Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

इलाम र बझाङको उपनिर्वाचनको मतदान आज

खबरडबली संवाददाता

काठमाडौँ । इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको आज मतदान हुदै छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।  

इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् । 

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । 
यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदानमा सहभागिता जनाउदै छन् ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

त्यस्तै बझाङको प्रदेश सभामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, राप्रपाबाट किशोर खड्का, जनमत पार्टीबाट शुशिला देवी विष्ट, जसपाबाट राम्बहगुर जाग्री, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र बहादुर शाही, नेपाली जनता दलबाट अशोक सुनार, नेशनल रिपब्लिक नेपालबाट कमल घर्तिमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट दिपक बहादुर खड्का चुनावी मैदानमा रहेका छन् ।

बझाङको प्रदेश सभा उपनिर्वाचनमा ६१ हजार ७४८ मतदाताले मतदानमा भाग लिदै छन् । उपनिर्वाचनमा बझाङमा ७४ मतदान केन्द्र र ९३ मतदान स्थल रहेका छन् । 

सुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि बझाङ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने लागेको हो ।

उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंबेदनशील

इलाम-२ र बझाङ प्रदेशसभा (क) मा हुने  उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन गरिने भएको छ ।

प्रहरी प्रधान कार्यालयले उपनिर्वाचनको सुरक्षाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै उपनिर्वाचनका लागि इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (क) मा दुई हजार ३८७ प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिएको छ । 

निर्वाचनलाई सफल बनाउनका लागि प्रहरीले इलामका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा एक हजार  ३६३ प्रहरी परिचालन गरेको छ भने बझाङ प्रदेशसभा (क) को ७४ मतदानस्थलको ९३ मतदान केन्द्रमा एक हजार २४ प्रहरी  परिचालन गरेको छ । 

प्रहरीले इलाम र बझाङमा गरि ५९ अतिसंबेदनशील मतदान केन्द्रको रुपमा छुट्ट्याएको छ । इलाममा ३७ केन्द्रलाई अतिसंवेदनशील, ४१ केन्द्रलाई संवेदनशील र ७१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा लिएको छ । भने प्रहरीले अतिसंवेदनशीलमा १२ देखि १७, संवेदनशीलमा नौदेखि १४ र सामान्यमा आठदेखि १३ प्रहरी खटिएको जनाएको छ । त्यस्तै बझाङमा ३२ केन्द्रलाई अतिसंवेदनशील, ३० केन्द्रलाई संवेदनशील र ३१ केन्द्रलाई सामान्य प्रकृतिको रुपमा रहेको जनाइएको छ ।  
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छः राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । काठमाडौँमा आज न...

ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध...

सहकारीले संकलित पुँजीलाई उचित परिचालन गरेनन्ः रजिष्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रिय ...

झपा र मोरङका २४ वटा सहकारीबाट लाखाैं चोरी

गिरोह पक्राउपछि चोरी रोकियो

काेशी खेलकुद बोर्डका सदस्य सचिब बस्नेतलाई बर्खास्त गर्ने मुख्यमन्त्रीको तयारी

विराटनगर । अदालतको आदेशबाट पुनर्बहाली भएका खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवमा कृष्ण बस्नेत (पर्शुराम)लाई प्रदेश सरकारले हटाउने तयारी गरेको छ । ...

मौरीपालनतर्फ किसानको आकर्षण बढ्दो

बागलुङ ।  कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन् । उच्च पहाडी इलाकामा मौरीपाल...

संवैधानिक परिषद्को निर्णय सर्वसम्मति हुनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरू सर्वसम्मतिले गर्नुपर्नेमा आफू अडिग रहेको बताएका छन् । ...

एयर इण्डियाका कर्मचारीहरूले अचानक बिदा लिएपछि...

काठमाडौं । एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले सँगै बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । समाचार एजेन्सी ...

जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्यः अध्यक्ष ओली

कपिलवस्तु ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराईमधेशका जनतालाई स्वास्थ्यलयागतका सेवादिन सडकसञ्जालको विकास अपरिहार्य रहेको...

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु

मुगु ।  रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies