Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सहकारीमा मिटरब्याज- १० लाख ऋणको ब्याज ८५ लाख

फाइल फोटो
खबरडबली संवाददाता

नवलपुर । कावासोतीका रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन।  व्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो। तर सहकारी संस्थाबाट लिएको ऋणको मिटरब्याजले अहिले सबै सकिँदै गएको छ।

‘चिन्ताले म डिप्रेसनको शिकार भएको छु। औषधि खानुपर्ने बनायो’, दीर्घनारायणले भने, ‘छोरा बिरामी छन्, रीतालाई तनावले थिचेको छ। यो तनावबाट परिवारै उम्किन सकेका छैनौँ।’

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, भुर्तेल परिवार २०७२ सालमा कावासोतीमा खुलेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको बचतकर्ता भए। त्यसको पाँच महिनापछि १० लाख रुपैयाँ लगानी गरेर शेयर सदस्य भए। सहकारीमा बचतकर्ताको रकम थपिँदै गयो। 

सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक पुर्ख्यौली घर पर्वतका गाउँले भाञ्जा योगेन्द्र पाण्डे रहेको दीर्घनारायणले भने, ‘भाञ्जाले बिनाधितो ऋण लिन उकासेपछि २०७३ सालमा १० लाख रुपैयाँ ऋण लियौँ। अहिले त्यही १० लाख रुपैयाँले हामीलाई मर्नु न बाँच्नु बनाएको छ। साँवा र ब्याजमा दुई करोड ७५ लाख रुपैयाँ सकिइसकेको छ।’

२०७७ सालमा १० लाखको ब्याज ६० लाख रुपैयाँ पुर्‍याइयो। त्यो ६० लाख असुल गर्नका लागि कावासोतीकै एक ठाउँको १८ कट्ठा र अर्को ठाउँको दुई बिघा जग्गा धितो राखेर कागज गराइयो। उक्त ऋण व्यवस्थापन गर्नका लागि २०७३ सालमा चितवनको नारायणघाटमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट बिनाधितो ३० लाख रुपैयाँ उपलब्ध गराइयो। छिपछिपे सहकारीको अध्यक्ष र प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे नै सनराइज सहकारीको सचिव रहेको जानकारी दिइएको छ।

२०७८ सालमा छिपछिपेको ब्याज ७८ लाख रुपैयाँ पुगेको थियो। त्यसको २९ दिनपछि ब्याज बढेर ८५ लाख १६ हजार रुपैयाँ पुर्‍ याइयो। उता सनराइजको ब्याज महिना महिनामा तिरेको ३० लाख र छ महिना अघिसम्मको जोड्दा थप एक करोड २६ लाख रुपैयाँ पुगिसकेको थियो। त्यो ब्याज तिर्नका लागि भुर्तेल परिवार चार करोड रुपैयाँ पर्ने जग्गा दुई करोड रुपैयाँमै बेच्न बाध्य भयो र सनराइजको बाँकी रहेको एक करोड २६ लाख तथा छिपछिपेको ८५ लाख १६ हजार साँवा ब्याज तिरेर चुक्ता गरिसकेको छ।

यहाँसम्म आइपुग्दा भुर्तेल परिवारले सनराइजलाई एक करोड ५६ लाख रुपैयाँ र छिपछिपेलाई एक करोड १९ लाख रुपैयाँ गरी दुई करोड ७५ लाख रुपैयाँ बुझाइसकेको बताएको छ। जसमा २०७२ सालमा छिपछिपेमा राखेको १० लाख रुपैयाँबराबरको शेयरको हिसाबकिताब र मासिक बचतको हिसाब कतै देखिन्न। सनराइज सहकारी भने बचतकर्ताको रकम हिनामिना गरेर बन्द भइसकेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending