Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सौराहामा २९औँ वन्यजन्तु सप्ताह सुरु

खबरडबली संवाददाता

चितवन । चितवनमा आजदेखि २९औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । 

सप्ताहको सौराहामा एक कार्यक्रमका बीच रत्ननगर नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले उद्घाटन गरे । सो अवसरमा उनले वन्यजन्तु संरक्षणमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताए । 

उक्त सप्ताह कार्यक्रममा मृगकुन्ज मध्यवर्ती उपभोक्ता समितिको नेतृत्वमा निकुञ्जसहित २६ वटा सङ्घसंस्थाले सहकार्य गरेका छन । ‘वन्यजन्तुको संरक्षण: पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ सुरु गरिएको सप्ताहमा वन्यजन्तु संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । 

उनका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि टिकौली हाइबे वरपर सरसफाइ, वैशाख ३ गते चरा अवलोकन, ४ गते वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिसबीचको सहअस्थित्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ५ गते डुङ्गा सयर, ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली गरिने छ । 

सप्ताहको अन्तिम दिन वैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रियाका साथै वन्यजन्तु संरक्षणका क्षेत्रमा योगदान दिएकालाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले जानकारी दिए । 

मृगकुञ्जको अगुवाइमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: