Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोतः राष्ट्रपति पौडेल

खबरडबली संवाददाता
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएको छन् ।
 
विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रममा उहाँले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए। 
 
“यसका लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकाङ्क्षाबमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य छ”, राष्ट्रपति पौडेलले भने। 
 
सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुरडाँडामा ऐतिहासिक सम्पदा र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उनले तिनको खोजी, संरक्षण र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा व्यक्त गरे। 
 
“अहिले तनहुँसुरलाई चुँदी र दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भइरहेको छ, तनहुँलाई लक्षित गरी दक्षिणतिर भगवती रङ्गपथबाट पनि पक्की बाटो पनि बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्”, उनले भने । 
 
इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व बोकेको तनहँुसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमा गौरवपूर्ण भूमिका रहेको उनले उल्लेख गरे। उनले मुलुकका राजनीतिक परिवर्तनका लागि २००७ सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाउँबाट गरिएको स्मरण गरे। 
 
त्यतिखेर बन्दीपुरमा भएको सङ्घर्षमा राणा फौजको गोली लागेर छ सपुतहरू धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर रानामगर, चन्द्रबहादुर सार्की ९नेपाली० र खड्गबहादुर गोदारले सहादत प्राप्त गरेका थिए । विसं २०१८ मा धेरै सहिद भएमध्ये बुद्धसिंह रानामगर यसै क्षेत्रको भएको उनले उल्लेख गरे। 
 
“म ती सहिदप्रति यसअवसरमा सम्मान अर्पण गर्दछु, यसरी देशका लागि प्राण आहुति दिने सहिद र सहिदका परिवारप्रति राज्यले गर्नुपर्ने दायित्य अझै पूरा हुन बाँकी छ”, उनले भने। 
 
आफ्नो राजनीतिक जीवनको अन्यन्त कठिन सङ्घर्षका दिनमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तनपश्चात् सम्पन्न आम निर्वाचनहरूमा प्राप्त जनविश्वासवाट यसै क्षेत्रको प्रतिनिधिको हैसियतले संसद्मा प्रतिनिधित्व गर्ने शुभअवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमासमेत योगदान दिने अवसर प्राप्त भएको उनले स्मरण गरे। 
 
“यसका निमित्त म यस जिल्लाका जनताप्रति सदैव कृतज्ञ छु र अहिले मुलुकको संविधानको संरक्षकका हैसियतले तपाईंहरूबीच यस कार्यक्रममा आउने अवसर पाउँदा मलाई गर्वको अनुभूति भएको छ, यो सबै तपाईंहरूकै शुभेच्छा एवं सद्भाववाट सम्भव भएको हो भन्ने मैले ठानेको छु र यसप्रति म आभार व्यक्त गर्न चाहन्छु”, उनले भने। 
 
सेन राज्यकालीन तनहुँसुर तत्कालीन राज्य सञ्चालनको केन्द्र मात्र नभई संस्कृत, मैथिली, भोजपुरी र फारसी भाषाका विद्धानहरूको बौद्धिक केन्द्रसमेत रहेको पाइन्छ । खासगरी चुँदी उपत्यकामा संस्कृत विद्वानहरूको ख्याति काशीनगरी (भारत) सम्म फैलिएको इतिहासमा उल्लेख छ ।
 
त्यही शैक्षिक एंव विद्वत् परम्परामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको र नेपालीभाषी जगतमा प्रसिद्धि फैलिएको थियो । यसैलाई उजागर गर्दै चुँदी–रम्घामा भानु साहित्य उद्यानको बृहत योजना प्रारभ गरिएको तथा दमौलीमा वेदव्यासको एक सय आठ फिट अग्लो विशिष्ट शैलीको मूर्ति निर्माण भइरहेको, पर्यटकीय नगरी बन्दिपुर र तनहँुसुरमा सहिद पार्कको निर्माण आदिबाट तनहुँमा पर्यटनका विविध गन्तव्यको विकास हुन लागि रहेको स्पष्ट झलक मिलेको उनले बताए।
 
“पछिल्लो समयमा बन्दिपुर, दमौली, मानुङलगायतका धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रसँगै ऐतिहासिक तनहुँसुर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ, पृथ्वीराजमाार्ग हुँदै प्रसिद्ध पर्यटकीय नगरी पोखरा पुग्ने स्वदेशी विदेशी पर्यटकलाई तनहुँसुरलगायतका जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्न आकर्षित गर्नुपर्ने आवश्यकता छ”, राष्ट्रपति पौडेलले भने। 
उनले यस क्षेत्रमा नेपाल सरकार वन मन्त्रालयले ‘भानुप्राणी उद्यान’ योजनासमेत अगाडि सार्नु प्रशंसनीय रहेको तर कार्यान्वयन पक्ष ढिलो भएको हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जाने र यो योजनाले साकार रुप लिने नै छ भन्ने विश्वास व्यक्त गरे। 
 
देशकै गौरवका योजनामध्ये एक तनहुँ जलविद्युत् योजना हाम्रो धेरै प्रयासपश्चात् आएको हो र अहिले कार्यान्वयनको चरणमा छ भन्दै उनले अर्को योजना तल्लो सेती जलविद्युत् परियोजना प्रारम्भ हुने चरणमा पुगेको उल्लेख गरे । 
 
“यस्ता आयोजनासँगै जोडिएको तनहुँसुर सम्पदा क्षेत्र जस्ता पिछडिएका क्षेत्रमा अधिकारिक विकासको प्रतिफल पु¥याउनुनै तीनै तहका सरकारको लक्ष्य हुनुपर्दछ”, राष्ट्रपति पौडेलले भने, “विगतमा तनहुँसुर आफैँमा एउटा प्राकृतिक किल्ला थियो, यसको ऐतिहासिक र रणनीतिक महत्व पनि छ, सिङ्गो नेपाल यस्तै रणनीतिक महत्वमा अडिएको र बाँचेको छ, यस्तै प्राकृतिक अवस्थाले नेपालललाई बचाएको छ ।”
 
त्यस अवसरमा गण्डकी प्रदेश सरकारका बिना विभागीय मन्त्री हरिबहादुर चुमानले यहाँ विकासले गति लिएको भन्दै  स्थानीय फर्किने अवस्था पनि बन्दै गएको बताए। तनहुँसुर–खड्गकाली मार्ग पूर्णरूपमा बन्नुपर्ने उहाँको भनाइ थियो । गण्डकी प्रदेशको प्राथमिकता पर्यटन भए पनि बजेट अभावमा काम हुन नसकेको उनको भनाइ थियो ।
 
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले खड्गकाली मन्दिरको विकासलाई प्रदेश सरकारबाट बजेट विनियोजन भएको जानकारी गराए । उनले मन्दिर तथा तनहुँसुर दरबारसम्म सहज रूपमा आवतजावतका लागि तनहुँसुर–खड्गकाली सडक खण्ड निर्माणका लागि बजेट विनियोजन भएको बताए। 
 
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ऐतिहासिक तनहुँसुरको संरक्षणमा जोड दिए। विकास निर्माणका काम भइरहेको भन्दै उहाँले तनहुँले अभिभावकत्व खोजिरहेको उल्लेख गरे ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अगस्टमा विश्वव्यापीरूपमा उच्च तापमान रेकर्ड

सिंगापुर । अगस्ट महिनामा विश्वव्यापी तापमान सूचकाङ्कमा उच्च रेकर्ड कायम भएपछि बढ्दो तापक्रमका कारण विश्वव्यापी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने अवस्था आएको...

मेरो नियुक्तिलाई रोक्ने प्रावधान कहीँ कतै छैन, भए देखाउनुस् : कपिल श्रेष्ठ

काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले नेपालको संविधान २०१९ र २०४७ मा समेत रहेको उल्लेख गर्दै राजदूत राजनीतिक नियुक्ति भ...

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

काठमाडौं । मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-७ मालती टोलकी २१...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिङ्गर भेटिएको छ । ...

सेयर बजारमा पहिरो, नेप्से २७३९ अंकमा झर्‍यो

काठमाडौं । बुधबार सेयर बजार २७३९ अंकमा कायम भएको छ ।  अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्...

युक्रेनका विदेशमन्त्री कुलेबाको राजीनामा

काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जे...

चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी

इलाम । चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा वर्सेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खोज...

सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक

धनगढी। गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने बताएको छन् ।  ...

पलेशालाई महानगरले गर्यो नगद पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौँ । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । बु...

देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy