धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समायोजन गर्न थालेका छन् । पालिकाले गठन गरेको विद्यालय अनुगमन तथा सुपरीवेक्षण समितिले तयार पारेको प्रतिवेदनका आधारमा गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गर्ने क्रम अगाडि बढाएको हो ।
यसैक्रममा रोशी गाउँपालिकाभित्र सञ्चालित पाँच विद्यालय समायोजन गरिएको छ । विद्यालय अनुगमन तथा सुपरीवेक्षण समितिको प्रतिवेदनअनुसार गाउँ शिक्षा समिति र गाउँपालिकाले विद्यालय समायोजन गरी कार्यान्वयन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले बताए। उनका अनुसार वडा नं १ मा सञ्चालित ठेडाचौर प्राथमिक विद्यालय र चेतना माध्यमिक विद्यालय समायोजन भई ठेडाचौर चेतना माध्यमिक विद्यालय नामकरण गरेको छ ।
यस्तै वडा नं २ मा अवस्थित गणेश प्राथमिक विद्यालय र ग्रामस्थान प्राथमिक विद्यालय समायोजन भई ग्रामस्थान गणेश प्राथमिक विद्यालय, महाभारत प्राथमिक विद्यालय र भुसुने कालीदेवी प्राथमिक विद्यालय समायोजन भई भुसुने कालीदेवी महाभारत प्राथमिक विद्यालय नामकरण गरिएको छ ।
यसैगरी वडा नं ७ मा अवस्थित बुद्ध प्राथमिक विद्यालय र गौतमनाथ आधारभूत विद्यालय समायोजन भई गौतमबुद्ध आधारभूत विद्यालय र वडा नं ९ मा अवस्थित मङ्गलेश्वर प्राथमिक विद्यालय र विन्दावासिनी माध्यमिक विद्यालय समायोजन भई विन्दावासिनी मङ्गलेश्वर माध्यमिक विद्यालय भएको छ । त्यसरी गाभिएका विद्यालयमा भने बालविकास केन्द्र सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
रोशी गाउँपालिकाभित्र ६९ वटा सामुदायिक विद्यालय रहेकामा पाँचवटा समायोजन गरी ६४ वटा बनाइएको छ । गाउँ शिक्षा समितिको निर्णयलाई सङ्घीय सरकारको विद्यालय समायोजन आधार मापदण्ड समितिलाई मध्यनजर गरी कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको छ ।
रोशी गाउँपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा यहाँका आठवटा विद्यालयको तह घटाइएको छ । कक्षा १ देखि ५ सम्म सञ्चालित विद्यालयको तह घटाएर कक्षा १ देखि ३ सम्म अध्यापनको अनुमति दिइएको छ । जसमा वडा नं ४ मा अवस्थित थानापति प्रावि, वडा नं ७ मा अवस्थित जनज्योति प्रावि, खाँडादेवी प्रावि, वडा नं ८ मा रहेको खार्ता महादेवस्थान प्रावि, गायत्री प्रावि, देवीश्वरी प्रावि, वडा नं ९ मा रहेको भूमेस्थान प्रावि र वडा नं ११ मा अवस्थित सरस्वती प्राविको तह घटाइएको छ ।
विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। भौगोलिक अवस्था र विद्यार्थी सङ्ख्यालाई हेरेर केही विद्यालयलाई नजिकको विद्यालयसँग समायोजन गरेको र केही विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भए पनि भौगोलिक कारण सुधार गर्न अनुरोध गरेको छ ।
त्यसैगरी बनेपा नगरपालिका–४ मा रहेको सृष्टकान्त आधारभूत विद्यालय र चण्डेश्वरी माध्यमिक विद्यलायमा समायोजन गरी चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय नामकरण गरिएको छ । वडा शिक्षा समितिको निर्णयअनुसार उक्त विद्यालय समायोजन गरेको बनेपा नगरपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: