स्टेकको प्रस्तावना, उद्देश्य तथा सिद्धान्त सकारात्मक रहेको उल्लेख गर्दै बडापत्रमा नेपालको सार्वभौमिकतामा आँच आउने प्रावधान नभएको बताए। ‘आर्थिक समृद्धिको मुद्दामा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले बिम्स्टेक बल्ल जाग्दैछ, यसलाई हुर्काएर अघि बढाउन सक्यौँ भने नेपालको हित नै हुन्छ’, उनले भने।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रघुजी पन्तले प्राविधिक, शैक्षिक र अनुसन्धानका विषयमा नेपालले बिम्स्टेकबाट लाभ लिन सक्ने बताए। उनले भूराजनीतिक स्वार्थबाट जोगिएर राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै क्षेत्रीय संगठनबाट मुलुकले लिन सक्ने लाभका बारेमा सरकारको ध्यान जानुपर्ने बताए।

नेपाली कांग्रेसका सांसद सीता मिजारले बिम्स्टेकबाट लाभ लिन सरकारले थप पहलकदमी लिनुपर्ने बताइन्। उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु विद्या भट्टराई, दीपा शर्मा, ईश्वरी घर्ती, सुनिता बराल, एकनाथ ढकाल, मनिष झा, गणेश पराजुली, सोविता गौतम, प्रदीप यादव, देवेन्द्र पौडेल, माधव सापकोटा, नारायणी शर्मा, पूर्णबहादुर घर्ती मगर, अब्दुल खान, प्रेम सुवाल, सोनु मुर्मू, विनिताकुमारी सिंह र दामोदर पौडेल ‘वैरागी’ले भाग लिए।

नेपालको संविधानको धारा, २७९ को (१) मा नेपाल पक्ष हुने सन्धि सम्झौताको अनुमोदन संघीय कानुनबमोजिम हुने व्यवस्था रहेको छ। नेपालको सन्धि ऐन, २०२७ को दफा ४ मा नेपाल सरकार, मन्त्रिपरिषद्ले बडापत्र अनुमोदनका लागि संघीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको छ। सरकारले सोही व्यवस्थाअनुसार बिम्स्टेक बडापत्र अनुमोदनका लागि संसद्मा पेस गरेको हो।

आर्थिक उन्नयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व र कनेक्टिभिटी जस्ता मुद्दामा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले सन् १९९७ मा बिम्स्टेकको गठन भएको थियो। बंगालको खाडी क्षेत्रमा रहेका पाँचवटा दक्षिण एसियाली राष्ट्र र दक्षिण पूर्वी एसियाली क्षेत्रका दुई राष्ट्रको संगठन हो। बिम्स्टेकमा बंगलादेश, भूटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् । नेपाल सन् २००४ मा बिम्स्टेकको सदस्य बनेको हो।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २१ गते बुधबार बिहान ११ बजे बस्नेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधानको विरोध गर्नेहरुलाई पक्राउ गरेर देखाउन ओली सरकारलाई लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय...

प्युठानमा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

प्युठान । प्युठानमा १९ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगी...

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । खप्तडछान्ना गाउँपालिका वडा३ माझिगाउँ आसपास केन्द्रबि...

संविधान दिवसमा नेपाल टेलिकमको नयाँ अफर

काठमााडौं ।   संविधान दिवसमा नेपाल टेलिकमले नयाँ अफर सार्वजानिक गरेकको  छ ।  सो अफर आज (२०८१ असोज २) देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुने छ । ...

चितवनमा फेरि जान्नेलाई छान्ने चान्स आउने भयोः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम...

बर्दियामा महिलाको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर–५ स्थित तर्कापुर एकजना महिलाको हत्या भएको छ । बारबर्दिया बस्ने ३९ वर्षीय मिना थारुको हत्या भएको जि...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

तराई झरेर काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे

भोजपुर ।  पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेत...

कोशीका मुख्यमन्त्री कार्की आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिने प्रयोजनार्थ आज दिउँसो १ बजेका लागि ...

विश्वप्रसिद्ध टाइटानिक जहाज बनाउने कम्पनी पल्टियो टाट, मन्दी नै आएको हो ?

काठमाडौं । विश्वप्रसिद्ध टाइटानिक बनाउने १६३ वर्ष पुरानो बेलायती कम्पनी हारल्यान्ड एन्ड ऊल्फले आफूलाई टाँट पल्टिएको छ। कम्पनीले आफ्नो सञ्चालनका लाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy