Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल

खबरडबली संवाददाता

काठमाडौं । शनिबार सम्पन्न हुने इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रिक्त प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा रिक्त रहेको प्रदेश सभा सदस्य उपनिर्वाचन, २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ ।

उक्त दिन बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई अमूल्य मतको सदुपयोग गरी मतको महत्वलाई बुझेर आफूले छानेको उम्मेदवारको चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदाताहरुमा निर्वाचन आयोगले हार्दिक अपिल गरेको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको जनाएको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको आयोगले जानकारी दिएको छ । 

मतदानका दिन निर्वाचनको स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात संचालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत आयोगले दिइसकेको छ ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाइ मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हुलहुज्जत वा असामान्य परिस्थिति  सिर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरी मतदान कार्यलाई निर्वाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिई सकिएको छ । 

निर्वाचन आयोग, निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन दृढ संकल्पित छ । यस उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछ । 

उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चारमाध्यम लगायत सबै सरोकारवालाहरूको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकी प्रदेशसभामा सभामुखबाट भएको कार्यप्रति कांग्रेसद्वारा असहमति

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा गतिबिधिप्रति असहमति जनाएको छ ।  कांग्रेसले आज...

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी । ५० केजी गाँजासहित महोत्तरी प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेट ४३ एवी ५६६  नम्बरको सेतो रङ्गको कारको पछ...

कपिलवस्तुमा घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।   जग्गा नामसारी गर्न सहजीकर...

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो: श्रम मन्त्रालय

काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले आज विज्...

डोटीमा आगलागीबाट एक घरमा सात लाखको क्षति

डोटी । डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ । आदर्श गाउँपालिका–३ भकुण्डाका तुलाराम भट्टको घरमा आगलागी भएको हो ।  २ तले ४ कोठे ढ...

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न ...

बागमती प्रदेशसभाका विषयगत समितिहरु सभापति विहीन

बागमती । बागमती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्व विहीन छन् । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको का...

करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने बताएका छन् ।  लोकान्तर डट कमको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयो...

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश

एजेन्सी । रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी...

अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

रुपन्देही । रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहनगरपालिका-९ को कालिकानगरमा घर भाडामा लि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies