काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाएको रूसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । गत मे ७ मा पाँचौं कार्यकाल सुरू भएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हुनेछ ।
पुटिनले रूसी युनियन अफ इन्डस्ट्रियलिस्ट एन्ड इन्टरप्रेन्योर कंग्रेसको सम्बोधनमा आफ्नो मे महिनामा चीनको भ्रमण तय भएको उल्लेख गरे । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ आइपुगेको केही समयपछि पुटिनको यस्तो घोषणा आएको हो ।
चिनियाँ राष्टङपति सी जिनपिङले यसै महिनाको सुरूमा बेइजिङमा रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गरेका थिए । उक्त समयमा लाभरोभ र सीबीच छ वर्षमा पहिलो पटक प्रत्यक्ष छलफल भएको थियो ।
लाभरोभ र सीबीच सन् २०१८ मा पुटिन पुनः निर्वाचित भएपछि चीनको उद्घाटन भ्रमणभन्दा ठिकअघि भेट भएको थियो । त्यसबेलादेखि चीन र रूसले विशेषगरी युक्रेनमा पुटिनको युद्धपछि आफ्नो आर्थिक, व्यापार र कूटनीतिक सहकार्यलाई तीव्र बनाएका छन् ।
युक्रेन युद्धमा आफ्नो तटस्थता दावी गरे पनि चीन रूसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा देखापरेको छ र उसले रूसको एक्लिएको अर्थतन्त्रलाई महत्त्वपूर्ण समर्थन प्रदान गरेको छ ।
दुई राष्ट्रले पश्चिमी नियन्त्रण प्रयासहरूको विरूद्ध कूटनीतिक गठबन्धन पनि गरेका छन् । अन्य देशहरूले रूसी आयातमा प्रतिबन्ध लगाएपछि बेइजिङले निरन्तर रूसी तेल आयात गरिरहेको छ ।
पुटिनको पछिल्लो बेइजिङ भ्रमण सन् २०२३ अक्टोबरमा बेल्ट एन्ड रोड फोरमको समयमा भएको थियो । त्यस्तै सीले सन् २०२३ मार्चमा मस्कोको भ्रमण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - ०८:५१
कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...
जेष्ठ २७ गते, २०८३ - ०८:४५
बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...
जेष्ठ २७ गते, २०८३ - ०८:३६
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...
जेष्ठ २७ गते, २०८३ - ०८:३१
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...
जेष्ठ २७ गते, २०८३ - ०८:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...
जेष्ठ २७ गते, २०८३ - ०८:२०
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...
जेष्ठ २७ गते, २०८३ - ०८:११
काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहबीच सहमतिको प्रयासस्वरूप सात बुँदे प्रस्ताव आदानप्रदान भएको चर्चा चलिरहेका बेला डा. शेखर कोइराला पक...
जेष्ठ २७ गते, २०८३ - ०८:०५
काठमाडौं । संसद्मा जारी राजनीतिक टकरावले आगामी आर्थिक वर्षको बजेटमाथिको बहस नै ठप्प बनेको छ। झण्डै दुई सातादेखि प्रतिनिधिसभा लगातार अवरुद्ध हुँदा सरका...
जेष्ठ २७ गते, २०८३ - ०८:०४
काठमाडाैं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छल...
जेष्ठ २७ गते, २०८३ - ०८:०१
झापा । सादा पोसाकमा आफूलाई प्रहरी कर्मचारी भनेर चिनाउँदै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने दुई जनालाई झापा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। ...



प्रतिकृया लेख्नुहोस्: