रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार खुला गरेका छन् ।
सिडियो हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आईतवार बिहान बसेको सर्वपक्षिय बैठकमा भएको सहमती पछि पूर्वाधार विकास कार्यालयको ताला खुला गरिएको थियो ।
नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल कुमार यादव जितेन्द्र अगुवाईमा गएका कांग्रेसका नेता कार्यकर्ताहरुले पूर्वाधार कार्यालयको ताला खोलेका थिए।
उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, सिडियो रेग्मी, नेपाल प्रहरीका एस्पी दिलीप रेग्मी, सशस्त्रका एसपी बिक्रम हुमागाईं, राष्ट्रीय अनुसन्धानका एस्पी अभिनय कुमार सिंहका साथै बिभिन्न राजनितिक दलका नेताहरुको उपस्थिति रहेको थियो।
जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहान बसेको सर्वपक्षिय बैठकले एमाले केन्द्रीय सदस्य गुप्ता, कांग्रेस जिल्ला सभातपी जितेन्द्र र पूर्वाधार कार्यालयका प्रमुख बिनोद कुमार ठाकुर सहित तीन सदस्यीय समिती गठन गरेको छ।
उक्त समिती मधेश प्रदेश सरकारका बर्तमान भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादव संग बार्ता गरी सहमती अनुसार विकास बजेट सञ्चालन गर्ने निर्णय भएको बैठकमा सहभागी पूर्वाधार कार्यालयका लेखा अधिकृत सुदिप गौतमले जानकारी दिएका छन।
यस अघि योजनाकै लागी प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेता कार्यकर्ताहरुले पूर्वाधार कार्यालयमा गत बुधबार भ्रष्टाचारको आरोप लगाउँदै तालाबन्दी गरेका थिए।
तालाबन्दीको भोलिपल्ट गत बिहिबार जिल्ला समन्वय समिति सभापती राम अयोध्या यादव लाई ज्ञापनपत्र बुझाउँदै सभापती जितेन्द्रले पूर्वाधार विकास कार्यालयको बेथिति अन्त्य गर्न आग्रह गर्दै आर्थिक बर्ष २०८०÷०८१ मा रातो कितावमा रहेका मधेश प्रदेश सरकार मार्फत यस जिल्लामा परेको योजनाहरु पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको योजनाको पत्र दिनु अघि कमिशन लिई रहेको आरोप लगाएका थिए।
उता भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख बिनोद कुमार ठाकुरले कांग्रेसले लगाएको सम्पूर्ण आरोपको खण्डन गरेका थिए ।उनले कसैको काम गरेको बापत एक टुक्रा सुपारी खाएको भएपनि पुष्टि गर्न कांग्रेस पक्षलाई चुनौती दिएका छन्। अब मात्र मेरो जागिर डेढ महिना बाँकी छ यदी मेरै कारण कांग्रेसका नेता कार्यकर्तालाई कठिनाई भएको छ भने म अहिले राजीनामा दिन तयार छु प्रमुख ठाकुरले बताएका थिए।
यस अघि कृष्ण यादव भौतिक पूर्वाधार मन्त्री हुँदा रौतहटको लागी विनियोजन गरेको सम्पूर्ण योजना उहाँहरुकै निर्देशन अनुसार बितरण भएको थियो।
भौतिक पूर्वाधार मंत्रालय मातहत पछि डिवीजन सडक कार्यालय मर्ज गर्दा सोही कार्यालय संग सम्बन्धित २० करोडको योजना बाँकी रहेको छ। कांग्रेस जिल्ला सभापति सुनिल कुमार यादव जितेन्द्र लगायत नेता कार्यकर्ता ती सबै योजना हाम्रो पालामा आएको हो, हामीले भने अनुसारको हुनुपर्ने भन्दा नमानेकै कारण आफूमाथि झुठा आरोप लगाएको प्रमुख ठाकुरले प्रतिक्रिया दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: