Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

खबरडबली संवाददाता

नवलपरासी । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ सम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । चार‘लेन’मा विस्तार भइरहेको सडकमा द्रुत गतिमा काम भइरहको छ । “पछिल्लो पाँच महिनामा हामीले एकतर्फी १८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेका छौँ”, उनले भने, “२०७५ माघदेखि २०८० असारसम्म एकतर्फी १५ किलोमिटर सडक कालोपत्र भएको थियो ।” 

अहिले सडकमा कालोपत्रसँगै सडक किनारको खाल्डा पुर्ने  सडकमा ‘बेस’ र ‘सबबेस’ बनाउने  काम भइरहेको छ । उक्त खण्डमा २५ मिटर लामा सबै साना पुलको निर्माण सम्पन्न भएको उल्लेख गर्दै इन्जिनियर खनालले ठूला पुलको ग्रिडर ९पुलमा पिलर उठाएपछि ढलान गर्न राखिने बिम० राख्ने काम भइरहेको बताउनुभयो । 

सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले हाल कावासोतीको डण्डाबाट पश्चिमतर्फ र गैँडाकोटको थुम्सीको जङ्गलमा कालोपत्रको काम चलिरहेको बताउनुभयो । अहिलेसम्म २७ प्रतिशत  काम सकिएको उहाँले बताउनुभयो । देवचुलीको दुम्कौली, रजहर र गैँडाकोटमा बिजुलीको पोल सार्ने काम बाँकी नै रहेकाले सडक विस्तारमा केही ढिलाइ भएको उहाँले स्वीकार गर्नुभयो । 

गैँडाकोटबाट बुटवलसम्मको एक सय १३ किलोमिटर मध्ये निर्माण कम्पनीले गैँडाकोटबाट दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई पूर्वीखण्ड र दाउन्नेबाट बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटरलाई पश्चिमखण्डमा विभाजन गरेर काम गरिरहेको छ । एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्ग विस्तार थालिएको हो 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा अतिरिक्त दुई लेन बताइनेछ ।  दाउन्ने पहाडको करिब पाँच किलोमिटर खण्डमा भौगोलिक अवस्थाका कारण जम्मा तीन लेनको सडक बन्ने निर्माण कम्पनीले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कति छ प्रधानमन्त्री प्रचण्डको कुल सम्पति ?

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनु...

राप्रपाको काठमाडौँमा मोटरसाइकल ऱ्याली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरे...

राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता

काठमाडौँ । प्रतिनिधिसभाबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ फिर्ता भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेल...

नाराबाजीका बीच राष्ट्रियसभामा पनि धन्यवाद प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाबाट राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवर...

संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको योगेशको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् । प्रतिनि...

नाराबाजीकै बीचमा राष्ट्रियसभा बैठक सञ्चालन

काठमाडौँ । राष्ट्रियसभाको बैठक पनि नाराबाजीकै बीचमा संचालन गरिएको छ । अध्यक्ष नारायण दाहालले प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचमा बैठक संच...

भारतको कर्नाटकमा नेपाली दाजुबहिनीको शङ्कास्पद मृत्यु

कञ्चनपुर । बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ । बुबा-आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मज...

नाराबाजीका बीच संसद बैठक सञ्चालन

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा अवरोधका बीच बैठक संचालन गरेका छन् । आजको बैठकमा सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ना...

कांग्रेसको अवरोधका बिच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमामा प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका बिच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको छ । गत जेठ १ गते बसेको ...

बजेट अभावमा पर्वतका एक सय १५ खानेपानी आयोेजना अधुरै

पर्वत । बजेट अभावका कारण पर्वतका एक सय १५ खानेपानी आयोजना अधुरै रहेका छन् । ‘एक घर एक धारा’ पुर्याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएका दु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies