काठमाडौं । नेपाल र चीनबीच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार र आयोजित एक समारोहबिच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा।रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे । उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेन्डामा काम गर्दै आएको छ ।
उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।
अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
सम्झौताअनुसार चीनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।
कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबिच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एक अर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमानदारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।
उनले राष्ट्रपति सी जिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाइमा पुर्याएको बताए । उनले ती दुवै उच्चस्तरीय भ्रमणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी भएकाहरूको कार्यान्वयनमा जोड दिए ।
चीनले पछिल्लो समय हासिल गरेको विकास लोभलाग्दो र प्रशंसनीय रहेको र नेपालमा पनि विकासको सोही गति समाउन चाहेको उनको भनाइ थियो । विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै उनले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...
आषाढ़ १९ गते, २०८३ - १५:१७
राजविराज। राजविराजस्थित कारागार कार्यालयमा ड्युटीका क्रममा एसएलआर राइफलबाट गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। बुधबार राति राजविराज नगरपालिका...
आषाढ़ १९ गते, २०८३ - १४:५७
राजविराज । राजविराज नगरका पाँच हजारभन्दा बढी मूलनिवासी परिवार लालपुर्जाविहीन अवस्थामा छन । पुस्तौँदेखि भोगचलन गर्दै आएको विटौरी जग्गाको जग्गाधनी प्...
आषाढ़ १९ गते, २०८३ - १४:४२
काठमाडौं । प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटसम्म सञ्चालन भए पनि प्रत्...
आषाढ़ १९ गते, २०८३ - १४:३१
जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका मह...
आषाढ़ १९ गते, २०८३ - १४:१९
काठमाडौं । संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता तथा नेपा...
आषाढ़ १९ गते, २०८३ - १३:५६
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरे...



प्रतिकृया लेख्नुहोस्: