काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेको हो ।
जापानीज कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा कोमात्सुको एक सय ४७ हर्सपावर क्षमताको आफ्नै इञ्जिन रहेको छ । कोमात्सुका स्काभेटर चार र छ सिलिण्डर दुवैमा उपलब्ध छन् । यो स्काभेटरले अन्य स्काभेटरको तुलनमा कम इन्धन खपत गर्छ ।
यसको अघिल्लो संस्करण भन्दा यो संस्करणको मूल्य रु १० लाख कम रहेको नेपालका लागि कोमात्सु स्काभेटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका प्रबन्धक प्रदीप बरालले जानकारी दिए। हाइड्रो एक्स्पोमा सार्वजनिक गरिएको स्काभेटर एक्स्पो अवधिमै तीन वटा बुकिङ भइसकेको पनि बरालले बताए ।
उनका अनुसार यसमा कोमट्याक्स जडान गरिएको र यो प्रविधिलाई सजिलैसँग मोबाइलमा लिङ्कअप गरेर घरमै बसीबसी सबै गतिविधिको अनुगमन गर्न सकिन्छ । यो स्काभेटरको मेन्टिनेन्स खर्चसमेत निकै कम रहेको कम्पनीले बताएको छ । यो स्काभेटर जनरल कन्स्ट्रक्सन र हाइड्रोपावर निर्माणमा निकै उपयोगी हुने प्रबन्धक बरालको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: