Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

इरानले इजरेलमाथि आक्रमण गरेपछि अमेरिकाले के गर्ला ?

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले इरानद्वारा इजरेललाई लक्ष्य बनाई प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्रहरू निष्क्रिय पार्न सघाएको भन्दै अमेरिकी सैनिकहरूको प्रशंसा गरेका छन्।

एउटा विज्ञप्ति प्रकाशित गर्दै बाइडनले इरानले इजरेलमाथि अभूतपूर्व आक्रमण गर्नुअघि अमेरिकाले उक्त क्षेत्रमा विमान र युद्धपोत पठाएको बताए।

इरानले पहिलो पटक आफ्नो भूमिबाट सोझै इजरेलतिर आक्रमण गरेको हो। दुई देशबीच वर्षौँदेखि छद्मयुद्ध चल्दै आएको थियो।

बाइडनले इजरेलमाथि भएको आक्रमणको भर्त्सना गरेका छन्। यूके, फ्रान्स र क्यानडाले पनि इरानी आक्रमणको निन्दा गर्दै इजरेललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

इजरेल के भन्छ ?

इरानले इजरेलतिर सयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको भए पनि “अधिकांश”लाई निस्तेज पारिएको दाबी गरेको छ। त्यसका लागि इजरेललाई अमेरिका र अन्य साझेदार राष्ट्रले सघाएका थिए।

यद्यपि केही क्षेप्यास्त्र लक्ष्यसम्मै पुगेका थिए। दक्षिणी इजरेलस्थित एउटा सैन्य शिविरमा एउटा क्षेप्यास्त्रले प्रहार गरेको थियो। त्यहाँ कम्तीमा एक बालिका घाइते भएको बताइएको छ।

इरानी आक्रमणका कारण न्यून क्षति पुगेको भएको पनि इजरेलले दाबी गरेको छ।

गत एप्रिलमा इजरेलले सिरियास्थित एउटा इरानी कूटनीतिक नियोगमा हवाई आक्रमण गरेको भन्दै इरानले प्रतिशोध लिने चेतावनी दिएको थियो। सिरियामा भएको आक्रमणमा एक वरिष्ठ सैन्य कमान्डरसहित सात इरानी अधिकारीहरूको मृत्यु भएको थियो।

यद्यपि उक्त घटनामा आफ्नो संलग्नता भए नभको विषयमा इजरेलले केही भनेको छैन।

बाइडनले के भने ? 

“इजरेलको सुरक्षाका लागि अमेरिकी कटिबद्धता पुनः व्यक्त गर्न मैले भर्खर प्रधानमन्त्री [बेन्जमिन] नेतन्याहूसँग कुरा गरेँ,” इजरेली प्रधानमन्त्रीसँग फोनवार्ता गरेपछि उनले भने।

“इजरेलले आफूमाथि अभूतपूर्व आक्रमण हुँदा पनि प्रतिरक्षा गर्ने र परास्त गर्ने सामर्थ्य देखाएको मैले उनलाई बताएँ,” बाइडनले भने।

इजरेलमाथि भएको आक्रमणको विषयमा संयुक्त कूटनीतिक प्रतिक्रियाका लागि आफूले जीसेभन समूहका नेताहरूसँग कुरा गर्न लागेको पनि उनले बताए।

इरानलाई अमेरिकी सम्पत्तिमा आक्रमण नगर्न चेतावनी दिँदै बाइडनले अहिलेसम्म त्यसो नगरिएको भए पनि सबै खालका खतराप्रति अमेरिका सतर्क रहने बताए।

अमेरिकाले पनि इरानमा आक्रमण गर्ला? 

इरानले अभूतपूर्व आक्रमण गरेपछि इजरेलले प्रत्याक्रमण गर्न सक्ने अनुमान विश्लेषकहरूको छ।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्ड्नरका अनुसार इजरेलको युद्धसम्बन्धी विषय हेर्ने मन्त्रिपरिषद्ले कस्तो जबाफ दिने भन्ने विषयमा बहस गरिरहेको छ।

"सम्भवतः अहिले क्षेप्यास्त्र प्रहार गर्ने इरानी सैन्य शिविरहरूलाई निसाना बनाइने छ," उनी भन्छन्, "यद्यपि इजरेलले इरानका मुख्य सैन्य शिविरहरू र देशभरि इरानी रेभलूशनरी गार्ड्सका तालिम केन्द्रहरूमा पनि आक्रमण गर्न सक्छ। त्यसो गर्दा धनजनको क्षति हुन्छ।"

त्यसपछि इरानले पनि अहिले आफूले भने जस्तै जबाफ दिन सक्छ।

यद्यपि बाइडन प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै सीएनएनले बाइडनले इरानविरुद्ध हुने कुनै पनि सैन्य आक्रमणमा अमेरिका संलग्न नहुने इजरेली प्रधानमन्त्रीलाई बताइसकेको विवरण प्रकाशित गरेको छ।

एक इजरेली अधिकारीले 'न्यूयोर्क टाइम्स'लाई इजरेलले जस्तो प्रतिक्रिया दिए पनि त्यसका लागि “आफ्ना साझेदारहरूसँग समन्वय” गरिने बताएका छन्।

इरानी आक्रमण सुरु हुनुभन्दा केही घण्टाअघि बाडइन आफ्नो गृहराज्यको भ्रमण छोट्ट्याएर ह्वाइटहाउस फर्किएका थिए। त्यहाँ उनलाई सम्भावित आक्रमणबारे सुरक्षा अधिकारीहरूले जानकारी दिएका थिए।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रिएन वाट्सनका अनुसार बाइडन “इजरेली अधिकारीहरू र अन्य साझेदारहरूसँग निरन्तर” सम्पर्कमा थिए।

अमेरिकी तल्लो सदन 'हाउस अफ रेप्रिजेन्टटिभ्स'का रिपब्लिकन सांसदहरूले इजरेललाई थप सहयोग प्रदान गर्न र इरानलाई प्रतिबन्ध लगाउन नयाँ कानुनको मस्यौदा बनाउन थालिएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घस्थित इरानी प्रतिनिधिमण्डलका अनुसार तेहरानले “कुरा टुङ्गिसकेको मानेको” तर यदि इजरेल वा अमेरिकाबाट प्रत्याक्रमण भए फेरि हमला गर्ने चेतावनी दिएको छ।

इरानको रेभलूशनरी गार्डले एउटा विज्ञप्तिमार्फत् “इरानी हितमाथिको आक्रमणलाई समर्थन गरे वा त्यसमा सहभागी भए त्यसको कडा प्रतिकार” गर्ने चेतावनी दिएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending