Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

कोशी, मधेस, लुम्बिनी, सुदुरपश्चिमका केही स्थानमा हावाहुरी चल्ने सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राती भने कोशी, गण्डकी  र कर्णाली  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतलहरले सडक चिप्लो भएर दाउन्नेमा यातायात अवरुद्ध

बुटवल । शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यातायात अवरुद्ध बनेको छ। नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्ड उकालो...

सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध

काठमाडौं । सिमरा, भरतपुर र भैरहवामा जहाज उडान–अवतरणा अवरुद्ध भएकाे छ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको ह...

कीर्तिपुरमा हाइलक्स गाडी दुर्घटना, चार जना घाइते

काठमाडौं ।  कीर्तिपुरका हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार बिहान करिब सवा ८ बजेतिर शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बरको गाडी दुर्घटना...

बलिउड अभिनेता सलमान खानले राखे आप्नो घरमा ‘बुलेटप्रुफ’ सिसा

काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा बुलेटप्रुफ सिसा राखिएको छ । असुरक्षा बढेको महसुस गरेपछि उनले घरमा बुलेटप्रुफ सिसा राखेका हुन् ।  गत वर्ष ...

बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक

काठमाडौं  । प्रि ओपन सेसनमा नेप्से सूचक २३.६५ अंकले बढेको छ । यससँगै सूचक २६७०.५० विन्दुमा आएको छ । १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको...

दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता छ । तर, हाल कारा...

सशस्त्रका चार डिआइजीको एक वर्ष लम्ब्याइयो पद

काठमाडौं । कार्यकाल सकिएर अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि थप गरिएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिष...

पर्सामा वाइफाईको विषयमा ८० वर्षीय हजुरबुवाको हत्या, नाति-नातिनी पक्राउ

पर्सा ।  पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्ब...

सङ्खुवासभाको मकालु क्षेत्रमा वर्षापछि हिमपात, जनजीवन प्रभावित

सङ्खुवासभा । सङ्खुवासभाको माथिल्लो क्षेत्रमा वर्षापछि हिमपात हुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास मंगलबार रातिदेखि हिमपात...

केहीदिन स्थिर रहेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । केहीदिन स्थिररहेको सुनको मूल्य आज बढेको हो ।  आज चाँदी भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी मह...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy