Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

नौ महिनादेखि धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोतका शिक्षकले तलव पाएनन्

खबरडबली संवाददाता

सिरहा। सिरहाको धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरुले ९ महिनादेखि तलव पाउन सकेका छैनन्। आन्तरिक स्रोतको कमी र कर्मचारी र जनप्रतिनिधिहरुको आन्तरिक समस्याका कारण करिव २० जना शिक्षकहरुले तलव भत्ता पाउन नसकेका हुन्। 

नगरपालिका अन्र्तगत निजी स्रोतमा सञ्चालित माध्यमिक विद्यालय र आधारभुत विद्यालयका शिक्षकले करिव एक वर्षदेखि नगरपालिकाले तलव भत्ता नपठाएको प्रधानाध्यापकहरुको गुनासो छ। उनीहरुले करिव एक वर्षबाट सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलव नआएको गुनासो गरे।

आधारभुत विद्यालय, धनगढीमाई १३ कैलाशपुर भर्लेनीका प्रधानाध्यापक अमर कुमार योञ्जनले आफ्ना विद्यालयमा कार्यरत दुई जना शिक्षकको तलव भत्ताबापत रकम एक वर्षदेखि विद्यालयको खातामा नआएको बताए। उनले भने, ‘उहाँहरुको तलव भत्ता एक वर्षदेखि आएको छैन, हामीले विद्यालयको स्रोतबाट थोरै पेश्की दिएका छौं।’

जनता आधारभुत विद्यालय, धनगढीमाई १ बाखैरका प्रधानाध्यापक विनोद कुमार साहले पनि निजी स्रोतका शिक्षकको तलवभत्ता नगरपालिकाले यस आर्थिक वर्षमा एकपटकपनि नपठाएको बताए। उनले भने, ‘सशर्त शिक्षण अनुदान र वडा कार्यालयको अनुदानका दुईजना शिक्षकको तलव पालिकाले निकाशा दिएका छैन। हामीले शिक्षकहरुलाई विद्यालयको आन्तरिक कोषबाट तलव दिईरहेका छौं। पालिकाले पनि अव चाँडै पठाउने भनेको छ।’

‘सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलव भत्ताबापतको रकम लामो समयदेखि गएको छैनस शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिनारायण सिंहले भने, ‘मैले निजी स्रोत र सशर्त शिक्षण अनुदानमा कार्यरत शिक्षकहरुको तलवभत्ताको सम्पूर्ण कागजात लेखा शाखामा बुझाई सकेको छु, केहिदिन अघिसम्म सो रकम गएको छैन भन्ने जानकारी छ। तर, हिजो आज गएको भए मलाई जानकारी भएन, म आज विदामा छु।’

नगरक्षेत्रभित्र ७ जना कम्पूटर शिक्षकसहित करिव २० जना निजी स्रोतमा कार्यरत शिक्षकलाई पछिल्लो नौं महिनादेखि नगरपालिकाले तलव भत्ता पठाएका छैनन्। 

लेखा अधिकृत पुरुषोतम कुमार प्रसादले आन्तरिक स्रोतबाट तलव व्यवस्थापन गर्नुपर्ने शिक्षकहरुको तलव सुवुधा जान सकेको थिएन, भर्खरै बजेट संशोधन गरीएको छ। अव कार्यालय प्रमुख आउनेदिनै पाउनु पर्ने सवै विद्यालयमा रकम जान्छ।’

‘पहिला स्रोत व्यवस्थापन हुन सकिरहेको थिएन, स्रोत व्यवस्थापन  भईसकेपछि कार्यालय प्रमुख सरुवा भएर जाने र आउने प्रकृया हुन थालेकाले ढिलो भएको हो अव चाँडै जानुपर्ने सवैको सेवा सुविधा जान्छ।’ लेखा अधिकृत प्रसादले भने। अधिकृत प्रसादले भने, ‘अहिले म पनि विदामा छु, हाकीमसाव पनि विदामा भएकाले कार्यालय प्रमुख आएकैदिन रकम जान्छ।’

यस सम्वन्धमा प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गरेपनि उनी विदामा रहेकाले सम्पर्क हुन सकेन। 

नगर प्रमुख शिवशंकर महतोले ‘मैले जानकारी पाएसम्म सवै शिक्षक कर्मचारीको तलव चैत मसान्त सम्मको गई सकेको हुनुपर्छ। निजी स्रोतकाहरुको पनि दशैंसम्मको तलव खाएको छ। नगएको भए तत्काल पठाउन लाउँछु।’ उनले यो प्रशासनको काम भएकाले पनि आफूलाई सवै जानकारी नहुने बताए । 

धनगढीमाई नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरुको लापरवाहीले कारारका कर्मचारी तथा स्थानिय सेवाग्राहीहरुलाईपनि सास्ती खेप्नु परेको स्थानियहरु बताउछन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ - राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताएको छन् । सञ्चार ...

सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप

कुन तालिम कति दिन चल्छ ?

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन् । रा...

आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाइनुपर्छ- मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तर...

कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्न आवश्यक - सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लाग...

प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले मंगलबार बिहान साढे १...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपि...

माधव नेपालले बोलाए संसदीय दलको बैठक, यी हुन् एजेण्डहरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् । आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने बैठकमा जनता...

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २०० ले बढेर १ लाख ३५ हजा...

समयमा नै पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा

तनहुँ । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies