Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

इजराइली युद्ध क्याबिनेटद्वारा गाजाका बन्दीहरूलाई मुक्त गर्नेबारे छलफल

खबरडबली संवाददाता

एजेन्सी । इजराइली युद्ध क्याबिनेटको गाजामा रहेका बाँकी बन्धकहरूको रिहाइको प्रयासबारे छलफल गर्न आइतबार बैठक बसेको एक इजराइली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । 

चार सदस्यीय युद्ध क्याबिनेटमा प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, रक्षामन्त्री योव ग्यालेन्ट र नेसनल युनिटी पार्टीका अध्यक्ष बेनी गान्ट्ज रहेका छन् । यहुदीहरूको पर्व पासओभर मनाउने सन्दर्भमा इजराइली सरकारको प्रेस कार्यालयले आइतबार जारी गरेको भिडियोमा नेतान्याहूले भने, “आज पनि हाम्रा एक सय ३३ जना भाइबहिनीहरू बन्धकका रूपमा हमासको नरकमा कैद छन् ।”

उनले बन्धक सम्झौताको प्रस्तावलाई हमासले ‘पूर्णरूपमा’ अस्वीकार गरेको आरोप लगाए । साथै उनले इजराइलले चाँडै थप र पीडादायी प्रहार गर्ने घोषणा गर्दै हमासमाथि ‘सैन्य र राजनीतिक दबाब’ बढाउने बताए । 

हप्तौँदेखि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले युद्धविराम र बन्धक सम्झौताबारे वार्तालाई सहज बनाउने प्रयास गरे पनि वार्ताबाट कुनै स्पष्ट सफलता हासिल भएको छैन । यसै महिनाको प्रारम्भमा हमासले युद्धविराम सम्झौताको पहिलो चरणस्वरूप ४० इजराइली बन्धकको पहिचान गर्न नसकेको सङ्केत दिएको इजराइली स्रोतलाई उद्धृत गर्दै सिएनएनले बताएको छ । 

वार्ताकारहरूले निर्धारण गरेको ढाँचाअनुरूप हमासले युद्धको पहिलो छ साताको युद्धविराममा सबै महिला, बिरामी तथा वृद्धवृद्धासहित ४० जनालाई मुक्त गर्नुपर्नेछ । बदलामा इजराइलले सयौँ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नु पर्नेछ ।

टाइम्स अफ इजरायलको रिपोर्टअनुसार इजराइल र हमासबीच जारी द्वन्द्वका बीच इजराइल रक्षा बल (आइडिएफ) का चिफ अफ स्टाफ लेफ्टिनेन्ट जनरल हर्जी हलेवीले आइतबार बेर्शेबामा दक्षिणी कमान्ड मुख्यालयमा युद्ध योजनालाई मञ्जुरी दिए । 

यसैबीच इजराइली सैनिकहरूले वेस्ट बैंकको नजिकैको नुर अल–साम्स शरणार्थी शिविरमा दुई दिने अपरेसन सम्पन्न गरेको आइडीएफलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र आधिकारिक समाचार एजेन्सी वाफालाई उद्धृत गर्दै इजराइली सेनाको अपरेसनमा एक बच्चासहित कम्तिमा १४ जनाको मृत्यु भएको बताइएको छ । 

आइडिएफका अनुसार सुरक्षा बलबाट बिहीबारदेखि सुरु गरेको आतङ्कवाद विरोधी अभियानका क्रममा १० जना आतङ्कवादी मारिनुका साथै आठ जना संदिग्ध पक्राउ परेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending