Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सुडानको भोकमरी विरुद्ध विश्व खाद्य कार्यक्रमको चेतावनी

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सुडानका जनताले सबै सम्भावित मानवीय कोरिडोरमार्फत सहायताको निरन्तर प्रवाह प्राप्त नगरेमा भोकमरीको सङ्कट अझ बढ्न सक्ने चेतावनी दिएको छ ।  

डब्लुएफपीका सुडानस्थित प्रतिनिधि एडी रोवले भने,“यस्तो कमजोर अवस्थामा सुडानभरी भोकमरी कुपोषणको अकल्पनीय अवस्थाको सामना गर्नुपर्ने देखिएको छ ।”

चाडबाट मानवीय कोरिडोरको अस्थायी रोक, चलिरहेको लडाइँ, मानवीय कार्गोका लागि लामो निकासी प्रक्रियालगायतका अवरोध र सुरक्षा खतराहरूले मानवतावादीलाई सुडानमा आधारभूत खाद्यान्नको आवश्यकता पूरा गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न असम्भव बनाएको उनले उल्लेख गरे । 

रोवले खाना ढुवानीको लागि सबै कोरिडोरहरू खुला रहनु पर्ने बताउदै चाडको आड्रेदेखि पश्चिम डार्फर राज्यसम्म चरम भोकमरीको अवस्था रहेको बताए । विश्व खाद्य कार्यक्रम र यसका साझेदारहरूलाई तत्काल सुरक्षा ग्यारेन्टी गरी  डार्फर राज्यमा खाद्य आपूर्ति गर्नमा सहजता ल्याई  अति समस्यामा परेका व्यक्तिलाई खाद्यान्न वितरण गर्न सकिने उनले बताए । 

विश्व खाद्य कार्यक्रमले डार्फरमा अति आवश्यक खाद्यान्न र पोषण आपूर्ति कार्यक्रम पुर्‍याएको छ । उत्तर, पश्चिम र मध्य डार्फरमा तीव्र भोकमरीको सामना गरिरहेका करिब दुई लाख ५० हजार मानिसहरूका लागि खाना र पोषण सहायता बोकेका दुईवटा मालबहाक गाडी मार्चको अन्त्यमा चाडबाट डार्फरतर्फ सीमा पार गरेका थिए ।

सुडानी बन्दरगाहका अधिकारीहरूले फेब्रुअरीमा चाडबाट मानवीय कोरिडोर अनुमति रद्द गरेपछि यी मार्गहरू पुनः खोली लामो वार्तापछि डार्फर पुग्ने विश्व खाद्य कार्यक्रम सहयोगको यो पहिलो सीमापार प्रयास हो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानको आधा जनसङ्ख्या, लगभग दुई करोड ५० लाख मानिसहरूलाई मानवीय सहायता र सुरक्षा चाहिन्छ । लगभग एक करोड ८० लाख मानिसहरूले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

सन् २०२३ अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक बलहरूबीच हिंसात्मक टकरावको सामना सुडानले गरेको छ । यसको परिणामस्वरूप ६३ लाख आन्तरिकसहित लगभग ८१ लाख व्यक्तिहरू विस्थापित भएका छन् । 

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले मार्चमा दिएको प्रतिवेदनमा द्वन्द्वले लगभग १३ हजार नौ सयको ज्यान लिएको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy