नेपालगञ्ज । आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेको चार करोड ५२ लाख १७ हजार आठ सय ३८ को लागतमा थालिएको भवन अहिले निर्माणाधीन रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा गीता रेग्मीले जानकारी दिइन् ।
केन्द्रप्रमुख रेग्मीका नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ८ स्थित रानीतलाउ नजिकै निर्माणधीन पञ्चकर्म भवनलाई १५ श्ययाको आयुर्वेद अस्पतालका रुपमा विकास गर्ने लक्ष्य छ । सम्झौताअनुसार आगामी वैशाख ५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । “पञ्चकर्मका सबै विधिमा उपचार गर्न धेरै कक्ष आवश्यक पर्छन्”, उनले भनिन् ।
हाल केन्द्रले बिरामी परीक्षण, जीवनशैलीसँग सम्बन्धित परामर्श, भान्सा सुधार कार्यक्रम, शिक्षकलाई आयुर्वेद योग शिक्षालगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले आयुर्वेदप्रतिको विश्वास बढ्दै गएको बताउइन् ।
उनले सीमित जनशक्तिबाट धेरै काम गर्न परेको अनुभव सुनाउँदै सात जनाको दरबन्दी रहेकामा दुई जना मात्रै स्थायी जनशक्ति भएको बताइन् । उनले १५ श्ययाको पञ्चकर्म भवन निर्माण भएपछि जनशक्ति पनि बढने विश्वास व्यक्त गर्दै अहिले पनि २०४५ सालमा स्वीकृत जनशक्तिले काम गरिरहेको उल्लेख गरिन् ।
थेरापीमा आकर्षण बढ्दै
बाँकेमा सञ्चालित विभिन्न आयुर्वेद स्वास्थ्य केन्द्रमा विभिन्न थेरापी लिनेको सङ्ख्या पनि बढिरहेको छ । चालु आवको छ महिनामा पूर्व पञ्चकर्म सेवा दुई हजार नौ सय १० ले लिएका छन् । ज्येष्ठ नागरिकतर्फ नौ सय २७ ले सेवा लिएका छन् । योग सेवा लिनेको सङ्ख्या दुई हजार दुई सय ८७ रहेको छ । दूध खुवाउने छ सय ३५ आमाले सेवा प्राप्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - २२:३८
काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...
बैशाख १० गते, २०८३ - २२:३०
काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...
बैशाख १० गते, २०८३ - २२:२६
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...
बैशाख १० गते, २०८३ - १९:३६
काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...
बैशाख १० गते, २०८३ - १९:३०
वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...
बैशाख १० गते, २०८३ - १९:२२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...
बैशाख १० गते, २०८३ - १९:१४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...
बैशाख १० गते, २०८३ - १९:१२
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...


प्रतिकृया लेख्नुहोस्: