Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

नयाँ बर्षमा नुवाकोटमा भगवान माङ्चेभुमेको जात्रा लाग्दै

खबरडबली संवाददाता

नुवाकोट । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा न. १ मा नयाँ बर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको जात्रा लाग्ने भएको छ ।

शिवपुरी गाउपालिका वडा न १ को छुली डाँडामा अवस्थित यस मन्दिरलाइ पालिकाको पुर्वी भेगका जनताहरुले शक्तीपिठको रुपमा पुज्ने गर्छन । यस भेगको वरपर रहेको देविस्थान, खोलेखर्क, साल्मे, सेमोङ्पोखरी, शेर्पा गाउँ, पुरानोगाउ, बिनडाडा, डाडाखर्क, तलाखु, छाप, शिवालय, गोल्फुभञ्ज्याङ सहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका लगायतका दर्जनौ समुदायहरुले यहाँ रहेको भगवान माङ्चेभुमेलाइ पुज्ने गर्दछ ।

यस भगवानको थानमा खडेरीको समयमा बाजागाजा सहित पानी माग्दा पानी पार्ने विश्वास अझै पनि रहेको पाइन्छ । परापुर्वकालमा कुनै पनि कार्ज्य गर्नुपर्दा अघिल्लो दिनै भाडाकुडा माग्दा भाडाकुडादिने किम्बदन्ती रहेको छ । पछी जुठै भाडा लगेर बुझाएपछी दिन छाडेको भनाइ छ । यहाँ पाप र धर्म द्वार पनि रहेको बताइन्छ । करिव १०० मिटर लामो सुरुङ अहिलेपनी रहेको र धर्मात्मी मान्छे मात्र यो सुरुङमा छिर्न सक्ने यहाँको समुदायले बताउने गर्दछ । सुरुङ भित्र मादल सहितको धेरै बाजागाजा अझै पनि रहेको भन्ने गर्दछ ।

अन्य समयमा व्यक्तिगत रुपमा सयौँ पुजाआजा हुने गरेपेनी आन्तरिक पर्यटन प्रवर्द्धनको लागि २०७९ सालबाट नया बर्षको दिन पारेर जात्रा आयोजना गरेको जात्रा व्यवस्थापन तथा संरक्षणका अध्यक्ष इश्वर गुरुङले बताए । पहिलो वर्ष नै २ दर्जन भन्दा धेरै झाक्री समूह र १ हजार भन्दा धेरैले जात्रा अवलोकन गरेको पनि बताए ।

काठमाडौंको सुन्दरीजलबाट जम्मा ४४ किमी दुरीमा अवस्थित यस जात्रामा २०८० को जात्रामा काठमाडौंबाट पनी हजारौँ भक्तालुजनहरु उपस्थित भएको बताउदै यस वर्ष अझै यो संख्या अझै बढ्ने आकलन गरिएको व्यवस्थापन समितीले जानकारी गराए । जात्रामा स्थानिय परिकार र सांस्कृतिक झाकीहरु पनि भक्तालुजनहरुले देख्न पाउने छन।  भगवान माङ्चेभुमे जात्रा संरक्षण तथा ब्यवस्थापन समितीले उक्त दिन जात्रामा सहभाही भै भगवानको दर्शन गरिदिनहुन निमन्त्रणा गर्नुभएको छ। जात्रामा आउने भक्तालुजनलाइ सिस्नु, लसुन नखाइदिनुहुन तथा छालाको पेटी, जुत्ता नलगाइ उपस्थित भइदिनको लागि पनि जानकारी गराए । जात्रा अघिल्लो दिनदेखी सुरु हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध लागूऔषधसहित १२ जना प्रहरी फन्दामा

काठमाडाैं । चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुन्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा रहेको बताएकी छन् । शुक्रबार काठमा...

नाबालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा  २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्...

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका-१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भन्ने जितेन्द्...

सबै पक्षलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनहरुले समेत प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्म...

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपांगता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयार...

भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बन...

विश्व प्रेस स्वतन्त्रता दिवसः वातावरण संरक्षणका लागि आवश्यक छ ‘प्रेस स्वतन्त्रता’

काठमाडौं । विश्वभर अहिले प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । मे ३ का...

देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् ।  नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेश...

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौं । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन संचालनमा पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बगुवा– ति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies