Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा आयो

खबरडबली संवाददाता

सङ्खुवासभा । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको छ ।

अरुण नदीमा चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुुल्लीमा समस्या देखिएपछि १५ दिनदेखि फेरी सञ्चालन हुन सकेको थिएन । फेरी नचल्दा  भोजपुरको उत्तरी क्षेत्रको यात्रुहरु आवतजावतमा समस्या भएको थियो । 

लठ्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि  फेरी बन्द गरिएको थियो । काठमाडौंबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले बताए । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन आजदेखि  सञ्चालनमा आएको उनले बताए । 

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । तत्कालका लागि ठूला तथा मालवाहक सवारीसाधन ओसारपसारमा भने रोक लगाइएको छ । नदी किनारका बालुवा नहटाउँदासम्म ठूला मालवाहक सवारीसाधन ओसारपसारमा कठिनाइ हुने भएकाले  तत्काल समाधानका लागि ठेकदारलाई निर्देशन दिइसकेको षडानन्द नगरपालिकाले जनाएको छ ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको हो । उक्त फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको छ ।

संघीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटा सानाठूला सवारीसाधन तार्ने गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ । वायु प्रदूषणले आकाश धुम्मिएको छ ।  नजिकैका...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।  ...

संसद्को कार्यकालभरि यही राजनीतिक समीकरण रहन्छ: महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताएका छन् ।  आज यहाँ आयोजित  संवाद कार्यक्...

दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु

काठमाडौं । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा २४ जनाको मृत्यु भएको छ ।  मिडिया रिपोर्टका अनुसार मेजियु शहर र...

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ ।  भाडाको जग्गा टहरो हालेर ...

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

एजेन्सी । प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताएका छन् । य...

देशभर एक सय ६५ ठाउँमा डढेलो

काठमाडौं । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ ...

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ । बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ ...

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२...

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies