Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

आधुनिक घट्टले फेरिदिएको नागरिकको दैनिकी

फाइल फाेटाेः डडेल्धुराको अमरगढी नगरपालिका- ३ चिरकिट्टे महाभारत क्षेत्रमा सञ्चालित पानी घट्ट
खबरडबली संवाददाता

मुगु  । वरिपरि डाँडाकाँडा, डाडाँकाँडाको खोँचमा छङ्छङ् बग्ने खोला । त्यही खोलाको किनारमा  न्याउली र कोइलीको आवाजले वन नै गुन्जायमान भएको छ । त्यो शान्त वातावरणको बिचमा एउटा सानो चिटिक्क परेको पानी घट्ट छ । वरिपरि माटोले छाएको घरको पर्खाल, सेतो जस्तापाताले टलक्क टल्लेको घर । यो दृश्य हो– मुगुको  सोरु गाउँपालिका वडा नं ८ आँसिधारा मा अवस्थित पानीघट्टको । फुलि , सुम्लि र आँसिधारा बासीका लागि घट्ट पिस्ने केन्द्र बनेको छ । आधुनिक घट्ट निर्माण भएपछि तीन गाउँका नागरिकको हर्ष छाएको छ । वरिपरिको सुन्दर वातावरण, स्वच्छ हावापानीका कारण घट्टमा अन्न पिस्न आउनेको भिड लाग्ने गरेको छ ।

बिशेष गरेर आँसिधारा गाउँका नागरिकहरु बिगतका दिनहरुमा दुईदेखि तीन घण्टा, कहिले त एक दिनको यात्रा गरेर घट्ट पिस्नु जानुपर्ने बाध्यता थियो भने कहिले त पालो कुरेर उतै बास बस्नु पर्ने अवस्था थियो । आँसिधारा , फुलि , सुम्लि बासिका  अहिले घण्टौँ हिँडेर अन्न पिस्नु जानुपर्ने बाध्यता हटेको छ । ‘यहाँ घट्ट नहुँदा तीन घण्टा पैदल हिँडेर अन्त जानुपर्ने बाध्यता हटेको सोरु गाउँपालिका ८ आँसिधारा गाउँका जुवाँलाल खड्काले बताए । , पहिले तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थेँ,’ उनले भने ्, ‘तीन घण्टाको बाटो हिँडेर घट्ट पुगे पनि पालो पाइँदैन थियो। दुईदेखि चार दिन घट्ट कुरेर घट्ट पिसेर घर फर्किन्थे। बिहानको झिसमिसेमै टर्च बालेर मकै गहुँ पिस्न घट्ट पुग्ने आफ्ना दिन अहिले फेरिएका छन् ।

तीन चार घण्टाको बाटो हिँडेर गए पनि पालो नपाउने समस्या थियो । घट्टमा घट्टेराहरुको भिड हुन्थ्यो । घट्ट पुग्ने बित्तिकै गहुँ कोदा अन्नबालिका बोराले घट्ट भरिभराउ हुन्थे । अगाडि पालो नपाउने कुराले मन खिन्न बनाउँदै बस्नुपरेको दिन ताजै रहेको अहिले उनी सम्झिन्छन् । जुवाँलाल जस्तै यहाँका २ सय जनसख्याको समस्या उस्तै थिए। तर अहिले दिन फेरिएका छन्।

पहिले तीन चार घण्टा हिँड्ने बाटोमा अहिले आधा एक घण्टामै घट्ट पिस्न सकिन्छ । घट्ट बनेपछि उनीसँगै माथि उल्लेखित गाउँका नागरिकका दुःख टरेको छ । १ लाख ५० हजार लागतमा  निर्माण सम्पन्न भएको घट्ट तीन सय बढि नागरिक लाभान्वित भएका छन् । जिल्लाको एक गैर सरकारी संस्था युएम एन मुगु कलष्टरको आर्थिक सहयोग र ग्रामिण सामुदायिक संस्था जिएसएस मुगुको आयोजनामा आँसिधारा गाउँमा आधुनिक पानी घट्ट निर्माण गरि दिए पछि अहिले यहाँका नागरिकहरु हर्षित भएका छन् । यसले गर्दा नागरिकको आवश्यकता लाई परिपुर्ति भएको ग्रामिण सामुदायिक संस्था जिएसएस मुगुका परियोजना संयोजक रुप बहादुर मल्लले बताए । 

नर्सरी तरकारी खेतिमा अब्बल 

चुलो चौकोमा सिमित हुने महिलाहरु पछिल्लो समय तरकारी नर्सरी खेतिमा आर्कषित भएका छन् ।  मौषमि तथा बेमौसमि समयमा उत्पादन हुने तरकारीहरु उत्पादन र नर्सरी गरेर कागति लगायत विभिन्न प्रकारका विरुवाहरु उत्पादन गरि रहेका छन् । यसले गर्दा उनीहरुको आर्य आर्जन र जिविकोपार्जनमा टेवा पुगेको स्थानीयले बताएका छन् । 

बिगतका दिनहरुमा तरकारी खेति के कसरी उत्पादन खेति गर्ने हामि लाई प्राविधिक ज्ञान केही पाएका थिएनौ अहिले युएमएन र जिएसएस मुगुले विभिन्न प्रकारका सल्लाह सुझाव दिदै हामिले तरकारी ,नर्सरी खेति गरेको सोरु गाउँपालिका वडा नं ६ जिमाका स्थानीय डवल लावडले बताए ।  
तरकारी खेति गरेर नागरिकले उपभोग मात्र गरेका छैनन , बजारीकरणमा सहजै पहुँच पुगि आम्दानि गरि घर खर्च पनि चलाई रहेका छन् । उनीहरुले आफ्नो बारीमा हरियो सागपात , काउली धनिया , प्याज , टमाटर लगायत तरकारी उत्पादन गरि मासिक रुपमा १० हजार सम्म आम्दानि गरि रहेको सोरु गाउँपालिका वडा नं ६ कि मायालक्ष्मि कामिले बताईन । 

साथै यस संस्थाले जिविकोपार्जन मात्र नभई सहजै सडक बाटो लाई नजर दिएको छ ।  आवतजावतमा समस्या भएको सोरु गाउपालिका वडा नं ८ रुम गाउँ जाने गोरेटो बाटो निर्माण गरिदिए पछि पशुचौपाय नागरिक लाई हिडुलमा सहज भएको युएमएन मुगु कलष्टरका परियोजना अधिकृत निशा अधिकारीले बताईन । उनका अनुसार मुगु विपद पुर्नलाभ सहयोग परियोजना अन्तर्गत यि कार्यक्रमहरु सञ्चालन भएको अधिकृत अधिकारीले बताईन । 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानमा पनि बुद्ध जयन्ती

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा...

हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शनिबार प्रहरीले वडा सदस्य रोक...

अमेरिकी डलरको भाउ १५२ रुपैयाँ पुग्दा अन्यकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । विश्वभर प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ ...

साेेमबारसम्म देशभर वर्षा, चट्याङ र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले २१ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जनाएको छ। विभ...

अध्यादेश मार्फत १ सय १० कानून परिमार्जन हुँदा यी निकायमा पदाधिकारी पदमुक्त हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...

धरानमा सुकुम्बासीको प्रदर्शन: विकल्पबिनाको हटाउने अभियान अस्वीकार्य

‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राईले गरे पार्टी परित्यागको घोषणा

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending