Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सत्ता गठबन्धनमा अविश्वास: दुरी बढाउँदै नेपाल च्याँखे दाउमा देउवा

खबरडबली संवाददाता

काठमाडौं । सत्ता गठबन्धन दलहरूबीच विश्वासको संकट देखिएको छ। नेकपा एमालेसहितको गठबन्धनमा आबद्ध दलहरूले भागबन्डा मिलाउने क्रममा एकअर्कालाई विश्वास गर्न सकिरहेका छैनन्। नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेपछि एमाले थप सशंकित हुँदै सुदुूरपश्चिम प्रदेशको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ।

काठमाडौं गोल्फुटारस्थित डा. नारायण खड्को घरमा माधव नेपालले बुधबार साँझ देउवालाई भेटेर वैकल्पिक गठबन्धन र सुदूरपश्चिम सरकार निर्माणबारे छलफल गरेका थिए। तर एमालेसँगको छलफललाई उनले सरोकारै राखेनन्। त्यसकारण एमालेले अहिले नै सुदूरपश्चिम सरकारमा सहभागी नहुने जनाएको हो।

एमालेले बिहीबार मुख्यमन्त्रीमा नियुक्त दीर्घ सोडारीको विकल्प खोज्न आग्रह गरेको थियो। तर नेकपा एस सचिवालय बैठकमार्फत सोडारीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री प्रस्ताव गरेर अध्यक्ष नेपाल देउवालाई भेट्न गएपछि एमाले चिढिएको थियो।

२०७५ कात्तिकमा तत्कालीन सामाजिक विकासमन्त्री सोडारीले महिलासँग अश्लील संवाद गरेको आरोपमा पद गुमाएका थिए। उनलाई एमालेले पनि कारबाही गरेको थियो। सोही कारणले उनलाई अहिले मुख्यमन्त्रीमा अस्वीकार गर्दै एमालेले विकल्प दिन आग्रह गरे पनि नेकपा एसको सचिवालय बैठकबाट उनलाई नै मुख्यमन्त्रीका रूपमा अघि सारेको थियो।

एमालेले अप्ठेरो मान्दै समर्थन त ग¥यो तर तत्काल सरकारमा नजाने निर्णय लियो। यसबाट गठबन्धनमा अविश्वासको दुरी बढ्दै गएको आकलन छ। एमाले अध्यक्ष केपी शर्मा ओली नै रहेका बेला महिलासँग अश्लील बोलेको तथा उनको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद भएपछि उनलाई २०७५ कात्तिकमा बर्खास्त गरिएको थियो। उनीविरुद्ध पार्टीमा समेत आर्थिक तथा चारित्रिक विषयमा गम्भीर उजुरी परेपछि तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका थिए।

‘ओली सरकारकै पालामा बर्खास्तमा परेका कारण एमालेले उनलाई मुख्यमन्त्रीमा अस्वीकार गरेको हो। यो विषयले केन्द्रमा दुरी बढेको स्पष्ट हो,’ एमालेका एक पदाधिकारीले भने।

सुदूरपश्चिम सरकारको विषयमा गडबडी उत्पन्न भएपछि एमाले अध्यक्ष ओली बिहीबार सिधै प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका थिए। उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो। उनीहरू कुराकानी गरिरहेकै बेला उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने पनि सहभागी भएका थिए। कुराकानी गरेर बाहिरिने क्रममा लामिछानेले गठबन्धनमा कुनै पनि समस्या नभएको बताएका थिए।

नेकपा एसले एमालेसँगको सहकार्यलाई सुरुदेखि नै रुचिकर ठानेको छैन। ‘खास यो गठबन्धन माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्री पद लम्ब्याउने हेतुले मात्रै बनेको हो। यसमा एमालेले साथ दिएको छ। एमालेलाई पनि कांग्रेससँगको सहकार्य तोड्नु थियो। त्यही भएर यो बनेको हो। यसमा प्रधानमन्त्रीको पद जोगाउनुबाहेक अर्को कुनै स्वार्थ देखिन्न,’ नेकपा एसका एक पदाधिकारीले भने।

सत्ता गठबन्धनमा खटपट र वैकल्पिक गठबन्धनको कुरा भइरहेका बेला दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन साथ दिने भन्दै सत्ता गठबन्धनलाई नेकपा एसले चुनौती दिएको थियो।

कांग्रेस सभापति देउवा र अध्यक्ष नेपालबीच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र केन्द्रमा वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल मात्र भएको छैन, कसरत नै गर्ने तयारी भएको छ। अहिले नेकपा एस सत्ता गठबन्धनबाट बाहिरिए प्रदेशतर्फ मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनबाहिरबाट सरकार बन्नेछन्। नेकपा एस एमाले, माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट बाहिरिए जनता समाजवादी पार्टी (जसपा) पनि बाहिरिन सक्ने कांग्रेसको बुझाइ छ।

वैकल्पिक गठबन्धन बने कांग्रेसका ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, जसपाका १२, नेकपा एसका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चार र नाउपाका ४ सिट जोड्दा १३८ हुने देखिन्छ।

यी सबै मिलेको अवस्थामा केही स्वतन्त्र र चित्रबहादुर केसीलाई समेत जोड्दा कांग्रेसले वैकल्पिक गठबन्धन बनाउन सक्ने सम्भावना छ। यो विषयमा नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा एसले सहमति र सहकार्य तोड्न नखोजेको भनी प्रतिक्रिया दिए। ‘यसअघि भएका सबै सहमति च्यात्न खोजेपछि मात्रै हामीले हलुका असहमति प्रकट गरेका हौं, गठबन्धन टुटाउन खोजेका होइनौं,’ उनले भने। यो समाचार आजको नागरिक दैनिकमा छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending