Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

अमेरिकाद्वारा चीनविरुद्ध इयुसँग निकट धारणाको स्वागत

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनप्रतिको दृष्टिकोणमा विशेषरूपमा माइक्रोचिप्स र हरित प्रविधिको क्षेत्रमा ब्रसेल्स र वासिङ्टनबीच ‘बढ्दो तालमेल’ को शुक्रबार प्रंशसा गरेका छन् । 

“पछिल्लो तीन वर्षमा यी मुद्दामा हाम्रो दृष्टिकोणमा समानाता बढिरहेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली युनियन (इयु) एकताबद्ध हुँदा र हामी सामान्य उद्देश्यका लागि काम गरिरहेका बेला यसले ठूलो फरक पार्छ”, बेल्जियममा व्यापार र प्रविधिमाथि इयु–अमेरिका बैठकमा सहभागी भएपछि उनले भने । 

इयु–अमेरिका बैठक एटलान्टिकका दुवैतर्फ रहेका ठूला अर्थतन्त्रहरूका लागि आफ्ना मतभेदहरू हटाउन र व्यापार तथा प्रविधि क्षेत्रमा संयुक्त पश्चिमी स्थितिहरूको निर्माणका लागि आधार तयार गर्ने मञ्च हो ।

इयु र अमेरिकाले वैश्विक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब एक तिहाई हिस्सा लिन्छन् भने चीनले करिब १६ प्रतिशतको प्रतिनिधित्व गर्दछ । वैश्विक जिडिपीको गणना क्रयशक्ति समानतामा गरिन्छ । नाममात्रको सन्दर्भमा इयु र अमेरिकाले वैश्विक जिडिपीको करिब ४४ प्रतिशत र चीनले करिब १८ प्रतिशत योगदान गर्दछन् ।

वासिङ्टनले धेरै क्षेत्रमा अधिकांश धेरै खर्च गर्न सक्ने बेइजिङ सरकारद्वारा निर्देशित र समर्थित चिनियाँ आयातविरुद्ध थप आक्रामक अडान लिएको छ । ब्रसेल्सले भने चिनियाँ उत्पादनहरूमा निर्भरता कम गर्ने थप ‘जोखिमरहित’ रणनीति अपनाइरहेको छ ।

चीन भ्रमणका क्रममा अमेरिकी अर्थमन्त्री जेनेट येलेनले शुक्रबार चीनले उद्योगका लागि दिएको अनुदानले विश्वव्यापी आर्थिक लचिलोपनका लागि खतरा निम्त्याउन सक्ने चेतावनी दिए । उनले चीनको ‘अतिक्षमता’ ले अमेरिकी र अन्य मुलुकका कम्पनीहरूमा हुने कटौतीबारेमा चिन्ता व्यक्त गरे । 

बेल्जियममा इयु–अमेरिका बैठकपछि इयुका व्यापार आयुक्त वाल्डिस डोम्ब्रोभ्स्कीले ‘सेमीकन्डक्टरको क्षेत्रमा लचिलो आपूर्ति शृङ्खला विकास’ का लागि ट्रान्सएटलान्टिक सहयोगको ‘आर्थिक दबाब’ माथि प्रकाश पारे । “अत्यन्त जटिल भू–राजनीतिक परिस्थितिमा इयु र अमेरिकाले रणनीतिक सहयोगीका रूपमा एकसाथ काम गर्नु वास्तवमा महत्त्वपूर्ण छ भन्ने कुरा अत्यन्त स्पष्ट छ”, चीनको नाम नलिई उनले भने । 

इयुका एकाधिकार व्यापारविरोधी प्रमुख कमिश्नर मार्गरेट वेस्टेजरले ब्रसेल्सले आफ्नै अडान बनाएको र त्यसलाई अमेरिकी समकक्षीहरूसँग बैठकमा प्रस्तुत गरिएको बताए । “यो कसैको विरुद्धमा होइन, यसले हामीलाई बलियो बनाउँछ, यो वास्तमा सहयोग समर्थक हो र हामीले वास्तवमा डेलिभर गरेका छौँ भन्ने मलाई लागेको छ”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE