Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

बर्दिबासमा एक अर्ब १० करोडको लागतमा पाँच तारे होटल ‘रामिणी’ बन्ने

खबरडबली संवाददाता

महाेत्तरी। मुलुकको पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै यस क्षेत्रमा लगानी पनि बढिरहेको छ । कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन् । 

यसैक्रममा बर्दिबासमा पाँच तारे होटल निर्माण सुरु भएको छ । बर्दिबासको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले पाँच तारे होटल निर्माण गर्न लागिएको हो । बर्र्दिबास नगरपालिका वडा नं १ मा होटल ‘रामिणी’को आजदेखि  निर्माण सुरु भएको होटलका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए ।

“होटल निर्माणको आज साइत गरिएको छ, अबको दुईदेखि साढे दुई वर्षमा होटल निर्माण भइसक्ने छ”, उनले भने, “होटल निर्माणपछि  व्यवस्थापन र सञ्चालनका लागि भारतको इन्टरनेशनल चेन होटल ल्याउने तयारी भइरहेको छ ।”

अध्यक्ष घिमिरेका अनुसार भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले होटल निर्माण सुरु गरिएको हो । होटल निर्माणपछि बर्दिबासको मात्रै नभइ जनकपुर र अयोध्याको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए ।

“रामिणी पनि सीता माताको अर्को नाम हो, हिन्दू धर्मालम्बीहरुको आस्थाको केन्द्र अयोध्या र जनकपुर जोड्ने गरी हामीले योजना बनाएका छौँ, होटल निर्माणपछि सोही अनुसार बजारीकरण र प्रबर्द्धन गरिने”, उनले भने ।

कूल एक बिघा क्षेत्रफलमा निर्माण हुने होटल कूल एक अर्ब १० करोड रुपैयाँ लगानी हुनेछ । जसमा बैंकको ६० प्रतिशत ऋण लगानी रहनेछ । अध्यक्ष घिमिरेका  अनुसार सात÷साता तलाका दुई वटा भवन बन्ने छन् भने होटलमा ८२ वटा रुम हुनेछन् । डिलक्स र स्वीटका साथै दुई वटा प्रेसिडेन्सियल स्वीट रुम हुनेछन् । पाँच तारे होटलमा उपलब्ध हुने सबैखाले जस्तै क्यासिनो, स्वीमिङ पुल, वेलनेसलगायतका सुविधा उपलब्ध हुनेछन् ।

हाल नेपालमा पाँच तारे होटलको संख्या २२ छन् भने चार तारे होटलको संख्या ३४ पुगेको छ । होटल संघका अनुसार नेपालमा वार्षिक ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन् ।

होटलकी प्रबन्धक श्रेया पाँडेले बर्दिबासमा सुविधा सम्पन्न होटलको सुविधा उपलब्ध गराउने उद्देश्यले होटल निर्माण सुरु गरेको बताइन् । उनले बर्दिबासदेखि भारतका दरबन्दा र सीतामाडीलगायत मुख्य बजारहरुलाई समेत लक्षित गरिएको उल्लेख गरिन् । 

“हाम्रो योजना बर्दिबासमै लक्जरियस होटलको अनुभव उपलब्ध गराउनु हो, त्यसबाहेक २५ किलोमिटरको दूरीमाा रहेको जनकपुर र छिमकी मुलुक भारतीय बजारलाई पनि लक्षित गरेका छौँ”, उनले भनिन् । उनका अनुसार हाल भारतका विभिन्न होटल ब्राण्डसँग छलफल भइरहेको र निकट भविष्यमै टुंगो लाग्ने समेत जानकारी दिइन् । उनका अनुसार होटलमा एक सय १० भन्दा बढीले रोजगार पाउनेछन् । जसमा अधिकांश स्थानीयलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री जम्कट्टेलको सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा मुख्यमन्त्री जम्कट्...

अत्यधिक गर्मिले खाेला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !

रौतहट । राैतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला  शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन । करिब दुई महिना आगाडी  देख...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखदः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिस...

श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्व प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसर...

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपाल...

रसुवामा सम्बन्धविच्छेद घटना बढे, नौ महिनामा ८१ वटा मुद्दा

रसुवा ।  गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा  रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्...

पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा

काठमाडाैं । भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ । एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्ना...

गोदावरीको जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका पहरीको पनि मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि मृत्यु भएको छ । आगो निभाउ...

मन्दीकाे वाहनामा जोखिममा जीउदै श्रमिकहरु

काठमाडाैं । पछिल्लाे समय आर्थिक मन्दीकाे बाहनामा सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । दैनिक ज्यालादारीमा कामगर्ने...

श्रम अधिकार कानुनमा छ, व्यवहारमा छैन

काठमाडौं  । ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies