Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

प्रमुख व्यापारिक केन्द्रमा व्यापार नहुँदा देशभरका ५० प्रतिशत व्यापारिक सटर बन्द

खबरडबली संवाददाता

काठमाडौं । पछिल्ले समय काठमाडौं लगायत देशभरका प्रमुख व्यापारीक केन्द्रहरूमा ५० प्रतिशत व्यापारिक सटर बन्द देखिएका छन् । धेरै व्यवसायी सुस्त आर्थिक गतिविधिको चपेटामा रहेका कारण देशभरका मूख्य व्यापारीक केन्द्रहरुमा रहेका व्यापारिक सटर बन्द देखिएका हुन् ।

०७२ को भूकम्प र अघोषित भारतीय नाकाबन्दीबाट पुनःस्थापना भएका उनीहरू ०७६ चैतदेखि कोभिड, रुस–युक्रेन युद्ध, अन्तर्राष्ट्रिय बजारमा देखिएको महँगी र महँगो बैंक ब्याजदरका कारण समस्यामा छन् । मुलुक आयातमै निर्भर हुँदा धेरैजसो वस्तु महँगिएका छन्, जसले गर्दा व्यापार–व्यवसाय सुस्त छ । आर्थिक गतिविधि सुस्त छ । त्यसैले सटर भाडा तिर्न सक्ने अवस्थामा नरहेको व्यवसायीहरु गुनासो गर्छन् । फलस्वरूप व्यवसायी सटर बन्द गरेर विदेश पलायन हुन थालेको व्यवसायी बताउँछन् ।

मुलुकभर झन्डै ५० प्रतिशत व्यावसायिक सटर खाली रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । यस्तो क्रम दिनदिनै बढ्दो क्रममा रहेको महासंघका निवर्तमान अध्यक्ष नरेश कटुवालले बताए । एक वर्षअघि गत वैशाखमा तथ्यांक संकलन गर्दा देशभर करिब ३५ प्रतिशत सटर बन्द भइसकेका र अहिलेको अवस्था विकराल बन्दै गएको कटुवालको भनाइ छ । दसैं–तिहारपछि झनै बढ्दै गएको उनले बताए ।  

रोजगार गुम्दै जानु, सहकारीबाट प्रवाह हुने साना ऋण रोकिनु, बैंकहरूले लगानी नपत्याउनुलगायत विविध कारणले व्यवसायी पलायन हुने क्रम बढिरहेको उनी बताउँछन् । महासंघ अन्तर्गत लगभग ३५ वटा संगठन रहेका र तिनमा करिब २० हजार सदस्य रहेको भएपनि सबै व्यवसायी मन्दीमा रहेको कारण बाध्य भएर सटर खाली गरिरहेका छन् । कोभिडकै कारण व्यवसायी समस्यामा परेका भएपनि त्यसको संरक्षणतर्फ राज्यको ध्यान कहिल्यै नगएको महासंघले जनाएको छ । 

बर्सेनि भन्सार दर बढाएर सरकारको ज्यादतीसमेत बढ्दै गएको व्यवसायिहरुको भनाइ छ । नेपाल राष्ट्र बैंकले पनि नियमनकारी भूमिका निर्वाह नगर्दा व्यवसायी संकटमा परेको उनीहरुको तर्क छ । बैंकले मनोमानी ब्याजदर बढाउँदा राष्ट्रबैंकले हस्तक्षेप नहुनु, सटर भाडामा मनोमानी असुली, वैज्ञानिक भाडा दर लागू नहुनु्ले पनि व्यवसायीहरु पलायन भएका शुन् । 

प्रत्येक वर्ष १० प्रतिशतले भाडा दर बढाइने कारण नयाँ व्यवसायी समेत  आउन नसकेका कटुवाललले बताए । पुराना व्यवसायी पनि हतोत्साहित हुनु र नयाँ व्यवसायी नथपिनुले व्यवसायी पलाएन हुने क्रम बढेको उनले बताए ।

काठमाडौं मलमा रहेका १८० सटर धेरै भइसकेको काठमाडौं मल व्यापार संघका अध्यक्ष शिव ढकालले बताए । काठमाडौं मलमा मात्र नभएर देशभरका मूख्य व्यपारीक केन्द्रहरूमा  व्यापार ठप्प भएकाले भाडा तिर्न पनि ऋण खोज्नुपर्ने अवस्था रहेको उनले बताए ।

उपत्यकादेखि बाहिरका ठूला सहरमा एक घर छाडेर सटर बन्द भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की बताए  । व्यापार धराशायी हुँदै गएको कारण बैंकको ब्याजले समेत व्यवसायी डुबिरहेका उनको भनाइ छ । कोरोना महामारीदेखि ओरालो लागेको व्यवसायलाई बैंकको १६ प्रतिशत ब्याजदर, सटरको चर्को भाडा दर र भन्सार दरले झनै धराशायी बनाएको छ उनले बताए । बैंकलाई ६ महिना समय दिन आग्रह गर्दासमेत ३५ दिने सूचना निकालेर सम्पत्ति लिलाम गरिरहेकोले पनि केही वर्षदेखि सटर बन्द हुने क्रम बढ्दो रहेको कार्कीले बताए ।

बैंकहरुले एक करोडको सम्पत्ति कम्तिमा १० लाखमा लिलाम गरिरहेका व्यवसायीहरुले बताउँदै आएका छन् । यस्तो अवस्थामा व्यापार व्यवसायमा लगानी गर्न नसकिने उनीह्ररुको भनाइ छ । पछिल्लो समय सहकारीहरूले गर्ने सानो लगानी पनि ठप्प भएका कारण साना व्यवसायीहरु तितरबितर भएका छन्

सहकारीले दिने स–सानो ऋण बन्द हुँदा पनि बजारमा आर्थिक चहलपहल सुस्ताएको बत्तीसपुतली–गौशाला व्यापार व्यवसायी संघका अध्यक्ष शेखरचन्द्र राईको भनाइ छ । पसल खाली गर्नेमा नयाँ–पुराना सबै व्यवसायी रहेको उनले सुनाए । 

काठमाडौंको मुटु न्युरोड, महाबौद्ध, असन क्षेत्रमा समेत पछिल्लो समय व्यापार नभएर सटर बन्द भएका भेडासिंमा कपडा पसल गर्दै आएका कृष्ण भट्टराईले बताए । कोरोना महामारीमा पनि भाडा तिर्न पुग्ने व्यापार भए पनि अहिले ठप्प नै भएको उनले सुनाए ।  सटर भाडा मासिक ५० हजारदेखि एकलाख बढी सम्म तिर्नै ऋण खोज्नुपर्ने अवस्था आएर धेरै पलायन भएको उनले बताए । 

पछिल्लो समय दुई–तीन ठाउँमा व्यवसाय गर्नेहरूसमेत आर्थिक संकटमा पर्दा कोही व्यवसायबाटै पलायन भएका छन् भने कोही विदेश जाने तयारीमा रहेका रहेका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिलाई भोटे देखाएर सम्पन्न हुँदै रातो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प...

बिजुली निर्यात गर्ने प्रदेशमै टुकीको सहारा, सुदूरपश्चिममा उज्यालोको असमानता

धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...

राहदानी काण्डमा अख्तियारको म्यादपछि आरजुको जवाफ : ‘उपचारमा छु, अहिले आउन सक्दिनँ’

काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...

काठमाडौं महानगरको बजेट : कुन क्षेत्रलाई कति बजेट ? (पूर्णपाठ)

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी  कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् ।  बिहीबारको नगरसभामा...

हेल्मेटबिनाको यात्रा, लाइसेन्सको पनि अत्तोपत्तो छैन !

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...

अर्थतन्त्रका ‘गेम चेन्जर’ सम्मानित : निजी क्षेत्रको मनोबल बढाउन २९ अवार्ड

काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। उद्योगी–व्यवसायीहरू बजारमा माग घटेको गुनासो गरिरहेका छन्। यस्तै चुनौतीपूर...

२० वर्ष उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद प्रोत्साहन

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...

सात लाख ऋण, दुई महिना मै चुक्ता : टमाटरले लेखेको बाँकेका वीरेन्द्रकाे सफलता कथा

बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...

मोबाइल पानीमा, टेम्पो भीरमा : कानुन लागू हुँदैछ कि शक्ति प्रदर्शन ?

सिरहाको एउटा पोखरीमा सयौं मोबाइल फोन र स्मार्ट वाचहरू पानीमा डुबाइँदै गर्दा वरिपरि उभिएका मानिसहरूले भिडियो खिचिरहेका थिए। केही दिनपछि कैलालीको गोदावर...

लुम्बिनीबाटै ओलीलाई दबाब : ‘नेतृत्व फेरे मात्र एमाले ब्यूँतिन्छ’

बुटवल । नेकपा एमालेको चुनावी समीक्षा तथा संगठन सुदृढीकरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित सुझाव संकलन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको नेतृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending