Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

धनगढी हाफ म्याराथन प्रतियोगिता हुने

खबरडबली संवाददाता

कैलाली । धनगढी जेसिजले नयाँ वर्षको २०८१ को अवसरमा आगामी वैशाख १ गते ‘धनगढी हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

धनगढीको समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने दशौँं संस्करणअन्तर्गत हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए । 

जेसिजले युवाहरुको व्यक्तित्व र नेतृत्व तथा क्षमताको विकासका लागि हरेक वर्ष उक्त प्रतियोगताको आयोजना गर्दै आएको उनले बताए । नयाँ वर्षको अवसरमा आयोजना सुरु भएको धनगढी हाफ म्याराथनको दशौँ संस्करणले नेपाल एथ्लेटिक्सबाट समेत स्वीकृत प्राप्त गरेको छ । 

यो म्याराथनमा कुनै ‘रेकर्ड’ बनेमा सोले पनि मान्यता पाउने संयोजक शाहको भनाइ छ । प्रतियोगितको विजेताले रु ६६ हजार छ सय ६६, उपविजेताले रु ४४ हजार चार सय ४४ र तेस्रो हुनेले रु ३३ हजार तीन सय ३३ प्राप्त गर्नेछन् । 

म्याराथन धनगढी रङ्गशालाबाट सुरु भएर सहिद गेट हुँदै गेटा मेडिकल कलेजको मनोहरा पुलको मोड भएर पुनः धनगढी रङ्गशालामा पुगेर समापन हुने धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए । 

प्रतियोगिताअन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको पाँच किलोमिटरको दौड पनि आयोजना गरिनेछ । दुई वटै विधाका विजेताले रु छ हजार छ सय ६६, उपविजेताले रु चार हजार चार सय ४४ र तेस्रो हुनेले रु तीन हजार तीन सय ३३ प्राप्त गर्नेछन् । 

प्रतियोगिताको मुख्य प्रवर्द्धकमा जेसिज एभरेष्ट स्कुल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रदेश युवा परिषद, धनगढी उपमहानगरपालिका र नवजीवनको अपरेटिभ्स लिमिटेड रहेका छन् । साथै प्रायोजकमा चैतन्य पाठशाला रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किर्गिजस्तानमा मिनी ट्रक दुर्घटना हुँदा ३१ बालबालिका घाइते

एजेन्सी । दक्षिणी किर्गिजस्तानमा बिहीबार एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना बालबालिका घाइते भएको आन्तरिक मामि...

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा गर्ने प्रस्ताव पारित गरेको छ ।  ...

पाकिस्तानमा बस दुर्घटना: २० को मृत्यु, २१ घाइते

एजेन्सी । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु...

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय ‘मारखोर दिवस’को रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । मारखोर पाकिस्तान...

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

एजेन्सी । चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका तीन लाख ९२ हजार गरी कूल पाँच लाख ४४ हजार अपाङ्गता भएका व्यक्तिले रोजगारी...

मङ्गोलियामा ५६ लाखभन्दा बढी पशुधन नष्ट

एजेन्सी । मङ्गोलियामा अहिलेसम्म ५६ लाखभन्दा बढी पशुधन नष्ट भएको देशको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले शुक्रबार बताएको छ ।  गएको जा...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द

एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ ।  असामान्य मौसमका कारण धेरै उडानह...

चन्द्रागिरि नगरपालिकामा वैशाख २६ गते सार्वजनिक बिदा

काठमाडौं । मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक बिदा दिने निर्हुणय गरेको छ । चन्द्रागिरि नगर कार्यपालिकाको बैठकले उक्त...

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ: मुख्यमन्त्री यादव

सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।  सप्तरीको महादेवा गाउँपालिका—१ स्...

ब्याण्डविथको रकम भुक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करिब ४ बजेदेखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies