Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

एक वर्ष नपुग्दै लुम्बिनी सरकार संकटमा

आज विशेष अधिवेशन, सबै दलले रणनीति बनाउन बोलाए बैठक

खबरडबली संवाददाता

रूपन्देही । एक वर्ष नपुग्दै लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । लुम्बिनी प्रदेशमा  नेपाली कांग्रेस नेतृत्वको सरकार संकटमा परेकाे हाे । 

मुख्यमन्त्री डिल्ली चौधरीले अल्पमतमा परेको एक महिनामा आज सदन फेस गर्ने भएका छन् । अहिलेसम्मको गणितमा उनले बहुमत कायम राख्न सक्ने अवस्था रहेकाे छैन । चौधरीले आजै विश्वासको मत लिने तयारी सहित प्रदेश सभाको कार्यसूची रहेपनि सदनमा सम्बोधन गरेर राजीनामा दिने आंकलन गरिएको छ ।

यो विषयमा निर्णय गर्न दिउसो १ बजे दलको बैठक बोलाइएको छ । कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बहुमत पुग्ने आधारमा मात्रै विश्वासको मतमा जाने नभए नजाने अवस्था हुनसक्ने तर यसको कुनै निर्णय नभएको बताए ।

सदन दिउसो ४ बजेका लागि बोलाइएको छ । चौधरीले विश्वासको मत पाउने अंकगणित छैन । नयाँ समीकरणमा रहेका दलले लुम्बिनीमा माओवादीले सरकारको नेतृत्व लिने सहमति गरेका छन् । तर, नयाँ गठबन्धनका लागि पनि संसदीय अंकगणित प्रतिकूल नै छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ ।

प्रदेश सभाको अंकगणितअनुसार एमालेको २९, माओवादीको १०, जसपा ३ र एकीकृत समाजवादी एकसहित जम्मा ४३ सीट मात्र पुग्छ । एक स्वतन्त्र सांसदलनई गठबन्धनले पहिले नै सहमति गरिसकेको जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीको चार सिट थपिएको अवस्थामा ४७ सीटसहित बहुमत पुग्छ ।

नागरिक उन्मुक्ति पार्टीभित्र विवाद छ । उसले समर्थन नगरेको अवस्थामा नयाँ गठबन्धनलाई बहुमतका लागि १ सांसद चाहिन्छन् । विपक्षी मोर्चामा कांग्रेस २७, राप्रपा चार, जनमत तीन, लोसपा तीन, जनमोर्चाको एक सीट रहेको छ । बिहीबार नै एमाले, माओवादी, जसपा, नाउपा, राप्रपासहितका दलहरूले संसदीय दलको बैठक बोलाएका छन् ।

माओवादीले दलका नेता जोखबहादुर महराको नेतृत्वमा सरकार बनाउन तयारी गरेको जनाएको छ । प्रदेश अध्यक्ष सुदर्शन बरालले गठबन्धनमा रहेका र बाहिर रहेका दलहरूको समेत हस्ताक्षरमा दावी पेश गर्ने तयारीमा रहेको बताए । ‘बहुमत सांसदहरूको हस्ताक्षर तयारी छ, गठबन्धन बाहिर रहेका दलसँग पनि कुराकानी भएको छ, सायद धेरै सहभागी हुनुहुन्छ’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy