रौतहट । रौतहट स्थित सवारी दुर्घटनामा परेर १ वर्षको अवधिमा ४१ जनाको ज्यान गएको छ। ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार १ वर्षकाे अवधिमा ४१ जनामकाे मृत्यु भएकाे हाे ।
प्रहरीले जिल्लामा १ वर्षमा नियम विपरित चलेका झण्डै १७ हजार सवारी साधन लाई कारवाहीको दायरामा ल्याएर डेढ करोड बढी राजश्व संकलन गरेको जनाएकाे छ ।
अघिल्लो आर्थीक वर्षको तुलनामा जिल्लामा सवारी दुर्घटना संगै मृत्यु हुनेको सङ्ख्या कमी आएको ट्राफिक प्रहरीले जनाएको छ। गत साउन देखि यही बैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कार्वाही बाट कुल १ करोड ५६ लाख, ६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।
सोही अवधिमा जिल्लाको बिभिन्न स्थानमा भएको ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको इन्स्पेक्टर आचार्यले जानकारी दिएका छन।
अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा रौतहटमा १ बर्षको अवधीमा भएको ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २२ गते, २०८१ - ०८:१२
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताएकी छन्। राष्ट्र...
बैशाख २२ गते, २०८१ - ०८:०९
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ । न...
बैशाख २२ गते, २०८१ - ०८:०७
काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । शनिबार सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी बसोबास भए...
बैशाख २२ गते, २०८१ - ०८:०४
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट ...
बैशाख २२ गते, २०८१ - ०७:४८
काठमाडौं । शुक्रबार विश्वासको मत लिन तम्सिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी यत्तिकै रोकिनुपर्यो । केन्द्रीय सत्ता समीकरणअनुसार आफूला...
बैशाख २२ गते, २०८१ - ०७:४३
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि हुदै छ । जारी सिरिज वेस्...
बैशाख २२ गते, २०८१ - ०७:४२
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दि...
बैशाख २२ गते, २०८१ - ०६:४१
काठमाडौं । युवा सृजनशील समाजले बालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना कार्यक्रम थालेको छ । यस क्रममा समाजले शुक...
बैशाख २२ गते, २०८१ - ०६:३८
काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ...
बैशाख २२ गते, २०८१ - ०६:३२
काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरलेसम्मान गरे...
प्रतिकृया लेख्नुहोस्: