Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

इजराइली युद्ध क्याबिनेटद्वारा गाजाका बन्दीहरूलाई मुक्त गर्नेबारे छलफल

खबरडबली संवाददाता

एजेन्सी । इजराइली युद्ध क्याबिनेटको गाजामा रहेका बाँकी बन्धकहरूको रिहाइको प्रयासबारे छलफल गर्न आइतबार बैठक बसेको एक इजराइली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । 

चार सदस्यीय युद्ध क्याबिनेटमा प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, रक्षामन्त्री योव ग्यालेन्ट र नेसनल युनिटी पार्टीका अध्यक्ष बेनी गान्ट्ज रहेका छन् । यहुदीहरूको पर्व पासओभर मनाउने सन्दर्भमा इजराइली सरकारको प्रेस कार्यालयले आइतबार जारी गरेको भिडियोमा नेतान्याहूले भने, “आज पनि हाम्रा एक सय ३३ जना भाइबहिनीहरू बन्धकका रूपमा हमासको नरकमा कैद छन् ।”

उनले बन्धक सम्झौताको प्रस्तावलाई हमासले ‘पूर्णरूपमा’ अस्वीकार गरेको आरोप लगाए । साथै उनले इजराइलले चाँडै थप र पीडादायी प्रहार गर्ने घोषणा गर्दै हमासमाथि ‘सैन्य र राजनीतिक दबाब’ बढाउने बताए । 

हप्तौँदेखि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक सम्झौताबारे वार्तालाई सहज बनाउने प्रयास गरे पनि वार्ताबाट कुनै स्पष्ट सफलता हासिल भएको छैन । यसै महिनाको प्रारम्भमा हमासले युद्धविराम सम्झौताको पहिलो चरणस्वरूप ४० इजराइली बन्धकको पहिचान गर्न नसकेको सङ्केत दिएको इजराइली स्रोतलाई उद्धृत गर्दै सिएनएनले बताएको छ । 

वार्ताकारहरूले निर्धारण गरेको ढाँचाअनुरूप हमासले युद्धको पहिलो छ साताको युद्धविराममा सबै महिला, बिरामी तथा वृद्धवृद्धासहित ४० जनालाई मुक्त गर्नुपर्नेछ । बदलामा इजराइलले सयौँ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नु पर्नेछ ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजराइल र हमासबीच जारी द्वन्द्वका बीच इजराइल रक्षा बल (आइडिएफ) का चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल हर्जी हलेवीले आइतबार बेर्शेबामा दक्षिणी कमान्ड मुख्यालयमा युद्ध योजनालाई मञ्जुरी दिए । 

यसैबीच इजराइली सैनिकहरूले वेस्ट बैंकको नजिकैको नुर अल–साम्स शरणार्थी शिविरमा दुई दिने अपरेसन सम्पन्न गरेको आइडीएफलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र आधिकारिक समाचार एजेन्सी वाफालाई उद्धृत गर्दै इजराइली सेनाको अपरेसनमा एक बच्चासहित कम्तिमा १४ जनाको मृत्यु भएको बताइएको छ । 

आइडिएफका अनुसार सुरक्षा बलबाट बिहीबारदेखि सुरु गरेको आतङ्कवाद विरोधी अभियानका क्रममा १० जना आतङ्कवादी मारिनुका साथै आठ जना संदिग्ध पक्राउ परेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE