कास्की । देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको छ । यहाँस्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट शुक्रबार मध्यरातमा नयाँ वर्षको स्वागत गरिएको हो ।
नयाँ वर्ष विसं २०८१ को स्वागत तथा विसं २०८० को बिदाइका लागि लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भीड लागेको थियो । आतशबाजीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सडकबाटै नयाँ वर्षलाई स्वागत गरिएको थियो ।
होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष मनाउनका लागि लेकसाइडको साढे तीन किलोमिटर सडकमा नववर्ष महोत्सव आयोजना गरेको थियो । महोत्सवमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षलाई भव्य स्वागत गरेका हुन् ।
नयाँ वर्षको स्वागतका लागि राति अबेरसम्म पर्यटक लेकसाइडमा भरिभराउ थिए । नयाँ वर्ष मनाउन पोखरामा केही दिनदेखि पर्यटकको बाक्लो चहलपहल बढेको थियो । गत चैत २९ गतेदेखि सुरु नववर्ष महोत्सव आज सकिँदैछ ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवाताल किनारबाट नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको बताए । नेपाली नयाँ वर्षलाई धुमधामका साथ मनाउने उद्देश्यले आयोजित महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएका उनको भनाइ छ ।
अध्यक्ष सुवेदीले भने, “देशको पर्यटकीय राजधानी पोखरामा भव्य रूपमा नयाँ वर्षको स्वागत गरेका छौँ । हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले खुसी साट्नुभएको छ । अहिले नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य पोखरा बनेको छ ।” नयाँ वर्ष तथा विभिन्न बिदाका कारण पनि पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको र भारतीय पर्यटकको आगमन पनि बढेकाले उनले बताए ।
पर्यटन चहलपहल बढेसँगै व्यापार व्यवसाय पनि वृद्धि भएको अध्यक्ष सुवेदीले जानकारी दिए । पोखरामा तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य बढेका छन् । नववर्ष महोत्सवकै कारण पर्यटक आगमन बढेको उनको भनाइ छ ।
नेपाली नयाँ वर्षलाई उत्लासमय बनाउँदै पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हाँस्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८२ - २०:४४
सिरहा । सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमी भनिएको युवकमाथि छुरा प्रहार गरेको छ । किशोरीको छुरा प्रहारबाट गोलबजार नगरपालिका १३ घरभई वडा नम्वर ४...
आषाढ़ ५ गते, २०८२ - २०:३०
पर्वत । जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्...
आषाढ़ ५ गते, २०८२ - २०:२४
तेहरान । इरानले बिहीबार दक्षिणी इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । इरानले आफ्नो आक्रमणको निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको बताएको...
आषाढ़ ५ गते, २०८२ - २०:१९
तनहुँ । दाउरा प्रहार गरी हत्या गर्ने दुई जनालाई तनहुँ प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–.३ हटिया घर ...
आषाढ़ ५ गते, २०८२ - २०:१४
बलेवा । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा...
आषाढ़ ५ गते, २०८२ - १८:५४
भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेडपान्डा (हाब्रे) संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड...
आषाढ़ ५ गते, २०८२ - १८:५०
महेन्द्रनगर । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मिथिला नगरपालिका–१ ढल्केबरका ५० वर्षीया मङ्ग...
आषाढ़ ५ गते, २०८२ - १८:४६
लमजुङ । लमजुङमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । जिल्लाको मर्स्याङ्दी, क्होलासोँथार, दोर्दी गाउँपालिका र मध्यनेपाल नगर...
आषाढ़ ५ गते, २०८२ - १८:४१
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको हत्या गरिएको छ । छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपाल...
आषाढ़ ५ गते, २०८२ - १८:१५
काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन ...
प्रतिकृया लेख्नुहोस्: