Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बालबालिकाको पोषणलाई प्राथमिकतामा राख्न आग्रह

खबरडबली संवाददाता

ललितपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले बालबालिकाको पोषण कार्यक्रममा सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिएकी छिन् । 

आज यहाँ आयोजित पोषणसम्बन्धी एक कार्यशालामा उनले बालबालिकामा पोषणको धेरै ठूलो महत्व रहेको र स्वस्थ बालबालिका नै मुलुकको भविष्य भएकाले पोषणका कार्यक्रमहरुमा प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएकी हुन् । डा राणाले आगामी बजेटमा पनि पोषणलाई प्राथमिकतामा राखेर बजेट बढाउनुपर्ने माग गरिन । 

उनले भनिन्, “पोषण सबैका लागि महत्वपूर्ण छ अझ बालबालिकामा यसको झन ठूलो महत्व छ । जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणमा ध्यान दिएनौँ भने हाम्रो देशका नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उनीहरुको स्वास्थ्यमा यसले निकै असर गर्न सक्छ । उनीहरुको भविष्य कस्तो हुन्छ  भन्ने कुरा पनि पोषणका कारण हुनसक्छ । त्यसैले राज्यले नै यस विषयमा गम्भीर भएर सोच्नुपर्छ । 

उनले पोषणजस्तो महत्वपूर्ण एवं बालबालिकाको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयलाई राज्यले प्राथमिकतामा पार्नका निम्ति स्थानीय तहदेखि नै नीतिगत व्यवस्था र पहल हुनु जरुरी रहेको बताउँदै यस विषयमा सरकारको विशेष रणनीति हुनुपर्नेमा जोड दिइन् । 

रणनीति तथा नीति नै बनेपछि पनि कार्यान्वयन इमान्दारिताका साथ हुनुपर्नेमा सभापति डा राणाको जोड थियो । अहिले विभिन्न रणनीति रहेको भए पनि त्यसको कार्यान्वयनमा इमान्दारिता र प्रभावकारिता नरहेको उनले बताइन् । उनले भनिन्, “म अहिले कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु । कृषि पोषणसँग पनि सम्बन्धित रहेकाले यी दुवै क्षेत्रमा नेपाल सरकारले हेर्नुपर्यो, आवश्यकताअनुरुप नै बजेट हुनुपर्‍यो ।”

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण महिला विकास र एकता केन्द्रद्वारा आयोजित पोषणमैत्री स्थानीय शासन अभियानसम्बन्धी सो राष्ट्रिय परामर्श कार्यशालामा वर्ल्ड भिजन इन्टरनेशनल नेपालकी राष्ट्रिय कार्यकारी निर्देशक रोजिलिन गावरिलले पोषणमैत्री स्थानीय शासनको उद्देश्य, कार्यक्रमको पृष्ठभूमिका बारेमा जानकारी गराइन् । उनले हाल यो कार्यक्रम छ वटा प्रदेशका १६ जिल्लाका ५० पालिकाभित्रका दुई सय ७५ वटा वडामा लागू भइरहेको जानकारी गराइन् । 

ग्रामीण महिला विकास तथा एकता केन्द्रका राष्ट्रिय निर्देशक डा कृष्णकुमार श्रेष्ठले मानिसको सामाजिक व्यवहार परिवर्तन नगरी पोषणमा सुधार ल्याउन नसकिने धारणा राखे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: