Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव हुने

खबरडबली संवाददाता

पाेखरा । ‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ कास्कीको पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव, २०८१ आयोजना हुनेभएको छ । 

होटल सङ्घ पोखराले आज यहाँ पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने सो महोत्सवमा रैथाने एवं परम्परागत खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी, लोकदोहरी एवं पर्यटक दौड प्रतियोगितालगायत पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विविध कार्यक्रम प्रस्तुत हुने जनाएको छ ।

पोखराको ड्यामसाइड चोकदेखि खहरेचोकसम्म करिब साढे तीन किलोमिटरसम्म आयोजना गरिने मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुँदा कुनै पनि किसिमको शुल्क नलाग्ने आयोजकले स्पष्ट गरेको छ । यसैगरी पोखराका होटलले महोत्सव अवधिभरका लागि यसअघि लिँदै आएको सेवा शुल्कमा २० प्रतिशतका दरले छुट दिने निणर्य गरेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । 

अध्यक्ष सुवेदीले १९औँ संस्करणअन्तर्गत हुन गइरहेको फेवा महोत्सवमा पोखरा र गण्डकी प्रदेशका दुई लाख स्थानीय बासिन्दासहित अन्य स्वदेशी एवं विदेशीसमेत गरी जम्मा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए । 

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले औपचारिकरूपमा पर्यटकीय राजधानी घोषणा भइसकेपछि पोखरामा हुन गइरहेको महोत्सवलाई सफल तुल्याउन तीनै तहको सरकारसहित सम्बद्ध क्षेत्रका सबै पक्षबीच सहयोग र सहकार्य भइरहेको जानकारी दिँदै महोत्सव ऐतिहासिकरूपमा सफल हुने विश्वास व्यक्त गरे । 

होटल सङ्घ पोखराका महासचिव राजेन्द्र ढकालले कोभिड–१९ सङ्क्रमणका कारण प्रत्यक्ष प्रभावित मुलुकको होटल व्यवसायलाई लयमा फर्काउने सन्दर्भमा हुन गइरहेको फेवा महोत्सवबाट आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरे । 

पोखरामा अहिले रु पाँच खर्बको लगानीमा बनेका एक हजार २०० होटलमा ४० हजार बेड रहेको र १५ हजार नेपालीले रोजगारी पाएको होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीले जानकारी दिए । 

कोभिड–१९ सङ्क्रमणपछि पोखराका करिब २५ प्रतिशत होटल व्यवसायी पेसाबाट विस्थापित भएको र करिब पाँच हजारले प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा रोजगारी गुमाएको उल्लेख गर्दै आयोजक पक्षले आसन्न पोखरा महोत्सवलाई थप उपलब्धिमूलक बनाउने अभियानमा साथ दिन सबैसँग अनुरोध गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: