Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

खबरडबली संवाददाता

काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ३४ देशका जनसम्पर्क समितिका सभापतिले २०८१ वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा 'क' मा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।

कांग्रेसबाट इलाममा डम्बर बहादुर खड्का र बझाङमा अभिषेक बहादुर सिंह उम्मेदवार रहेका छन्। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वआमन्त्रिक केन्द्रीय सदस्य आनन्द विष्टले लोकतन्त्रको जग बलियो बनाउँदै जनअपेक्षा पुरा गर्नका लागि कांग्रेसको जित आवश्यक रहेको बताए।

पछिल्लो समय लोकतन्त्रलाई कमजोर पारेर धमिलो पानीमा माछा मार्न सक्रियहरूको संख्या बढ्दै गएकाले सबै जनता सचेत रहनु पर्ने उनले बताए। 'प्रवासमा रहेका नेपालीहरूले पनि समृद्धि, विकास र सुदृढ लोकतन्त्रका लागि उपनिर्वाचनमा घर परिवारलाई फोन गरेर रुख चुनाव चिन्हमै मतदान गर्न आग्रह गर्नुपर्छ,' उनले भने।

जनतालाई भ्रममा राखेर आफ्नो स्वार्थ केन्द्रित काम गर्न नयाँ राजनीतिक शक्तिहरू सक्रिय रहेकाले उनीहरूसँग पनि सावधान रहनुपर्ने विष्टको ठहर छ। एमाले र माओवादीलगायतका कम्युनिष्ट शक्तिहरू पनि स्वार्थकेन्द्रित राजनीतिमा रुमलिरहेको आरोप लगाए।

१. आनन्द विष्ट - सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२. बालकृष्ण पाण्डे – सभापति, नेपाली जनसम्पर्क समिति, भारत एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
३. सुरेशसिंह गुरुङ - सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया
४. अंकित ओली - सभापति, नेपाली जनसम्पर्क समिति,आयरल्याण्ड  
५. पदम सुन्दर गुरुङ - सभापति,नेपाली जनसम्पर्क समिति, बहराईन                  
६. सुभाष गुरूगं - सभापति, नेपाली जनसम्पर्क समिति, बेल्जियम
७. बुद्धिप्रकाश ओली - सभापति, नेपाली जनसम्पर्क समिति,क्यानडा
८. पुष्पा मिश्र - सभापति,नेपाली जनसम्पर्क समिति,साईप्रस        
९. यादव बस्नेत - सभापति, नेपाली जनसम्पर्क समिति, डेनमार्क 
१०. सुधीर कुमार राना -  सभापति, नेपाली जनसम्पर्क समिति,फ्रान्स                         ११. शिखर खड्का - सभापति,नेपाली जनसम्पर्क समिति,जर्मनी
१२. काजीकुमार गुरुङ - सभापति, नेपाली जनसम्पर्क समिति, हङकङ  
१३. दिपिका भुसाल - सभापति, नेपाली जनसम्पर्क समिति, ईजरायल 
१४. राजन चापागाईं - सभापति, नेपाली जनसम्पर्क समिति, ईटाली  
१५. रोशन केसी - सभापति,नेपाली जनसम्पर्क समिति, जापान  
१६. राजेन्द्र रसाईली - सभापति, नेपाली जनसम्पर्क समिति, कुवेत  
१७. कुमार पौडेल - सभापति, नेपाली जनसम्पर्क समिति, लक्जेम्बर्ग                         १८. निर्मला राना मगर - सभापति, नेपाली जनसम्पर्क समिति, मकाउ  
१९. चोलाकान्त पंगेनी - सभापति, नेपाली जनसम्पर्क समिति, मलेशिया                     २०. सालिक गौतम - सभापति,नेपाली जनसम्पर्क समिति, नेदरल्याण्ड
२१. बुद्धिसागर घिमिरे - सभापति,नेपाली जनसम्पर्क समिति, न्युजिल्याण्ड                   २२. जीतेन्द्र शाही - सभापति,नेपाली जनसम्पर्क समिति, नर्वे
२३. शालीकराम चापागाईँ - सभापति,नेपाली जनसम्पर्क समिति, ओमान                   २४. भिम परियार - सभापति, नेपाली जनसम्पर्क समिति,पोल्याण्ड  
२५. वकिल केसी - सभापति,नेपाली जनसम्पर्क समिति, पोर्चुगल                               २६. मोहम्मद अजिज अली - सभापति,नेपाली जनसम्पर्क समिति, कतार  
२७. भजिन्द्र क्षेत्रि - सभापति,नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया                     २८. सन्तोष श्रेष्ठ - सभापति,नेपाली जनसम्पर्क समिति,  स्पेन  
२९. नबिन थपलिया - सभापति,नेपाली जनसम्पर्क समिति,स्वीडेन                             ३०. भुवानी प्रसाद तिम्सिना - सभापति,नेपाली जनसम्पर्क समिति, युएई  
३१. युवराज गुरुङ - सभापति,नेपाली जनसम्पर्क समिति, बेलायत                             ३२. जीवन जंग कुवँर - सभापति,नेपाली जनसम्पर्क समिति,अष्ट्रिया                           ३३. सन्देश केसी - सभापति,नेपाली जनसम्पर्क समिति, माल्टा                                 ३४. अर्जुन थापा - सभापति, नेपाली जनसम्पर्क समिति, साउदी अरब

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending