Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानुनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेको विषयतर्फ ध्यानआकृष्ट भएको जनाएको छ । 

कांग्रेस संसदीय दलको कार्यालयले आज विज्ञपतिमार्फत सङ्घीय संसद्को गत अधिवेशनमा कानुन निर्माण गर्ने पर्याप्त समय र अवसर हुँदाहुँदै पनि सरकारले सहकारी पीडितलगायत समस्या समाधान गर्नुको साटो अप्रत्यासित र असमयमा सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेको टिप्पणी गरेको छ ।

प्रमुख विपक्षी दल कांग्रेससमेत सबै विपक्षी दलहरुले सहकारी संस्थामा लाखौँ नागरिकले जम्मा गरेको अबौँ रकम अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा छानबिन गर्न तथा सहकारी पीडितका समस्या सम्बोधन गर्न संसदीय छानबिन समिति माग गरेकामा उक्त विषयलाई नजरअन्दाज गरेको कांग्रेसको आरोप छ । 

“सरकारले संसद्को अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा अध्यादेश जारी गर्न सक्ने संविधानको व्यवस्थाको अपव्याख्या गरी संसद्को गत अधिवेशनभन्दा पनि महिनौँ अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा अध्यादेश जारी गरेको छ”, विज्ञप्तिमा उल्लेख छ । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारको यो कामले प्रचलित संविधानको अपव्याख्या हुनुका साथै संसदीय व्यवस्था र लोकतन्त्रको मर्म विपरीत भएको टिप्पणी गरे । संविधानको अपव्याख्या गर्दै अध्यादेश ल्याउने कार्य गरी संसद्लाई कमजोर नगर्न कांग्रेसले सरकारलाई सचेत गराएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अक्षय तृर्तीया मेलाको तयारी पूरा, डोलेश्वरमा चारवटै ढोका खोलिने

भक्तपुर । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शुक्रबार अक्षय तृर्तीयामा लाग्ने मेलाको तयारी पूरा भएको छ ।  केदारनाथको शि...

मन्त्रिपरिषद् बैठक: प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा

काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र  भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने भएको छ ।  ...

सर्वाेच्चद्वारा पूर्वन्यायाधीश सिजापतिको निधानप्रति दुःख व्यक्त

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले  सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिजङ्ग सिजापतिको निधनप्रति दुःख व्यक्त गरेको छ ।  प्रधानन्यायाधीश विश्वम...

बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक नियन्त्रणमा

वीरगन्ज । बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बैशाख २७ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट नियन्त्रणमा लि...

भारतमा नेपाली युवकको शव फेला

डडेल्धुरा । डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेशनमा मृत फेला परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर विक भारतको अहम...

जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा तयार

काठमाडौं । सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण विपद्का घटना बृद्धि भएको  जनाउँदै यस क्षेत्रमा लगानी बढाउन माग गरेका छन् ।  आज काठमाडौंमा आयोजित ...

झापामा ६५ वर्षमाथिका सबै पत्रकारलाई औषधोपचार खर्च

झापा । झापामा ६५ वर्ष उमेर पारगरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधि उपचार खर्च प्रदान गर्न थालिएको छ । पत्रकार महासङ्घ झापा शाखाले यसै वर्षदेखि सामाज...

परिणाम देखिने गरी काम गर्न मन्त्रीचौधरीको निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।  आज मन्त्रालयमा आय...

पल शाह भन्छन्:‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

काठमाडौं । फिल्म ‘पुजार सार्की’ आगामी जेठ १० गतेदेखि  प्रदर्शनमा आउँदैछ । फिल्मको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह छन् । ...

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies