महोत्तरी । महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन् ।
अहिले पूर्वपश्चिम राजमार्गपर्ने जिल्लाको १८ किलोमिटर दूरीको दायाँबायाँ क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ । चैत दोस्रो साताअघिसम्म राजमार्गको दक्षिणतर्फ बढी देखिने डढेलो अहिले भने उत्तरतर्फको राष्ट्रिय वनक्षेत्रमा पनि फैलिएको स्थानीयले बताएका छन् ।
बर्दिबास नगरपालिका–१० खयरमाराका प्रेमध्वज लामाले सर्लाहीसँग जोडिएको बाँके नदीवारीको राष्ट्रिय वनक्षेत्रमा पछिल्ला तीन दिनयता बढेको डढेलोले नजिकका बस्तीसमेत जोखिममा बताए। पछिल्ला तीन दिनयता सागरनाथ वन विकास परियोजनाको बर्दिवास–८ हात्तीलेट प्लट र राष्ट्रिय वनक्षेत्रको बाँके जङ्गलमा डढेलो बढेको उहाँले जानकारी दिए।
“बस्ती नजिकैको वनमा डढेलो छ, जतिखेर पनि आगोको लप्काले भेटाउँछ कि भन्ने त्रास छ । त्यसैले केही दिनदेखि निदाउन पनि सकिएको छैन”, लामा भन्छन्, “राजमार्ग उत्तर र दक्षिण दुवैतर्फ गरी वनसँग जोडिएका २० भन्दाबढी बस्तीका बासिन्दा अहिले त्रासमा छौँ ।”
वन डढेलो बस्तीमा पस्नेमात्रै होइन नीलगाई, दुम्सी र हरिणसहितका वन्यजन्तु बस्तीमा पसेपछि दोहोरो त्रास बढेको बदिवास–१ की गृहिणी दीपा काफ्लेको भनाइ छ । “वन क्षेत्र नजिकका बस्तीमा बाँदरको आतङ्क बढेपछि खेतबारीको अन्नपात, घर र आँगनका थाङ्रामा राखिएका मकै तथा अन्य खानेकुरा जोगाउनै हैरान छ । अन्य वन्यजन्तुले पनि त्यस्तै दुःख दिएका छन्”, काफ्लेले गुनासो गरे ।
गौशाला नगरपालिका–८ बेलगाछीका सामाजिक अभियन्ता मीन रहपालले डढेलोले बर्सेनी बहुमूल्य काठमा नोक्सानी हुनुका साथै बस्तीमा समेत क्षति पु¥याउँदै आएकाले डढेलो नियन्त्रणका लागि ठोस् योजना निर्माण र जानीजानी डढेलो लगाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्नुहुन्छ ।
डिभिजन वन कार्यालय महोत्तरीका वन अधिकृत सन्तोष झाले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण र त्यसको जोखम बस्तीमा पर्न नदिन प्रयत्न गरिरहेका बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८१ - १६:५७
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता ९एआई०र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार क...
चैत्र १३ गते, २०८१ - १६:३१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेको छन। राष्ट्रिय युवा सङ्घ नेपालद्व...
चैत्र १३ गते, २०८१ - १५:५२
काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । इटहरीको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि सुरू भए...
चैत्र १३ गते, २०८१ - १५:३१
काठमाडौं । विपक्षीको निरन्तर अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका का...
चैत्र १३ गते, २०८१ - १५:०१
टीआरसी टुंग्याएलगत्तै ओलीले कुलमान हटाउने निर्णय गरेपछि फेरि मलाई स्वर्ग र नर्क सम्झायो
चैत्र १३ गते, २०८१ - १४:४७
काठमाडौं । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएको छन । जुद्ध वारु...
चैत्र १३ गते, २०८१ - १४:३८
रास्वपाका नेताहरूले फर्काए यस्तो जवाफ
चैत्र १३ गते, २०८१ - १४:२६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्याण्डको भ्रमण गर्ने भएको छन । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक ...
चैत्र १३ गते, २०८१ - १४:१९
काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । महिला र पुरुषहरुको ...
चैत्र १३ गते, २०८१ - १४:०१
काठमाडौं ।राष्ट्रिय सभामा पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागेको छन ।...
प्रतिकृया लेख्नुहोस्: