Ntc summer Offer
Khabar Dabali ३२ जेष्ठ २०८२ शनिबार | 14th June, 2025 Sat
Investment bank

सौराहामा २९औँ वन्यजन्तु सप्ताह सुरु

खबरडबली संवाददाता

चितवन । चितवनमा आजदेखि २९औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । 

सप्ताहको सौराहामा एक कार्यक्रमका बीच रत्ननगर नगरपालिका–५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले उद्घाटन गरे । सो अवसरमा उनले वन्यजन्तु संरक्षणमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताए । 

उक्त सप्ताह कार्यक्रममा मृगकुन्ज मध्यवर्ती उपभोक्ता समितिको नेतृत्वमा निकुञ्जसहित २६ वटा सङ्घसंस्थाले सहकार्य गरेका छन । ‘वन्यजन्तुको संरक्षण: पर्यापर्यटन र आयआर्जन’ भन्ने मूल नाराका साथ सुरु गरिएको सप्ताहमा वन्यजन्तु संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । 

उनका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि टिकौली हाइबे वरपर सरसफाइ, वैशाख ३ गते चरा अवलोकन, ४ गते वन्यजन्तु संरक्षणमूलक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिसबीचको सहअस्थित्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, ५ गते डुङ्गा सयर, ६ गते वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली गरिने छ । 

सप्ताहको अन्तिम दिन वैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रियाका साथै वन्यजन्तु संरक्षणका क्षेत्रमा योगदान दिएकालाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले जानकारी दिए । 

मृगकुञ्जको अगुवाइमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको सहकार्य रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व रक्तदाता दिवसको अवसरमा कटारीमा ६१ जनाल गरे रक्दान

उदयपुर । विश्व रक्तदाता दिवसको अवसरमा कटारीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । “रक्तदान जीवनदान, सच्चा मानवताको पहिचान” भन्ने नारासहित आयोजित ...

गाईघाटमा किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्दशनी गर्दै ‘उभौली’ समापन (फोटो)

उदयपुर । उदयपुरकाे गाईघाटमा आदिवासी जनजाति किराती समुदायको महान पर्व ‘उभौली’ समापन भएको छ । किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्द...

पाँचथरको कुम्मायक गाउँपालिकाकाे भुल्के र लुङरुपामा अस्थायी प्रहरी पोस्ट

पाँचथर । पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के  र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन् । तराईदेखि प...

पार्टी नेताकाे श्रद्धान्जली सभामा भाग लिन अध्यक्ष नेपाल रौतहटमा

रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका प्रदेश कमिटी  सदस्य वीरेन्द्र साहप्रति  श्रद्धाञ्जली अर...

मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट पाँच पक्की पुल बनायाे

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ । सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजक...

माेरङमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज  श्रीमान श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय प...

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव सेवा प्रभावित

सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव कारण सर्वसाधारण सेवाबाट बञ्चित भइरहेका छन् । मेडिकल अधिकृतको दरबन्दीमा रहेको चिकित्सकह...

भाेलिनै नै सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । संविधानले व्यवस्था गरे अनुसार प्रदेश...

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

चीन । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् । शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको ...

मकवानपुरमा बसले कारलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर । पूर्व पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका १५ स्थित डाइभरडाँडा सडकखण्डमा बसले कारलाई ठक्कर दिँदा १० जना यात्रु घाइते भएका छन् । शनिब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending