Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

‘कतारका अमिरको भ्रमणबाट नेपालले अधिकतम् लाभ लिनुपर्छ’

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वमन्त्री एवं परराष्ट्र मामिलाका जानकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणबाट नेपालले अधिकतम लाभ लिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छन् । 

उनीहरुले सानो भूगोल र थोरै जनसङ्ख्या भए पनि दूरदर्शी नेतृत्व र उपलब्ध साधनस्रोतको अधिकतम सदुपयोग गर्नसके छोटो अवधिमै कसरी समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण नेपालले कतारबाट सिक्न सक्ने धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नेता एवं पूर्वमन्त्री सुरेन्द्रकुमार कार्कीले इन्धनको उत्खनन सुरु भइसकेपछि कतारले आफ्नो भौगोलिक आकारभन्दा धेरै माथि अन्तर्राष्ट्रिय शान्ति र सहयोगमा विशिष्ट भूमिका खेलिरहेको बताए । 

उनले भने, “क्षेत्रीय शान्ति कायम, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ र ठूला राजनीतिक तनावलाई समाधानका लागि कतारले समन्वयकारी र निर्णायक भूमिका खेल्नेगरी अघि बढिरहेको छ ।”

पूर्वमन्त्री कार्कीले नेपाल पनि द्वन्द्वपछि शान्ति प्रक्रियामा अघि बढिरहेको सन्दर्भमा मुलुकको शान्ति सुव्यवस्थालाई प्रभावकारी बनाउन कतारको अनुभवबाट महत्त्वपूर्ण शिक्षा लिन सकिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन मद्दत गर्न सक्ने विचार प्रकट गरे ।

उनले भने, “नेपालको प्रमुख श्रम गन्तव्यका रूपमा कतार रहेको छ । विप्रेषणको ठूलो हिस्सा कतारबाट आइरहेको छ । कतारको विकासमा नेपालीले पुर्याएको योगदानको सम्मान हुनेगरी त्यहाँ श्रम गरिरहेका नेपालीलाई मर्यादित कामको सुनिश्चितता तथा श्रमिकले पाइरहेका झण्झन्टलाई अन्त्य गर्ने विषयलाई नेपालले प्राथमिकताका साथ उपलब्ध गराउनुर्छ ।”

पूर्वमन्त्री कार्कीले भौगोलिकरूपमा सानो भए पनि अन्तर्राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकिने उल्लेख गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय तनावलाई कम गर्न कतारले मध्यस्थताको भूमिका निर्वाह गरिरहेको घटना सुनाए। कतारको लगानीमा नेपालको हिमालय क्षेत्रको पिउने पानी प्रशोधन र प्राङ्गारिक कृषिजन्य उत्पादनमा लगानी गरी निर्यात गर्नसके नेपालले लाभ लिनसक्ने उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता एवं परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले अत्यन्त प्रतिकूल मौसमी वातावरण र सीमित जनशक्तिका बीचमा पनि मुलुकलाई समृद्धिमा लैजान सकिन्छ भन्ने बलियो उदाहरण कतारबाट सिक्न सकिने बताए । उनले भने, “कतार बहुआयामिक ढङ्गबाट अघि बढिरहेको छ, नेतृत्वदायी भूमिका खोजिरहेको र देखाइरहेको छ । मध्यपूर्वका मुलुकमा देखिएका विवाद समाधान गर्ने महत्त्वपूर्ण स्थान कतार बनेको छ ।”

हमास र इजरायललगायत मध्यपूर्वी मुलुकमा देखिएका विवाद समाधानमा कतारले आफूलाई ‘विश्व च्याम्पियन’का रूपमा अघि बढाउन खोजिरहेको दृष्टान्त दिँदै डा भट्टराईले हवाई यातायातको माध्यमबाट विश्वमा आफ्नो सम्पर्क सञ्जाल विस्तार गर्ने सन्दर्भमा अन्तर्राष्ट्रिय ट्रान्जिट हवका रूपमा विकास भइरहेको बताए।

कतारका अमिरको भ्रमण कूटनीतिक हिसाबले नेपाल सकारात्मक बाटोतर्फ अघि बढिरहेको सङ्केत र उदाहरणका रूपमा रहेको उनको भनाइ छ । “कतार मध्यपूर्वमा आर्थिकरुपले सम्पन्न हुँदै गएको मुलुक हो । करिब चार लाख नेपाली श्रमिकले कतारमा काम गर्दै आइरहेका छन् । कतारको विकास र समृद्धिमा नेपाली श्रमिकको रगत र पसिना बगेको छ । यस्तो बेलामा कतारका अमिरको नेपाल भ्रमण हुनु अत्यन्त महत्त्वपूर्ण विषय र अवसरको कुरा हो”, डा भट्टराईले भने ।

कतारको सम्पन्नताबाट नेपालले पनि आर्थिक विकास र सम्पन्नतासँग जोडेर अघि बढ्नका लागि फाइदा लिन सक्ने भन्दै उनले श्रम शक्ति विदेश पठाएर नभई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतातर्फ पनि ध्यान दिइनुपर्ने बताए। 

डा भट्टराईले भने, “कतारलगायत मध्यपूर्वी मुलुकबाट नेपालमा लगानीको उच्च सम्भावना छ । कतारमा नेपालबाट निर्यात बढाउन सकिन्छ । नेपालले ठूलो मात्रामा इन्धन आयात गरिरहेको छ । यस विषयमा पनि हामीले केही सहुलियतपूर्ण सहयोग लिने अवस्था रहन्छ । यी विषयमा नेपालले आफ्नो छलफल अघि बढाउनुपर्छ ।”

उनले कतारमा श्रम गर्ने नेपालीको सुरक्षा र रोजगारीमा देखिएका समस्या समाधान गर्नु अमिरको भ्रमणका अवसरमा सरकारको स्वभाविक ‘एजेण्डा’ भित्र पर्ने बताए। नेता भट्टराईले भने, “कतारले केही वर्षयता आफ्नो प्राकृतिक साधनस्रोतलाई उपयोग गरेर जुन किसिमकको सम्पन्नता र समृद्धि हासिल गरेको छ । राजनीतिक स्थायित्वभित्र राम्रो दृष्टिकोण भएको नेतृत्वको माध्यमबाट आर्थिक समृद्धि र विकासमा अघि बढेको छ । आफ्नो प्रकृतिले दिएको साधनस्रोत प्रयोग गरेर अगाडि जान सकिन्छ भन्ने पाठ सिकाएको छ ।”

नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्काले पछिल्लो समय कतार कूटनीतिक र आर्थिक रुपमा अन्त्यन्त सफल हुँदै गइरहेको धारणा राखे। “इजरायल र हमासबीच विवाद समाधानमा अमेरिका र बेलायतलगायतका मुलुकले पनि कुनै न कुनै रुपमा कतारको मध्यस्थताको भूमिका खोजिरहेका छन्”, उनले भने । 

अमिरको भ्रमणका क्रममा कतारमा रहेका नेपाली श्रमिकको सेवासुविधाका बारेमा छलफल र परामर्श गर्नुपर्नेमा जोड दिँदै नेता खड्काले श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्न सुझाव दिए । चाँडै नै नेपालमा हुन लागेको लगानी सम्मेलको पूर्वसन्ध्यामा भएको अमिरको भ्रमणले वैदेशिक लगानीका लागि विश्वसमुदायमा विश्वासको वातावरण सिर्जना गर्ने राम्रो अवसर भएको बताए ।

उनले कतारसँगको सहकार्यमा नेपाली श्रमिकलाई प्रशिक्षित गर्ने प्रशिक्षण केन्द्र स्थापना गर्न सके दुई देशबीचको जनस्तरमा समेत सम्बन्ध बिस्तार हुने विश्वास व्यक्त गरे । उहाँले नेपाललाई महत्व दिएर कतारका अमिरबाट हुने भ्रमणका अवसरमा खुला हृदयले स्वागत गर्दै आथित्यता प्रदान गर्नुपर्ने सुझाव दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: