काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्यालयको पाठ्यक्रममा भूकम्पका बारेमा जानकारी राखिनुपर्ने बताएको छन् ।
खानी तथा भूगर्भ विभाग र महिला पत्रकारको समूह सम्बाहिका समाज नेपालले गोरखा भूकम्पको सम्झनामा आज खानी विभाग लैनचौरमा आयोजना गरेको बृहत् फोटो प्रदर्शनीको शुभारम्भ गर्दै उहाँले भूकम्पका बारेमा सचेत र सजग बनाउनका लागि विद्यालयको पाठ्यक्रममा जानकारी राखिनुपर्ने बताएको हो ।
“भूकम्पले पु¥याएको क्षतिबारे व्यक्तिले बिर्सन सक्छ, तर राज्यले बिर्सन मिल्दैन, विद्यालयको पाठ्यक्रममा भूकम्पबारे जानकारी दिन सरकारकातर्फबाट मैले पहल गर्छु”, उनले भने। उनले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएकाले भूकम्पको विस्तृत अध्ययन गर्दै पूर्ण सावधानी अपनाउनु जरुरी रहेको उनको भनाइ थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतले विसं २०७२ को भूकम्पको स्मरण गराउनका लागि फोटो प्रदर्शन गरेर राम्रो कामको सुरुवात भएको बताउनुभयो । उनले नेपाल भूकम्पको अत्यन्त जोखिमयुक्त मुलुक भएकाले यहाँ बन्ने भौतिक संरचना निर्माणमा भूकम्पीय जोखिम कम हुने खालको बनाउनुपर्ने उल्लेख गरे। सचिव राउतले विसं २०७२ को भूकम्पले मानवीय, भौतिक र आर्थिक क्षति पुगेको स्मरण गरे।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भूकम्पका बारेमा आम जनतालाई जानकारी दिने उदेश्यले विभागले विभिन्न तहका पाठ्यक्रम निर्माण गरिरहेको उल्लेख गरे। उनले भूकम्पबाट हुने क्षति कम गर्नका लागि खानी विभागले ‘विल्डिङ कोर्ड’ निर्माण गरे पनि कतिपय स्थानीय तहले उक्त कोर्ड लागू नगर्दा समस्या भएको बताए।
विभागका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले नेपाल भूकम्पको अत्यन्त जोखिम क्षेत्र भएकाले यसबाट जोखिमका लागि पक्की संरचना निर्माण गर्नुपर्ने बताए ।
सम्बाहिका समाज नेपालका अध्यक्ष एवं सञ्चारकर्मी चाँदनी हमालले विसं २०७२ को भूकम्पको स्मरणका लागि फोटो प्रदर्शनी गरिएको बताए। उनले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सञ्चारमाध्यमले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरे।
विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर सात दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर देशभर नौ हजारभन्दा बढीको ज्यान गएको थियो भने २२ हजार व्यक्ति घाइते भएका थिए । उक्त भूकम्पका कारण आठ लाख भवन भत्किएका थिए ।
पछिल्लो समय विसं २०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प जाँदा एक सय ५६ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका ८० हजार घरमा क्षति पु¥याएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...
पौष १ गते, २०८२ - १५:०४
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा आज मतदान हुने भएको छ। मतदान नजिकिँदै जाँदा महाधिवेशनस्थलमा चुनावी माहोल थप त...




प्रतिकृया लेख्नुहोस्: