Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

विद्यार्थी घटेपछि ३१ विद्यालयको तह घटाइयो, दुई विद्यालय बन्द

खबरडबली संवाददाता

गलकोट । विद्यार्थी सङ्ख्या नपुगेका ३१ सामुदायिक विद्यालयको तह घटाइएको छ । बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्दै ‘लिड विद्यालय’, आवासीयसहितको विद्यालय र ‘बिग विद्यालय’को अवधारणा कार्यान्वयनका लागि विद्यार्थी थोरै भएका ३१ सामुदायिक विद्यालयको हाल भइरहेको कक्षाको तह घटाएको छ ।

विद्यार्थी अभाव झेल्दै आएका प्राथमिक विद्यालय र आधारभूत विद्यालयमा तह घटाइएको छ भने दुई विद्यालय तत्कालका लागि बन्द गरिएको छ । बन्द हुने विद्यालयमा बागलुङ नगरपालिका–९ तित्याङका रानेभूमि प्रावि र सरस्वती प्रावि छन् ।

विद्यालयमा भौतिक पूर्वाधार थपिँदै जाने र विद्यार्थीको सङ्ख्या घट्ने अवस्थामा विद्यार्थीको सङ्ख्याका आधारमा कक्षा सञ्चालन गर्दा गुणस्तरमा वृद्धि हुने विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयमा शिक्षकको अभाव नहुने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने भएकाले बागलुङ नगरपालिकाले ३१ विद्यालयको तह मिलान गरी घटाइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले दुई वर्षसम्म गरेको विद्यालयको अध्ययनअनुसार विद्यालय तह मिलान कार्यविधिअन्तर्गत रही तह मिलान गरिएको श्रेष्ठको भनाइ छ । “१३औँ नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको सुझाव र विद्यालयको स्थलगत अनुगमन समितिको सिफारिस प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गरेको हो”, नगरप्रमुख श्रेष्ठले भने, “तह घटाउँदा एक घण्टा हिँड्नुपर्ने अवस्थाका विद्यालयलाई असर पारिएको छैन, न्यून विद्यार्थी भई घर नजिकै वैकल्पिक विद्यालय भएका विद्यालय छनोट गरेर तह घटाइएको छ, तह घटाउँदा धेरै हुन आएका शिक्षकलाई विद्यार्थी सङ्ख्याको अनुपातमा दरबन्दी मिलान गरिन्छ ।”

तह घटाइएपछि बालविकास केन्द्र सञ्चालन हुने विद्यालयको सङ्ख्या आठ, बालविकास केन्द्र र कक्षा एकमात्र सञ्चालन हुने विद्यालय ११, कक्षा १ मात्र सञ्चालन हुने विद्यालय एक, कक्षा १ देखि ३ सम्म सञ्चालन हुने विद्यालय पाँच, कक्षा १ देखि ४ सम्म सञ्चालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा १ देखि ६ कक्षासम्म सञ्चालन हुने छ ।

नगरपालिकाले विद्यालयमा गरेको लगानी बालुवामा पानी भएको भन्दै विद्यार्थी भएको विद्यालयमा मात्रै भौतिक पूर्वाधार, प्रविधि र अङ्ग्रेजीमा पठनपाठन गराउनेगरी तह मिलान गर्न थालेको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काका अनुसार जनसङ्ख्या बढ्दा आवश्यकता देखिएर समुदायस्तरको पहलमा खोलिएका विद्यालयमा क्रमशः घट्दो जनसङ्ख्या, बसाइँसराइ, संस्थागत विद्यालयमा आकर्षणजस्ता कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या अपुग हुन थालेपछि विद्यालय घटाउन थालिएको हो ।

नगरपालिकाले टाढाका विद्यार्थीलाई आवासीयसहितको विद्यालय बनाउने र गुणस्तरी शिक्षामा जोड दिनका लागि एकीकृत विद्यालयको अवधारणा ल्याइएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिए।

“कतै शिक्षकले विद्यालय कुर्नुपर्ने त कतै विद्यार्थीले शिक्षक नपाउने अवस्था हाम्रो नगरमा आयो, एक हजार तीन सय विद्यार्थी भएको विद्यालय, जिल्लाकै नमूना विद्यालय हाम्रै नगरभित्र छन्, तर एक–दुई विद्यार्थी पढाएर शिक्षक बस्नुपर्ने अवस्था अन्त्य गर्न आवश्यक छ, त्यहाँका विद्यार्थीलाई आवासीयसहितको सुविधा दिन सकिन्छ”, पोख्रेलले भने ।

विद्यालय स्थगन र तह मिलानपछि धेरै हुन आउने शिक्षकलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा व्यवस्थापन गरिने छ । नजिकमा विद्यालय नभएको, अलग्गै बस्ती र भौगोलिक विकटता भएको विद्यालय तथा कक्षा स्थगनले पढाइबाट बञ्चित हुने बालबालिकालाई आवश्यक वैकल्पिक व्यवस्था मिलाइएको छ ।

नगरपालिकाले स्थगन भएका विद्यालयमा सञ्चालित प्रारम्भिक बालविकास कक्षा आवश्यक रहेसम्म कायम राखिने, स्थगन भएका विद्यालयमा दोब्बर सङ्ख्यामा विद्यार्थी उपलब्ध भए पुनः विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ ।

स्थगन भई खाली हुने विद्यालयलाई वडा कार्यालयको संरक्षकत्वमा विद्यालय छात्राबास, पुस्तकालय, सामुदायिक सिकाइ तथा प्रशिक्षण केन्द्र, सामुदायिक प्रयोजनका भवन, टोल सुधार, महिला समूहको भवनको रुपमा प्रयोगमा ल्याइने छ ।

अनुगमन समितिले तय गरेको मापदण्डबमोजिम विद्यालय स्थगन भई विद्यार्थी जाने विद्यालयका लागि बढीमा रु दुई लाख र तह मिलान हुने विद्यालयलाई प्रतिकक्षा बढीमा रु २५ हजारका दरले एकपटकका लागि अनुदान दिइने छ ।

यस्तै नगरपालिकाले नेपाल सरकारले दिवाखाजाका लागि दिने रु १५ मा नगरले रु पाँच थप अनुदान निकासा दिइने छ । यसो गर्दा दिवाखाजामा मात्रै नगरपालिकाको वार्षिक रु ५० लाख अतिरिक्त खर्च हुनेछ । नगरपालिकाले शिक्षामा गुणस्तर बढाई संस्थागतभन्दा अब्बल विद्यार्थी बनाउन शैक्षिक सुधारको रणनीति ल्याएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending