Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

‘जलवायुमैत्री विकास आजको आवश्यकता’

खबरडबली संवाददाता

काठमाडौं । सरोकारवालाले जलवायुमैत्री विकास आजको आवश्यकता रहेकामा जोड दिएका छन् । आज राजधानीमा व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र, मार्टिन चौतारी, नेपाल बौद्ध अम्बेडकर महासभाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाले जलवायुमैत्री विकासमा जोड दिएका हुन् ।

सहभागितामूलक विकास विशेषज्ञ चेतनाथ कंडेलले पछिल्लो समय विकासका नाममा विनाश बढ्दै गएकाले अब जलवायुमैत्री विकासमा ध्यान दिनुपर्ने बताए । “विगत एक दशकदेखि नेपालमा डोजरे विकास भयो, विकास गर्दा  वातावरणमैत्री विकासमा जोड दिन सकेनौँ”, उनले भने, “अब विकासका गतिविधि अगाडि बढाउँदा जलावायुका पक्षलाई ख्याल गर्न सकिएन भने विकासका नाममा विनास निम्तिने छ र प्राकृतिक विपत्तिका कारण विकासमा गरिएको लगानी खेर जान सक्छ ।”

नेपालमा हुने हरेक विकासका गतिविधि असमान रहेकाले समान विकासका लागि पहल अगाडि बढाउन आवश्यक रहेको उनले बताए । जनसहभागितामूलक विकास गर्नुपर्ने कंडेलको जोड रहेको छ । सबै जिल्लामा सडक सञ्जाल जोडिएपछि सर्वसाधारणले विकासको अनुभूति गरेको भन्दै आगामी १० वर्षमा ती सडक कालोपत्र हुने उनको भनाइ छ ।

“धेरै स्थानीय तहमा कच्ची सडक विस्तार भइसकेको छ, अब कालोपत्रको युग सुरु हुन्छ, र सडक सुविधाबाट सर्वसाधारण लाभान्वित हुनेछन्”, उनले भने, “भौतिक विकास मात्रै विकास नभइ मानवीय विकास पनि विकास हो भनेर हामीले बुझ्नु जरुरी छ ।”

विकास पत्रकार केपी ढुङ्गानाले विकासका कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न स्थानीय तहहरुलाई शक्तिशाली बनाउनुपर्ने धारणा राखे । “सङ्घीयता लागू भएसँगै हामीले धरै परिवर्तन होला भन्ने आशा गरेका थियौँ, तर आशाअनुरुपको विकास हुन सकिरहेको छैन,” उनले भने, “थाइल्याण्ड जस्तो मुलुकहरुमा मानव स्रोत परिचालन गरेर उदारणीय विकास भएको छ भने हामी किन ती मुलुकहरुको विकासका मोडललाई नअपनाउने त ?” 

नेपालको विकास कछुवाको गतिमा अगाडि बढेको र त्यसलाइ छिटो बनाउनुपर्ने र विकास गर्दा वातावरणीय पक्षलाई ख्याल गर्नुपर्ने उनको तर्क छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: