Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

काठमाडौँ उपत्यकालगायत यी प्रदेशमा वर्षा

खबरडबली संवाददाता

काठमाडौँ ।आज काठमाडौँ उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा हल्का वर्षा भएको र उपत्यकामा पनि साँझसम्म हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए। “यो समय प्रि–मनसुनको समय रहेकाले लामो समयसम्म वर्षा रहिरहन् भन्ने हुँदैन । मलुकका केही स्थानमा बर्षा हुन्छ”, उनले भने “ठूलो वर्षाको सम्भावना नभएकाले हाल देखिएको वायुप्रदूषण न्यूनीकरणमा भने टेवा पुग्ने देखिँदैन ।”
 
उनका अनुसार लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको उनको भनाइ छ । 

कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहने छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थान साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । माहाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

आज राति भने कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

सिंगापुर । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको...

मेरो नियुक्तिलाई रोक्ने प्रावधान कहीँ कतै छैन, भए देखाउनुस् : कपिल श्रेष्ठ

काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले नेपालको संविधान २०१९ र २०४७ मा समेत रहेको उल्लेख गर्दै राजदूत राजनीतिक नियुक्ति भ...

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

काठमाडौं । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । ...

सेयर बजारमा पहिरो, नेप्से २७३९ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजार २७३९ अंकमा कायम भएको छ ।  अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्...

युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जे...

चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

इलाम । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा वर्सेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज...

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् ।  ...

पलेशालाई महानगरले गर्यो नगद पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौँ । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । बु...

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy