Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

हुम्लाका विद्यालय पुग्यो पाठ्यपुस्तक

सिमकोट गाउँपालिका– ७ को कैलाश माविका बिधार्थीहरुलाई पुस्तक । तस्बिर: राजन रावत
खबरडबली संवाददाता

हुम्ला । नाम्खा गाउँपालिकाको एउटा बाहेक जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको पाइएको छ । यसअघि कक्षा पाँचसम्म पुगे पनि चैत महिनाको दोस्रो हप्तापछि कक्षा छ देखि दशसम्मका पाठ्यपुस्तक विद्यालयमा पुगेका हुन ।

चार गाउँपालिकामा पुस्तक ढुवानीको कार्य गरेको एल।बी। सप्लायर्सका सञ्चालक लोकेन्द्र भण्डारीले  आफ्नो जिम्मामा सबै ७५ वटा विद्यालयमा पाठ्यपुस्तक गाउँपालिकामा पुगेर विद्यार्थीहरुको हात हातमा वितरण गरिएको बताए । 

उनले गाउँपालिका अनुसार ताँजाकोटमा १७ वटा, अदानचुलीमा १९ वटा, चङ्खेलीमा २२ वटा र खार्पुनाथका १७ वटा विद्यालयमा पाठ्यपुस्तक पठाइएको बताए । कक्षा एकदेखि पाँचसम्म फागुन महिनामा पुस्तक पुर्‍याएको भए पनि चैत दोस्रो हप्तायता बाँकी सबै कक्षाका पुस्तक विद्यार्थीहरुको हातमा पुर्‍याउने कार्य भएको हो ।

उत्तरी क्षेत्रका दुई वटा गाउँपालिका सिमकोट र नाम्खाका  ३९ वटा विद्यालयहरूमध्ये नाम्खा गाउँपालिका– ६ को लिमीको सुनखानी आवि बाहेक अन्य ३८ वटा विद्यालयहरूमा पाठ्यपुस्तक पुर्‍याउन सफल रोकाया पुस्तक पसलका प्रतिनिधि ज्ञानबहादुर रोकायाले सबै कक्षाका पुस्तक पुर्‍याउने कार्य पुरा भएको बताए ।

लिमीको सो विद्यालयमा पनि सडकमा हिउँ जमेर आवतजावत बन्द भएको कारण पाठ्यपुस्तक पुर्‍याउन नसकिएको हो । यता ज्ञानु पुस्तक पसलले पनि  सर्केगार्ड गाउँपालिकाका ३२ वटा विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने कार्य पुरा भएको जनाएको छ ।  हुम्लाका विद्यालयहरूमा गत फागुन ९ गते यता पढाइ सुरु हुन थालेको थियो ।

जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख होमराज डङ्गोलले हुम्ला जिल्लाका पाँच वटा गाउँपालिकाका विद्यालयहरूका लागि ३६ हजार थान पुस्तक सप्लायर्सले बुझेर लिई जिल्लामा पुर्‍याए बिक्री गरेको जानकारी आएको बताए । बाँकी तीन वटा गाउँपालिकाका लागि केन्द्रको सुर्खेत डिपोबाट वितरण गरिएको थियो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले जिल्लामा कुल विद्यालयहरूका २१ हजार ६८ विद्यार्थीहरुको हातमा पुस्तक पुगेको बताए ।

सबै कक्षाका विद्यार्थीहरुलाई हात हातमा पुस्तक पुगेपछि पठनपाठन पनि सहज भएको छ । हुम्लाका लागि केन्द्रले चैत १२ र १३ गते वितरण गरेको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy