Ntc summer Offer
Khabar Dabali २ असार २०८२ सोमबार | 16th June, 2025 Mon
Investment bank

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

खबरडबली संवाददाता

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । 

विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ । अन्य तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुमवासीका नाममा अतिक्रमण भएको क्याम्पसले जनाएको छ । 

विसं २०६३ मा क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धविन्द्र रावलले जानकारी दिए । उक्त जग्गामा अहिले करिब एक हजार पाँच सय घरपरिवारले टहरा बनाएर क्याम्पसको जमिन ओगटेको छ । “हामीले कृषि एजी कार्यक्रम सञ्चालन गरेका छाैँ, यसमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक गर्न हामीसँग ठाउँ छैन,” क्याम्पस प्रमुख रावलले भने, “विद्यार्थीहरुको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन नहुँदा समस्या भएको छ ।” 

उनले स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म पटकपटक अतिक्रमण हटाई दिन आग्रह गरे पनि अतिक्रमण हटाउन नसकेको बताए । अतिक्रमण हटाउनका लागि स्थानीय सरकार, प्रदेश सरकार र सर्वपक्षीय बैठकबाट विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको सहभागितामा पटक–पटक छलफल भए पनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति कर्ण थापाले विश्वविद्यालयको जग्गा अतिक्रमण हुँदा कृषि विज्ञान सङ्काय सञ्चालनमा कठिनाइ भएको जानकारी दिए । “विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा उपयोग गरी कृषिफार्महरु विस्तार गर्न सके हाम्रा विद्यार्थीहरुलाई सिक्ने र कमाउने माध्यम बन्ने थियो,” उपकुलपति थापाले भने, “विश्वविद्यालयको उक्त जग्गा अतिक्रमणमुक्त गरिदिन सम्बन्धित निकायहरुसँग आग्रह गर्दछु ।” 

उनले आइतबार दीक्षान्त समारोहमा प्रधानमन्त्री एंव विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत अतिक्रमणमा परेको उक्त जग्गा हटाउन पहल गरिदिन आग्रह गरे । विश्वविद्यालयको जमिन राजनीतिक पहुँचवालाहरुले कब्जा गरेर कमाई खाने भाँडो बनाएको स्थानीयको आरोप छ । 

विश्वविद्यालयले कानुनी बाटोबाट अतिक्रमित जमिन उपभोग गरी गुरुयोजनाअनुसार भौतिक संरचना बनाउनुपर्नेमा यहाँका सामाजिक अगुवाहरु बताउँछन् ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले उक्त जग्गामा वर्षौंदेखि बसोबास रहेकाले अतिक्रमण हटाउन समस्या भएको बताए । “त्यहाँ बसोबास गर्नेहरुले भूमि आयोगमा निवेदन दिएका छन्,” उनले भने, “जग्गा अतिक्रमण गर्नेहरुलाई राजनीतिक दलहरुले संरक्षण गरेका छन् ।” 

उनले सरकारले भूमिहीन सुकुम्वासीको अन्य ठाउँमा व्यवस्थापन गरेर उक्त जग्गा क्याम्पसको प्रयोगमा ल्याउनुपर्ने बताए । उनले यो समस्या समाधानका गर्न सबै राजनीतिक दलहरुले एकमत भएमात्रै सम्भव रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीयस्थल खोप्रालेक (खोपारा) मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । य...

व्यावसायिक सुन्तला खेतीमा जुट्दै भोजपुर पालुवाका किसान

भोजपुर । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्...

नागरिकलाई भरपर्दो यातायात सेवा उपलब्ध गराउनु पर्छ: देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताएका ...

एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७४ पुग्यो

काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै...

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड...

पर्सामा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता, ५ करोड बिगो दाबी

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि मुद्दा दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविर...

इरानी आक्रमणमा आठको मृत्यु,१३० भन्दा बढी घाइते

जेरुसेलम । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ । हवाई आक्रमणको साइरनले दे...

कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ...

सर्लाहीमा बाढीले कटान गरेपछि बाँध मर्मत

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार बिहान लखन्देही खोलामा पानीको बहाव बढेर बाँध कटान गरेको छ । पहाडी भेगमा बिहान भएको भारी वर्...

एक अर्ब ३७ करोड बिगोसहित नेपाल क्यान मुभ प्रालिविरुद्ध राजस्व चुहावट मुद्दा

काठमाडाैं । नेपालमा कार्गो तथा कुरियर व्यवसाय गर्ने नेपाल क्यान मुभ प्रालिविरुद्ध ठूलो राजस्व चुहावट मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending