पोखरा । अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट निकै खुसी छन् ।
विसं २०७२ को भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किलो बन्दै गएको देखिन्छ । पोखरामा पर्यटनलक्षित पूर्वाधार विकासकै क्रममा हालसम्म रु छ खर्बभन्दा बढी लगानी भइसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा रु सात खर्बभन्दा बढी लगानी भइसकेको उनले बताए ।
निर्माणाधीन सडक पर्यटकका लागि चुनौतीपूर्ण भइरहे पनि चाँडै नै यी सडकले पूर्णता पाउने आशामा व्यवसायी छन् । काठमाडौँमा आएका विदेशी पर्यटकमध्ये लगभग ५० प्रतिशत पोखरामा आउने गरेका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पोखराको पर्यटनमा गण्डकी प्रदेशको ‘आन्तरिक भ्रमण वर्ष, २०१९’ र नेपाल सरकारको ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई लक्षित गरी ठुलै लगानी थपिएको व्यवसायी बताउँछन् । तत्कालीन समयमा सरकारले पनि लगानी थप्नका लागि आह्वान गरेअनुसार लगानी थपेका व्यवसायी त्यसलगत्तै आएको कोरोना महामारीका कारण ठुलो सङ्कटमा परेका अध्यक्ष श्रेष्ठले बताए ।
कोरानाले थला पारेको पर्यटन बिस्तारै पुरानै गतिमा फर्कने आशा पलाएको बताउँदै उनले अङ्ग्रेजी नयाँ वर्ष र त्यसयता देखिएको उत्साहले अब भने पर्यटन पूर्ववत् अवस्थामा नै फर्कने अपेक्षा गरिएको बताए ।
पोखराको पर्यटनलाई चलायमान बनाउन यहाँका पर्यटनसम्बद्ध सङ्घसंस्थाले प्रवर्द्धनका गतिविधि निरन्तर गरिरहेका श्रेष्ठले बताए । पछिल्ला समयमा भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढिरहेको बताउँदै उनले पोखरा–मुग्लिन सडकको निर्माणाधीन अवस्थाका कारण आवतजावतमा कठिनाइका बिच पनि भारतीयहरू ठुलै सङ्ख्यामा पोखरा आइरहेका जानकारी दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेसँगै ठुलो सङ्ख्यामा भारतीय पर्यटक आउने क्रम बढेकामा कोरोनासँगै भारतीय पर्यटकको आगमन पनि प्रभावित बनेको थियो । पछिल्ला समयमा भारतीय पर्यटकको आगमन पनि उत्साहजनक रूपमा नै बढ्दै गएको छ । बाटोका विद्यमान असहजताका बिच पनि भारतीय पर्यटक आफ्नै सवारीसाधन लिएर पनि पोखरा आउने गरेका छन् ।
नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै पर्यटन क्षेत्रमा लगानी गर्न गरेको आग्रहसमेतका कारण पोखराका होटलमा पूर्वाधार थप गर्न तत्कालीन समयमा यहाँका व्यवसायीले ठुलै लगानी बढाएका होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
सन् २०२० र २०२१ मा ठप्प भएको विदेशी पर्यटक आगमन सन् २०२२ मा भने करिब चार लाख ५० हजार आएको तथ्याङ्क छ । सन् २०२३ मा १० लाख पर्यटक भित्रिएकामा अङ्ग्रेजी नयाँ वर्ष र त्यसयता देखिएको आगमनले आगामी दिनमा पर्यटकको आगमन बढ्ने विश्वास लिइएको सुवेदीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: