Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रमुख व्यापारिक केन्द्रमा व्यापार नहुँदा देशभरका ५० प्रतिशत व्यापारिक सटर बन्द

खबरडबली संवाददाता

काठमाडौं । पछिल्ले समय काठमाडौं लगायत देशभरका प्रमुख व्यापारीक केन्द्रहरूमा ५० प्रतिशत व्यापारिक सटर बन्द देखिएका छन् । धेरै व्यवसायी सुस्त आर्थिक गतिविधिको चपेटामा रहेका कारण देशभरका मूख्य व्यापारीक केन्द्रहरुमा रहेका व्यापारिक सटर बन्द देखिएका हुन् ।

०७२ को भूकम्प र अघोषित भारतीय नाकाबन्दीबाट पुनःस्थापना भएका उनीहरू ०७६ चैतदेखि कोभिड, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा देखिएको महँगी र महँगो बैंक ब्याजदरका कारण समस्यामा छन् । मुलुक आयातमै निर्भर हुँदा धेरैजसो वस्तु महँगिएका छन्, जसले गर्दा व्यापार–व्यवसाय सुस्त छ । आर्थिक गतिविधि सुस्त छ । त्यसैले सटर भाडा तिर्न सक्ने अवस्थामा नरहेको व्यवसायीहरु गुनासो गर्छन् । फलस्वरूप व्यवसायी सटर बन्द गरेर विदेश पलायन हुन थालेको व्यवसायी बताउँछन् ।

मुलुकभर झन्डै ५० प्रतिशत व्यावसायिक सटर खाली रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । यस्तो क्रम दिनदिनै बढ्दो क्रममा रहेको महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवालले बताए । एक वर्षअघि गत वैशाखमा तथ्यांक संकलन गर्दा देशभर करिब ३५ प्रतिशत सटर बन्द भइसकेका र अहिलेको अवस्था विकराल बन्दै गएको कटुवालको भनाइ छ । दसैं–तिहारपछि झनै बढ्दै गएको उनले बताए ।  

रोजगार गुम्दै जानु, सहकारीबाट प्रवाह हुने साना ऋण रोकिनु, बैंकहरूले लगानी नपत्याउनुलगायत विविध कारणले व्यवसायी पलायन हुने क्रम बढिरहेको उनी बताउँछन् । महासंघ अन्तर्गत लगभग ३५ वटा संगठन रहेका र तिनमा करिब २० हजार सदस्य रहेको भएपनि सबै व्यवसायी मन्दीमा रहेको कारण बाध्य भएर सटर खाली गरिरहेका छन् । कोभिडकै कारण व्यवसायी समस्यामा परेका भएपनि त्यसको संरक्षणतर्फ राज्यको ध्यान कहिल्यै नगएको महासंघले जनाएको छ । 

बर्सेनि भन्सार दर बढाएर सरकारको ज्यादतीसमेत बढ्दै गएको व्यवसायिहरुको भनाइ छ । नेपाल राष्ट्र बैंकले पनि नियमनकारी भूमिका निर्वाह नगर्दा व्यवसायी संकटमा परेको उनीहरुको तर्क छ । बैंकले मनोमानी ब्याजदर बढाउँदा राष्ट्रबैंकले हस्तक्षेप नहुनु, सटर भाडामा मनोमानी असुली, वैज्ञानिक भाडा दर लागू नहुनु्ले पनि व्यवसायीहरु पलायन भएका शुन् । 

प्रत्येक वर्ष १० प्रतिशतले भाडा दर बढाइने कारण नयाँ व्यवसायी समेत  आउन नसकेका कटुवाललले बताए । पुराना व्यवसायी पनि हतोत्साहित हुनु र नयाँ व्यवसायी नथपिनुले व्यवसायी पलाएन हुने क्रम बढेको उनले बताए ।

काठमाडौं मलमा रहेका १८० सटर धेरै भइसकेको काठमाडौं मल व्यापार संघका अध्यक्ष शिव ढकालले बताए । काठमाडौं मलमा मात्र नभएर देशभरका मूख्य व्यपारीक केन्द्रहरूमा  व्यापार ठप्प भएकाले भाडा तिर्न पनि ऋण खोज्नुपर्ने अवस्था रहेको उनले बताए ।

उपत्यकादेखि बाहिरका ठूला सहरमा एक घर छाडेर सटर बन्द भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की बताए  । व्यापार धराशायी हुँदै गएको कारण बैंकको ब्याजले समेत व्यवसायी डुबिरहेका उनको भनाइ छ । कोरोना महामारीदेखि ओरालो लागेको व्यवसायलाई बैंकको १६ प्रतिशत ब्याजदर, सटरको चर्को भाडा दर र भन्सार दरले झनै धराशायी बनाएको छ उनले बताए । बैंकलाई ६ महिना समय दिन आग्रह गर्दासमेत ३५ दिने सूचना निकालेर सम्पत्ति लिलाम गरिरहेकोले पनि केही वर्षदेखि सटर बन्द हुने क्रम बढ्दो रहेको कार्कीले बताए ।

बैंकहरुले एक करोडको सम्पत्ति कम्तिमा १० लाखमा लिलाम गरिरहेका व्यवसायीहरुले बताउँदै आएका छन् । यस्तो अवस्थामा व्यापार व्यवसायमा लगानी गर्न नसकिने उनीह्ररुको भनाइ छ । पछिल्लो समय सहकारीहरूले गर्ने सानो लगानी पनि ठप्प भएका कारण साना व्यवसायीहरु तितरबितर भएका छन्

सहकारीले दिने स–सानो ऋण बन्द हुँदा पनि बजारमा आर्थिक चहलपहल सुस्ताएको बत्तीसपुतली–गौशाला व्यापार व्यवसायी संघका अध्यक्ष शेखरचन्द्र राईको भनाइ छ । पसल खाली गर्नेमा नयाँ–पुराना सबै व्यवसायी रहेको उनले सुनाए । 

काठमाडौंको मुटु न्युरोड, महाबौद्ध, असन क्षेत्रमा समेत पछिल्लो समय व्यापार नभएर सटर बन्द भएका भेडासिंमा कपडा पसल गर्दै आएका कृष्ण भट्टराईले बताए । कोरोना महामारीमा पनि भाडा तिर्न पुग्ने व्यापार भए पनि अहिले ठप्प नै भएको उनले सुनाए ।  सटर भाडा मासिक ५० हजारदेखि एकलाख बढी सम्म तिर्नै ऋण खोज्नुपर्ने अवस्था आएर धेरै पलायन भएको उनले बताए । 

पछिल्लो समय दुई–तीन ठाउँमा व्यवसाय गर्नेहरूसमेत आर्थिक संकटमा पर्दा कोही व्यवसायबाटै पलायन भएका छन् भने कोही विदेश जाने तयारीमा रहेका रहेका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending