एजेन्सी । लोकप्रिय अनलाइन सर्च इन्जिन गुगलले व्यक्तिको गोपनीयता कायम गर्ने सम्बन्धमा ‘इन्कोग्निटो’ (इन्कोग्निटो भनेको व्यक्तिले गरेको गतिविधि डेटा उपकरणमा सुरक्षित गरिएको वा साइन इन नगरेको खातामा राखिएको छैन भन्नु हो) मोडबाट इन्टरनेट ब्राउजिङ गर्दा डाटा सङ्ग्रह गरिएको छ भन्ने चासोबीच त्यसलाई सुरक्षित गर्न आफूहरु तत्पर रहेको जानकारी दिएको छ ।
‘ब्राउन–गुगल’ को मुद्दामा सोमबार भएको सम्झौतामा ‘इन्कोग्निटो मोड’ मार्फत् सङ्कलन गरिएका वेब ब्राउजिङ डाटाका अरबौं रेकर्डलाई नष्ट गर्ने प्रावधानहरू समावेश गरिएको ‘द भर्ज’ ( द भर्ज भनेको पत्रकारहरूको टोली हो जसले भविष्यमा कसरी प्रविधिले जीवन परिवर्तन गर्नेछ भनेर जाँच गर्दछ ।) को प्रतिवेदनले उल्लेख गरेको छ । साथै भर्जले इन्कोग्निटो मार्फत् गैरकानूनी रूपमा गुगलका प्रयोगकर्ताहरुका गतिविधिहरू अनलाइन ट्रयाक गरिरहेको आरोप सन् २०२० मा लगाएको थियो ।
गुगलका प्रवक्ता जोजे कास्टानेडाले ब्राउनका तर्फबाट पाँच अर्ब अमेरिकी डलरको बिगो माग गरिए पनि न्यायाधीशको फैसलाबाट ब्राउनले कुनै क्षतिपूर्ति भने नपाउने बताए । कास्टानेडाले अगाडि भने, गुगलको इन्कोग्निटो मोडमा डाटा सङ्कलन गर्ने अभ्यासहरूका सम्बन्धमा थप पारदर्शिता ल्याउने र भविष्यमा डाटा सङ्कलन गर्ने प्रयासहरूमा यसले सीमा लगाउने छ ।
क्यालिफोर्निया सङ्घीय न्यायाधीशले यो मुद्दालाई अनुमोदन गरेमा यसबाट करिब १३ करोड ६० लाख गुगल प्रयोगकर्ताहरूलाई असर गर्न सक्छ । अदालतमा गुगलले बुझाएको प्रतिवेदनमा गुगलमा सङ्ग्रह भएको व्यक्तिका डेटालाई हटाउन वा नचिनिने बनाउन करिब ५ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।
भर्जका अनुसार यो सम्झौताले वास्तविक जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्ने र इन्टरनेटमा रहेको गोपनीयताको अधिकारलाई सुधार गर्ने र कायम राख्ने दिशामा महत्वपूर्ण कदमको रूपमा रहेको छ ।
गुगलका प्रवक्ता कास्टानेडाले यो मुद्दा योग्य नरहेकामा जोड दिँदै सम्झौताप्रति सन्तुष्टि व्यक्त गरे । मध्यस्थता सम्झौताका लागि उजूरीकर्ताका तर्फबाट पाँच अर्ब अमेरिकी डलर राखिए पनि उनीहरूले कुनै क्षतिपूर्ति नपाउने कास्टानेडाले स्पष्ट गरे । तर कुनैपनि व्यक्तिले आफूलाई नोक्सानी भएको भन्दै क्षतिपूर्ति दाबी गर्न सक्ने बताए ।
कम्पनीले प्रयोगकर्ताहरूलाई पाँच वर्षसम्म इन्कोग्निटो मोडमा रहेका कुकीहरू ब्लक गर्न सक्षम बनाउने वाचा गर्दै प्रवक्ताले ब्राउजिङका क्रममा प्रयोगकर्ताहरूको निगरानी गर्नबाट रोकिने उनले बताए ।
यस सहमतिसँगै व्यक्तिहरूलाई क्यालिफोर्निया राज्यको अदालतमा मुद्दा दायर गर्न बाटो खुलेको छ । यसअघि नै ५० जनाले गोपनीयता हनन् भएको जनाउँदै मुद्दा दायर गरिसकेका छन् ।
गुगलले प्रयोगकर्ताको गोपनीयताको इन्कग्निटो मोड प्रयोग गर्दा व्यक्तिगत प्रयोगकर्तासँग सम्बन्धित नभएको पुरानो प्राविधिक डेटा मेटाउन आफ्नो तत्परता रहेको जानकारी गराएको छ ।
प्रयोगकर्ताको गोपनीयता अधिकारहरूलाई बलियो बनाउन र डिजिटल क्षेत्रमा अझ बढी जवाफदेहितालाई बढावा दिनका लागि यो महत्वपूर्ण कदम हुने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: