Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बुद्धजयन्तीमा नेपालदेखि श्रीलंकासम्म आर्मीको ‘हार्टफुलनेस राइड’ सञ्चालन हुने

खबरडबली संवाददाता

काठमाडौँ ।  तीन देश श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्धजयन्तीको दिनबाट ‘हार्टफुलनेस राइड’ (त्रिपक्षीय बाइक एक्सपिडिसन) सञ्चालन हुने भएको छ ।  

बाइक राइड नेपालको लुम्बिनीबाट सुरु हुनेछ भने भारत हुँदै अधिकांश धार्मिकस्थल गोर्कपुर, कुसिनारा, सारनाथ, वैशाली, नालंदा, बुद्धगया, राजगिरि, कलकत्ता, काराकोरम, बालाशोर, रत्नागिरी, ओडिसा, उदयगिरी, विशाखापट्टनम, मछलीपट्टनम र चेन्नई सम्म पुग्नेछ। श्रीलंकाबाट जाफना, मिहिन्ताले, अनुराधापुरा, मटाले, क्यान्डी महियाङ्गना, एला, कटारागामा, मातारा, गाले केलनिया तर्फ र कोलम्बोमा समापन गर्ने कार्यक्रम रहेको छ ।

यस हार्टफुलनेस राइडमा तीन फोर्सको प्रतिनिधित्व गर्ने १५ राइडर्सले भाग लिनेछन् भने १०० युवा पुरुष र महिला श्रीलंका भ्रमणमा सहभागी हुनेछन् । नेपालको तर्फबाट यस कार्यक्रमको नेतृत्व स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटीज नेपालका सिईओ नवराज लम्सालले गर्नेछन् । उनको नेतृत्व र पहलमा लुम्बिनी देखि कोलम्बोसम्म शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्ने यस कार्यक्रम २२ मे देखि १५ जुन २०२४ अर्थात जेठ ९ गते बाट असार १ गतेसम्म सञ्चालन हुनेछ ।

श्रीलंका आर्मी, भारतीय आर्मी र नेपाल को ससस्त्र प्रहरी अफिसर को छरछ जना गरी ज्ञछ जना राईडरहरुले त्रिपक्षीय बाइक अभियानमा बुद्ध सर्किट मा शान्ति को कामना गर्दै मैत्रीपूर्ण यात्रा तय गर्नेछन्। 

नेपालको युवा तथा खेलकुद मन्त्रालय, पर्यटन मन्त्रालय र लुम्बिनी बिकास कोषको संयुक्त पहलमा बुद्धको जन्मस्थल लुम्बिनीबाट बुद्ध जयन्तीको दिन बिहानै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय झन्डा अओडाएर भव्य स्वागत गरेर बिदाई गर्ने कार्यक्रम रहेको छ ।

यो कार्यक्रमको नेपालका प्रमुख को कन्भिनर नबराज लम्सालले सबै पछ्यलाई समेटेर अघि बढ्न सकेकोले मात्रै ईतिहासमा यति ठूलो कार्यक्रम सम्पन्न हुन लागेको हो । बौद्ध पर्यटनको विकास गरेर लुम्बिनी संगै समग्र नेपालको बिकासमा यो कार्यक्रम कोशेढुङ्गो हुन् सक्ने लम्सालको बुझाइ रहेको छ ।

संयोजक लम्सालले सम्पूर्ण तयारी पुरा भएको र निकट भविष्यमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराऊने बताएका छन् । कार्यक्रम १५ जुन अर्थात असार १ गते श्रीलंकाको राष्ट्रपति ले सम्मान सहित बिषेश कार्यक्रम गरेर राईडरहरुलाई बिदाई समारोह गरी समापन गरिने छ । शान्ति, विकास, युवा मामिलालाई प्रोत्साहन र पर्यटन प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकको दावी छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending