Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रवि लामिछानेको प्रश्न: जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

खबरडबली संवाददाता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका हुन् ।

साथै लामिछानेले के जीबी राईका सारा बदमासीको ठेक्का मैले  लिनु पर्ने हो ? भन्दै प्रश्न समेत गरेका छन् । उनले आफ्नो पोष्टमा अनुसन्धानले सुप्रिम सहकारीमा ठगि गरेको कुनै प्रमाण अनुसन्धानबाट पुष्टि नभएको समेत दाबि गरेका छन् ।

उनले भनेका छन्, के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र ?अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै  केही छ ? म जीबी राईले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए ? कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ ? 

उनले आफु सहकारी ठगिमा कहिँ कतैबाट नजोडिएको र नदेखिएको प्रमाणले पुष्टि गरेको बताउदै प्रहरीको अनुसन्धानलाई  प्रभावमा पार्ने काममा नलाग्न समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, म सहकारी ठगी कार्यमा कहि कतैवाट नजोडिएको र नदेखिएको प्रमाण सहितको तथ्य पुष्टी हुदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न सबैलाई अनुरोध गर्दछु ।

बुटवल स्थित सुप्रिम सहकारी ठगि प्रकरणको अनुसन्धान गरेको प्रहरीले रबि लामिछानेको नाममा २ करोड ऋण लिइएको र सो ऋण लिदा प्रकृया नपुर्याइएको उल्लेख गरिएको छ । तर प्रहरीले दायर गरेको मुद्धामा लामिछानेलाई प्रतिवादी नबनाएपछि चौतर्फी आलोचना भइरहेको छ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

बझाङबाट एमालेका ४ केन्द्रीय सदस्य निर्वाचित

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending