रुपन्देही । नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो ।
मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा आन्तरिक एवं भारतीय पर्यटकको भरिभराउ थियो । आन्तरिक पर्यटक र भारतीय पर्यटक भ्रमणको केन्द्रका रूपमा लुम्बिनी रहेको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार वर्षको पहिलो दिउँसो ३ बजेसम्म १० हजारभन्दा बढी दर्शनार्थीले मायादेवी मन्दिरको अवलोकन गरेका छन् ।
विश्व शान्तिको केन्द्रका रूपमा रहेको लुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल हो । आफ्नो नयाँ वर्षको सुरुआत यहीबाट गर्ने धेरै नेपालीको चाहना हुन्छ । यसले पनि नयाँ वर्षमा लुम्बिनीमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढाएको छ ।
“लुम्बिनीको परिचय नै पर्याप्त छ, नेपालीको पहिचान विश्वमा नै चिनाएको कारण यहीँबाट नयाँ वर्षको सुरुआत गर्ने सोच बनाएँ”, पश्चिम नवलपरासी बर्दघाटका कमलकिशोर रायमाझीले भने, “अहिले यहाँ मजस्ता पर्यटकको घुइँचो देखेर निकै रमाइलो लागेको छ ।”
विसं २०७० को दशकमा नेपाल भूकम्पको त्रासदीदेखि कोभिड र आर्थिक मन्दीको मार खेपेकाले नेपालमा शान्ति र खुसी छाओस् भन्दै नेपालीहरूले कामना गरेका छन् । यससँगै नेपालमा राजनीतिक स्थिरता र पर्यटन क्षेत्रको विकासका लागि पनि दर्शनार्थीले लुम्बिनीबाट कामना गरेका छन् ।
गुल्मी हर्मिचौरका तुलासिंह पाण्डे भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एकपटकको भ्रमणले मात्र चित्तै नबुझ्ने बताउँछन् । उनले पहिलेको तुलनामा लुम्बिनीमा धेरै विकास भएको बताउँदै पटकैपिच्छे आउँदा लुम्बिनीमा परिवर्तन आउने गरेको सुनाए । सरसफाइलगायत अन्य व्यस्थापन राम्रो रहेको उनले प्रतिक्रिया दिए ।
लुम्बिनी विकास कोषले लागू गरेको ई–टिकटका कारण भने कतिपय पर्यटकले भने सास्ती खेपेको बताए । बर्दिया बढैयाताल गाउँपालिका–७ का चुडामणि अर्यालले अर्घाखाँचीको सुपादेउराली हुँदै लुम्बिनी आएको बताए । उनि पछिल्लोपटक २०५६ मा लुम्बिनीमा आएका थिए । त्यसयता लुम्बिनीमा धेरै परिवर्तन भइसकेको अर्यालले बताए । “ई–टिकटको व्यवस्था रहेको जानकारी पायौँ, तर मोबाइलबाट टिकट लिन खोज्दा भएन”, उनले गुनासो गरे, “टिकटकै लागि धेरै बेर भौतारिनुपर्यो, कोषले यसमा सुधार गर्नुपर्छ ।”
लुम्बिनी विकास कोषले रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र कपिलवस्तुका नागरिकबाहेक अन्यलाई मायादेवी मन्दिर दर्शनका लागि शुल्क तोक्दै टिकटको व्यवस्था गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८२ - २१:०३
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै मस्कोमा भव्य द्वितीय विश्वयुद्ध विजय दिवस परेडका लागि गरेको भ्रमणपछि बेइजिङले बिहीबार रूसी सेनासँग ‘व्याव...
जेष्ठ २ गते, २०८२ - २०:५८
म्याग्दी । म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ । धवलागिरि गाउँपालिका– १ गुर्जा, वडा नं– ४ मुदी र रघुगंगा गाउँपालिका– ७, चिम...
जेष्ठ २ गते, २०८२ - २०:४९
जेरुसेलम । इजरायली रक्षा बल (आइडिएफ) ले बुधबार साँझ चेतावनी जारी गर्दै इजरायली आक्रमणअघि गाजा सहरको पश्चिममा रहेको अल–रिमल वरपरका क्षेत्र तत्काल खाली ...
जेष्ठ २ गते, २०८२ - २०:३१
झापा । हुरीले घर भत्काउँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबा...
जेष्ठ २ गते, २०८२ - २०:२६
काठमाडाैं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् । प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको पद निलम्...
जेष्ठ २ गते, २०८२ - २०:२२
काठमाडाैं । नेपाल आयल निगम लिमिटेडले बिहिबार रातीबाट लागू हुने गरी पेट्रोलमा १ र डिजेल तथा मट्टितेल ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ । मूल्य घटा...
जेष्ठ २ गते, २०८२ - २०:१९
जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ गाडगुडेनीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । कर्णाली राजमार्गअन्तर्गत तिलाको गाडगुडेनीमा क...
जेष्ठ २ गते, २०८२ - २०:१७
धनकुटा । धनकुटा नगरपालिका–८, शिवबेँसीका ६८ वर्षीय मंगलसिंह राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहीबार दिउँसो ३ बजेतिर घरनजिकैको खेतमा धान गोड्ने क्...
जेष्ठ २ गते, २०८२ - २०:१४
क्यानबेरा । करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (...
जेष्ठ २ गते, २०८२ - २०:१०
दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार यदि प्रगति भयो भने उनि अझै पनि तीन वर्षभन्दा बढी युद्धको अन्त्य गर्ने उद्देश्यले गरिने पहिलो प्रत्य...
प्रतिकृया लेख्नुहोस्: