काठमाडौं । हिउँदयामको चर्को घाम सुरु भएसँगै खोलानाला सुक्न गई मुलुकका विभिन्न ठाउँमा खानेपानी समस्या देखिन थालेको छ ।
मुलुकको राजधानी काठमाडौं उपत्यका क्षेत्रभित्रकै कतिपय बस्तीमा समेत खानेपानी समस्या टड्कारोरुपमा देखिएको छ । काठमाडौं उपत्यकामा चक्रपथभित्र मेलम्ची खानेपानीको आपूर्ति केही हदसम्म सहज भए पनि मेलम्ची र सुन्दरीजलको खानेपानीको पाइप बिछयाइएका गोकर्णेश्वर क्षेत्रमा भने अहिले पानीको चर्को अभाव देखिएको छ ।
यसैबीच, खानेपानीमन्त्री रामकुमार राईलाई त्यस क्षेत्रबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, स्थानीय नगरपालिकाका प्रमुख एवं उपप्रमुख, उपभोक्ताहित संरक्षणसँग जोडिएका प्रतिनिधिले भेटेर समस्या यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन् ।
काठमाडौं महानगरपालिकावासीलाई खानेपानीका लागि भएको असजिलो अन्त्य गर्न पाइप बिच्छाउने सिलसिलामा परेको अप्ठेरोको विगतमा गाँठो फुकालेको घटना स्मरण गराउँदै उनिहरुले सबैले खानेपानी सहजै खान पाउनुपर्ने माग गरे ।
प्रतिनिधिसभा अर्थसमितिका सभापति सन्तोष चालिसेले काठमाडौंवासी तिर्खाएका बेला पाइप बिच्छाउन जग्गा उपलब्ध गराउनेहरु अहिले मर्कामा परेकाले सरकारले त्यस पाटोलाई बुझन आवश्यक रहेको बताए ।
सांसद शान्ति श्रेष्ठले काठमाडौं उपत्यकामा पानी वितरणका लागि ठूलो ट्याङ्की निर्माण गरिएका क्षेत्र वरपरका जनता खानेपानी नपाएर काकाकुल बन्नुपर्ने अवस्था कहिलेसम्म अन्त्य हुन्छ भनी प्रश्न गरे ।
पूर्वसांसद रामेश्वर फुँयाल र कृष्णबहादुर राईले गोकर्णेश्वरका जनताले खानेपानी नपाउनु भनेको खानेपानीको पाइप बिच्छाइएको ठाउँमा तिर्खा हुने र विद्युत्को तार टाँगिएको ठाँउमा अँधेरोजस्तै भएको प्रतिक्रिया दिए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र उपप्रमुख सान्नानी लामाले विकास निर्माणसँग सम्बन्धित निकायबीच पूर्वाधार निर्माणमा समन्वय र सहयोग नहुँदा विनियोजित बजेट खाल्टो खन्न तथा पुर्नमा मात्रै सीमित हुन पुगेको विचार प्रकट गरे ।
गोकर्णेश्वर–१ देखि ५ सम्म सुन्दरीजलको र ६ देखि ९ सम्म मेलम्चीको खानेपानी वितरणको व्यवस्थाका लागि उपभोक्ता र जनप्रतिनिधिले खानेपानीमन्त्री राईसँग अनुरोध गरे । सो अवसरमा मन्त्री राईले जनप्रतिनिधि, निर्माण व्यवसायी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीचको छलफलका आधारमा समस्या समाधानका लागि सरकारको तर्फबाट समस्या सम्बोधन गर्न हरसम्भव प्रयत्न हुने विश्वास दिलाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: