Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

दिल्लीमा बसेर नेपालबाट मानव तस्करी गर्ने तीनजना पक्राउ

अमेरिका लैजाने प्रलोभनमा करोडौं असुल्दै अफ्रिकामा बन्धक

खबरडबली संवाददाता

काठमाडौं। नेपालबाट दिल्ली हुँदै केन्या-युगाण्डासम्म मानव तस्करी गर्ने र्‍याकेट फेला परेको छ। काठमाडौबाट वेरोजगार युवाहरुलाई विभिन्न प्रलोभनमा पारेर अमेरिका पठाउने भन्दै दिल्ली पुर्‍याउने र दिल्लीमै बसेर वैदेशिक रोजगारको नाममा दक्षिण अफ्रिकी द्वन्दग्रस्त मुलुकहरु केन्या युगण्डा लैजाने र्‍याकेट फेला परेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दिल्ली प्रहरीको सहयोगमा केही दिन अघि यस्तो र्‍याकेट सञ्चालन गर्ने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। सो गिरोहले अमेरिका पठाउने भन्दै केन्या र युगाण्डामा लगेर बन्ध बनाउने गरेको खुलेको हाे ।

यो गिरोहले अमेरिका लैजाँदा नेपालको बाटो हुँदै दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर ६ महिनादेखि ९ महिनासम्म रकम र राहदानी लिई नेपालीलाई अलपत्र पार्दै आएका थिए।

केन्या र युगान्डामा सम्बन्धित देशको नागरिक समेतलाई एजेन्ट राखेर काम गर्दै आएको गिरोहले अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ।

यसरी गिरोह सञ्चालनका गरेको आरोपमा पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बाका जगतबहादुर तामाङ, तनहुँ ऋषिङका जंगबहादुर बिक (बराल) र सोही ठाउँका विष्णुबहादुर बराली छन्।

उनीहरूलाई सार्वजनिक गर्ने क्रममा अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पक्राउ परेकामध्ये तामाङ गिरोहको मुख्य नाइके भएको दावी गरे। उनका अनुसार एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोडभन्दा धेरै ठगेको आरोपमा उनीहरु पक्राउ परेका छन्। पीडितहरुले भने पाँच करोड मात्रै उजुरी दिएका छन्।

प्रहरीले यसअघि १० जनाबाट ठगी गरेको आरोपमा काठमाडौंमा बसेर एजेन्टको काम गर्ने तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । टासी शेर्पा, उनकी श्रीमती ङिमबुटी र आफन्त निमा शेर्पाले नै अमेरिका र क्यानडा पठाइदिने नाममा १० जनाबाट पाँच करोड ५० लाख रुपैयाँ उठाएर दिल्लीमा बसेका तामाङलाई पठाउँदै आएको प्रहरीले जनाएको छ।

एसएसपी भट्टराईले दिएको जानकारी अनुसार भारतको पहाडगञ्जमा नेपाल प्रहरी पुग्दा तामाङ, बिक र बरालीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर उनीहरू बसकै होटलमा हत्कडी लगाएर राखेको थियो। उनीहरू दिल्लीमा विगत एक वर्षदेखि बसेर ठगीको धन्दा चलाउँदै आएको थिए।

‘दिल्लीका लागि हाम्रो राति साढे नौ बजेको फ्लाइट थियो, आकाशमा जहाज तीन घण्टा होल्ड भयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने। उनका अनुसार दिल्लीमा नेपालीले नै सञ्चालन गरेको होटल स्टे-इन डिएक्समा बसेका थिए।

गिरोहले पीडितहरू अमेरिका प्रवेश गरेपश्चात जेलमा पर्ने र आफ्ना मानिसहरूले कानून व्यवसायी प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनी पहिले नै आश्वासन दिएर विश्वासमा पारी रकम असुल्ने गरेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending